Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

    २०८२ असार १८, बुधबार २२:३६ गते

    रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

    २०८२ असार १८, बुधबार १५:५१ गते

    एकदिवसीय बृहत फुटसल प्रतियोगिता,मात्र कनकाई फुटसलमा…

    २०८२ असार १२, बिहीबार २१:५१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बजारमा आए तीन किताब
    साहित्य

    बजारमा आए तीन किताब

    adminBy admin२०७६ असार १९, बिहीबार ०६:४९ गते3 Mins Read

    हामीले हरेक साता बजारमा निस्किने साहित्यिक कृतिहरुको चर्चा गर्दै आएका छौं । तथापि बजारमा निस्कने सबै किताबहरु चर्चायोग्य एवं स्तरीय हुने गरेका छैनन् ।

    प्रकाशित भएका धेरै पुस्तकहरुमध्ये केही केही मात्रै पाठकहरुको मन छुनेखालका पाइने गरेका छन् ।

    यो साता हामीले चारवटा पुस्तकको चर्चा गरेका छौं ।

    गुलाफसँगको प्रेम

    बेलायतबाट वातावरण सञ्चारमा विद्यावारिधि गर्नुअघिदेखि नै संगीता ‘स्वेच्छा’ले साहित्यमा आफ्नो परिचय बनाइसकेकी हुन् । उनका ‘पखालिएको सिउँदो’ उपन्यासले एक दशकअघि नै पाठकको मन जितेको थियो । उनको एउटा संयुक्त कथा सङ्ग्रह र दर्जनौ फुटकर कविताहरु प्रकाशित छन् ।

    यसपटक डा. संगीताले ‘गुलाफसँगको प्रेम’ कथा सङ्ग्रह बजारमा ल्याएकी छन् । २० वटा कथाहरु संकलन गरिएको ‘गुलाफसँगको प्रेम’ बिम्बात्मक कथाहरुको संकलन हो ।

    पहिलो कथाबाटै सङ्ग्रहको नाम राखिएकाले यो कथा पुस्तककै मानक कथा हो । यद्यपि नागरिकता, आप्राबासी मुटु, एकांकीमनले जन्माएको मानसिकता जस्ता कथाहरुले बाध्यताले विदेसिएका नेपालीहरुको ब्यथाहरु बोकेको पाइन्छ ।

    यसबाहेक लरेनका ड्याडीहरु, कालचक्र र राममाया कथाहरुले डा. संगीताको विश्वब्यापी संवेदनशीलतालाई राम्रैसँग छोएको छ ।

    पढाइमा पनि अब्बल संगीताले ‘विद्याभूषण पदक’ प्राप्त गरेका कारण पनि उनको चेतना अनुमान गर्न सकिन्छ । यो चेतना ‘गुलाफसँगको प्रेम’मा पनि देख्न सकिन्छ ।

    अनुदित पुस्तक सिंह सेनापति

    भारतका उच्च विद्वानमध्ये स्व. राहुल सांकृत्यान पनि एक थिए । उनलाई महापण्डितको पदवी प्राप्त भएको थियो । सयभन्दा बढी पुस्तक लेखेका राहुल सांस्कृत्यान धेरै देश घुमेर नियात्राका पुस्तक लेख्ने लेखक पनि थिए । उनी लामो समय नेपाल पनि बसो । उनको ‘भोल्गा से गंगा’ विश्वकै चर्चित पुस्तक मध्ये एउटा मानिन्छ ।

    यिनै विद्वानले लेखेको पुस्तक ‘सिंह सेनापति’ अहिले नेपाली बजारमा आएको छ । औपन्यासिक शैलीमा लेखिएको यो पुस्तकले बौद्धकालीन बैशाली गणराज्यका जनता र नेताको कथा भन्छ ।

    नेपालमा गणतन्त्रको आगमनपछि यो पुस्तकको सार्थकता भएकै कारण यो पुस्तक अनुदित भएको अनुमान गर्न सकिन्छ । पुस्तकले आदर्श गणराज्यको सम्पूर्ण विशेषता औपन्यासिक शैलीमा भनेका कारण पनि यसको महत्व छ ।

    उडान

    किशोर किशोरीमा पढ्ने रुचि जागेको छ । तर, उनीहरुलाई कस्तो पुस्तक पढाउने भन्ने बहस पनि सँगै चल्नु पर्ने देखिन्छ । युवा केन्द्रीत पुस्तकहरुमा बढ्दै गएको खुला यौनको वकालतलाई रोक्नुपर्ने बहस एकातिर छ भने आजको डिजिटल दुनियामा किशोर–किशोरीलाई के पढ्न दिने वा नदिने भन्ने बहस नै निरर्थक हो भन्ने अर्को पाटो छ ।

    किशोरकेन्द्रित यही बहसलाई अघि बढाउन विजय सापकोटाले ‘उडान’ उपन्यास लिएर आएका छन् ।

    किशोर–किशोरीको मनोविज्ञानलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यासले आमा–बुवाले असल ठानिरहेका केटाकेटीहरु कतिखेर उनीहरुका हातबाट चिप्लिन्छन् भन्ने कुरा राम्रोसँग दर्शाइएको छ । पुस्तक किशोर वयका लागि भन्दा पनि अभिभावक र शिक्षकहरुले पढ्नुपर्ने जस्तो देखिन्छ ।

    मोनोनेट

    झापाली पत्रकार तीर्थ सिग्देलले तेस्रो पुस्तकका रुपमा मोनोनेट कथा संग्रह बजारमा ल्याएका छन् । कथाहरुमार्फत सिग्देलले मानव मन पर्गेल्ने प्रयास गरेका छन् । झापा निवासी सिग्देलको पुस्तक झापामै विमोचन भएको हो ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    उपचारपछि आफ्नै निवासमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा

    २०८१ माघ ६, आईतवार २०:३३ गते

    पृथ्वीनारायण शाहप्रतिको धारणा सच्याऔँ

    २०८१ पुष २७, शनिबार २२:०० गते

    साहित्य एवं संगीतमा क्रियाशिल दुई फरक संस्थाको भव्य कार्यक्रम एकै ठाउँमा

    २०८१ मंसिर १९, बुधबार २२:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

    २०८२ असार १८, बुधबार २२:३६ गते

    रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

    २०८२ असार १८, बुधबार १५:५१ गते

    एकदिवसीय बृहत फुटसल प्रतियोगिता,मात्र कनकाई फुटसलमा…

    २०८२ असार १२, बिहीबार २१:५१ गते

    आरएफसी युथ क्लबले सुरुङ्गामा वृहत फुटसल प्रतियोगिता गर्ने

    २०८२ असार १२, बिहीबार २१:३७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.