Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बजारमा आए तीन किताब
    साहित्य

    बजारमा आए तीन किताब

    adminBy admin२०७६ असार १९, बिहीबार ०६:४९ गते3 Mins Read

    हामीले हरेक साता बजारमा निस्किने साहित्यिक कृतिहरुको चर्चा गर्दै आएका छौं । तथापि बजारमा निस्कने सबै किताबहरु चर्चायोग्य एवं स्तरीय हुने गरेका छैनन् ।

    प्रकाशित भएका धेरै पुस्तकहरुमध्ये केही केही मात्रै पाठकहरुको मन छुनेखालका पाइने गरेका छन् ।

    यो साता हामीले चारवटा पुस्तकको चर्चा गरेका छौं ।

    गुलाफसँगको प्रेम

    बेलायतबाट वातावरण सञ्चारमा विद्यावारिधि गर्नुअघिदेखि नै संगीता ‘स्वेच्छा’ले साहित्यमा आफ्नो परिचय बनाइसकेकी हुन् । उनका ‘पखालिएको सिउँदो’ उपन्यासले एक दशकअघि नै पाठकको मन जितेको थियो । उनको एउटा संयुक्त कथा सङ्ग्रह र दर्जनौ फुटकर कविताहरु प्रकाशित छन् ।

    यसपटक डा. संगीताले ‘गुलाफसँगको प्रेम’ कथा सङ्ग्रह बजारमा ल्याएकी छन् । २० वटा कथाहरु संकलन गरिएको ‘गुलाफसँगको प्रेम’ बिम्बात्मक कथाहरुको संकलन हो ।

    पहिलो कथाबाटै सङ्ग्रहको नाम राखिएकाले यो कथा पुस्तककै मानक कथा हो । यद्यपि नागरिकता, आप्राबासी मुटु, एकांकीमनले जन्माएको मानसिकता जस्ता कथाहरुले बाध्यताले विदेसिएका नेपालीहरुको ब्यथाहरु बोकेको पाइन्छ ।

    यसबाहेक लरेनका ड्याडीहरु, कालचक्र र राममाया कथाहरुले डा. संगीताको विश्वब्यापी संवेदनशीलतालाई राम्रैसँग छोएको छ ।

    पढाइमा पनि अब्बल संगीताले ‘विद्याभूषण पदक’ प्राप्त गरेका कारण पनि उनको चेतना अनुमान गर्न सकिन्छ । यो चेतना ‘गुलाफसँगको प्रेम’मा पनि देख्न सकिन्छ ।

    अनुदित पुस्तक सिंह सेनापति

    भारतका उच्च विद्वानमध्ये स्व. राहुल सांकृत्यान पनि एक थिए । उनलाई महापण्डितको पदवी प्राप्त भएको थियो । सयभन्दा बढी पुस्तक लेखेका राहुल सांस्कृत्यान धेरै देश घुमेर नियात्राका पुस्तक लेख्ने लेखक पनि थिए । उनी लामो समय नेपाल पनि बसो । उनको ‘भोल्गा से गंगा’ विश्वकै चर्चित पुस्तक मध्ये एउटा मानिन्छ ।

    यिनै विद्वानले लेखेको पुस्तक ‘सिंह सेनापति’ अहिले नेपाली बजारमा आएको छ । औपन्यासिक शैलीमा लेखिएको यो पुस्तकले बौद्धकालीन बैशाली गणराज्यका जनता र नेताको कथा भन्छ ।

    नेपालमा गणतन्त्रको आगमनपछि यो पुस्तकको सार्थकता भएकै कारण यो पुस्तक अनुदित भएको अनुमान गर्न सकिन्छ । पुस्तकले आदर्श गणराज्यको सम्पूर्ण विशेषता औपन्यासिक शैलीमा भनेका कारण पनि यसको महत्व छ ।

    उडान

    किशोर किशोरीमा पढ्ने रुचि जागेको छ । तर, उनीहरुलाई कस्तो पुस्तक पढाउने भन्ने बहस पनि सँगै चल्नु पर्ने देखिन्छ । युवा केन्द्रीत पुस्तकहरुमा बढ्दै गएको खुला यौनको वकालतलाई रोक्नुपर्ने बहस एकातिर छ भने आजको डिजिटल दुनियामा किशोर–किशोरीलाई के पढ्न दिने वा नदिने भन्ने बहस नै निरर्थक हो भन्ने अर्को पाटो छ ।

    किशोरकेन्द्रित यही बहसलाई अघि बढाउन विजय सापकोटाले ‘उडान’ उपन्यास लिएर आएका छन् ।

    किशोर–किशोरीको मनोविज्ञानलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यासले आमा–बुवाले असल ठानिरहेका केटाकेटीहरु कतिखेर उनीहरुका हातबाट चिप्लिन्छन् भन्ने कुरा राम्रोसँग दर्शाइएको छ । पुस्तक किशोर वयका लागि भन्दा पनि अभिभावक र शिक्षकहरुले पढ्नुपर्ने जस्तो देखिन्छ ।

    मोनोनेट

    झापाली पत्रकार तीर्थ सिग्देलले तेस्रो पुस्तकका रुपमा मोनोनेट कथा संग्रह बजारमा ल्याएका छन् । कथाहरुमार्फत सिग्देलले मानव मन पर्गेल्ने प्रयास गरेका छन् । झापा निवासी सिग्देलको पुस्तक झापामै विमोचन भएको हो ।

    कमेन्टस्

    Author

    • admin
      admin
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

    २०८३ असार २९, सोमबार ०७:१४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.