Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने
    कनकाई नगरपालिका

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते4 Mins Read

    स्व. माताको फाइल फोटो, निर्माण सहयोग AI

    समयको अन्धवेगले धेरै कुराहरू बगाएर लैजाँदो रहेछ, तर आमाको ममता र चाडबाडका स्मृतिहरू मुटुको यस्तो भित्तामा कुँदिने रहेछन्, जसलाई नियतिको क्रूर झट्काले पनि मेटाउन सक्दैन।

    विशेष गरी नेपाली महिलाहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीज आफैंमा चेलीबेटी र माइती जोडिने एउटा उत्सव हो। तर, जब त्यो उत्सवको केन्द्रविन्दु अर्थात् …आमा नै हुनुहुन्न, तब चाडबाडको रौनक केवल एउटा खल्लो र उजाड शून्यतामा परिणत हुन्छ। झापाको कनकाई नगरपालिका वडा नं. ७ को त्यो प्यारो आँगन, जहाँ एकजना छोरा, सातवटी छोरीहरू र नाति–नातिनाको विशाल परिवारलाई वरिपरि राखेर आमाले ठूलो भड्डुमा तीजको ढकने पकाएर पस्कनुहुन्थ्यो, त्यो दृश्य आज पनि मानसपटलमा उत्तिकै ताजा छ।

    २०८० सालको चैत्र १७ गते बिहानीको सूर्योदयसँगै भगवानले आमालाई खोसेर लगेपछि, आमाको भौतिक अनुपस्थितिमा गुज्रिएका तीजहरू केवल आमाकै याद, त्यो भड्डुको सुगन्ध र उहाँकै अदृश्य आशीर्वादको छहारीमा रोएर बितिरहेका छन्। स्मृतिको आँगन र भड्डुको त्यो ढकने….., तीज भन्नेबित्तिकै दर खाने दिनको त्यो छुट्टै चटारो र आमाको जादुमयी सक्रियता आँखाअगाडि नाच्न थाल्छ ।

    साँझको खाना उज्यालैमा, अर्थात् घाम नअस्ताउँदै आमाले पकाएर हतार–हतार खुवाइसक्नुहुन्थ्यो, ताकि राती निद्राबाट ब्युँझिएर खानका लागि अर्को विशेष परिकार तयार पार्न सकियोस्। सुत्नुअघि बेलुकै आमाले हाम्रो घरको त्यो ठूलो भड्डु भाँडामा ढकने बसाल्नुहुन्थ्यो। राती निद्राकै सुरमा उठेर त्यो तातो–तातो, घिउ र मसलाको सुगन्धले मगमगाएको ढकने खानुको स्वाद र मजा नै बेग्लै हुन्थ्यो।

    एउटा छोरा, सातवटी छोरीहरू र नाति–नातिनाहरूले भरिएको हाम्रो यो विशाल परिवार एकै ठाउँमा भेला हुँदा हाम्रो घर एउटा उत्सव जस्तै देखिन्थ्यो। त्यति धेरै आफ्ना सन्ततीको भिडभाडमा पनि आमाले कत्ति पनि झन्झट नमानी, निकै सहज ढङ्गले खानेकुराको व्यवस्थापन मिलाउनुहुन्थ्यो। त्यो ठूलो भड्डुमा पाकेको ढकनेलाई आफ्ना सम्पूर्ण सन्तानहरूलाई वरिपरि राखेर, परिपञ्च पारेर, कसैलाई घटीबढी नपर्ने गरी भाग लगाउनुहुन्थ्यो।

    जब सबैले एकै पटक खान सुरु गथ्र्यौं, त्यो पलमा घर नै थर्कने गरी गुञ्जने हाँसो, होहल्ला र आत्मीयताको बेग्लै संसार हुन्थ्यो। आज बजारमा वा आधुनिक भान्सामा देखिने ढकने त केवल देख्नका लागि मात्र ढकने जस्ता छन्, तिनमा न त त्यो पारिवारिक एकताको सुगन्ध छ, न त आमाको हातको त्यो अमूल्य मातृत्वको बासना।

    नियतिको क्रूर खेल र आमा बिनाको तीज२०८० सालसम्मको तीज पर्वमा घरको मूल खम्बा अर्थात् आमा हाम्रै अगाडि हुनुहुन्थ्यो। आमाले पकाएका हरेक खानेकुरा र ढकनेमा आमाकै श्वास र ममताको बासना आउँथ्यो। तर नियतिको क्रूर खेल कस्तो हुदोरहेछ भने, २०८१ सालको तीज हाम्रो जीवनमा आमा बिनाको पहिलो ओसिलो र उजाड तीज बनिदियो।

    आफ्ना सन्तानहरूको पेट भरिएपछि मात्र अन्तिममा आफू खान सुरु गर्ने त्यो त्यागी र दयालु स्वभावकी आमा बिनाको तीज मनाउनु पर्दा मुटु भक्कानिएर आउँछ। आमा बितेको यो तीन वर्षको अवधिमा तीज मात्र होइन, अन्य कुनै पनि चाडबाड आउँदा हामी सन्तानहरू माउ बिनाको बचेरा झैं छटपटिएका छौं, साह्रै एक्लो र असहाय महसुस भएको छ आमा ।

    परिवारको मियो नै भत्किएपछि , सन्तानकालागि घर आँगनी पनि अब त केवल एउटा भूगोल मात्र जस्तो लाग्दो रहेछ, जहाँ सितलता प्रदान गर्ने छहारी नै नभए जस्तो । तर पनि केही छैन, चित्त बुझाउने अर्को खम्बाका रुपमा बुबाले छहारी दिइरहनुभएको छ ।

    सांस्कृतिक पर्व तीज र मातृत्वको महत्व धार्मिक र पौराणिक दृष्टिकोणले तीजको आफ्नै महत्व होला, तर चेलीबेटी सहितको आफ्ना सन्तानका लागि यो वर्षभरिका सारा वेदना र आँसुहरू आमाको काखमा पोखेर मन हल्का बनाउने एउटा पवित्र माध्यम हो। तर जब मातृत्वको त्यो न्यानो काख र ओत दिने छहारी नै ईश्वरले खोसेर लैजान्छन्, तब चाडबाडहरू केवल क्यालेन्डरका पाना बदलिए झैं औपचारिकतामा सिमित हुँदा रहेछन्। आमा हुँदाको अवस्थामा तीजको दरमा जुन एउटा छुट्टै तिर्सना र तृप्ति हुन्थ्यो, आज आमाको भौतिक अनुपस्थितिमा त्यो स्वाद केवल सम्झनामा रूपान्तरित भएको छ ।

    आमा, तपाईं शारीरिक रूपमा हामीबाट टाढा हुनुभए पनि, जुनसुकै अवस्था र जुन लोकमा रहेको भए तापनि हामी सबै सन्ततिहरूलाई तपाईंको अदृश्य आशीर्वाद प्राप्त भइरहेको गहिरो महसुस हुन्छ। जुनसुकै अवस्थामा रहनुभएको भए पनि आफ्ना यी रोइरहेका सन्ततिहरूका तर्फबाट तपाईंको दिव्य र पवित्र आत्माको चिर शान्तिको कामना छ आमा। तपाईंको भौतिक अनुपस्थितिले पोल्ने यो मनलाई शान्त पार्न र जीवनको यो कठिन यात्रा पार गर्न हरपल आफ्ना सन्तानको शिरमा तपाईंको त्यही ममतामयी हात राखिदिनुहोला आमा, हाम्रो यही नै पुकार छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.