Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मिडिया हाउसको गेटमा शंकास्पद गाडी पार्किङ, पत्रकार महासंघको ध्यानाकर्षण

    २०८३ असार २९, सोमबार १३:१४ गते

    घैलाडुबामा एक महिने राजवंशी गम्छा बुन्ने तालिम सम्पन्न

    २०८३ असार २९, सोमबार ०८:१७ गते

    आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

    २०८३ असार २९, सोमबार ०७:१४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
    कनकाई नगरपालिका

    आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

    कनकाई खबरBy कनकाई खबर२०८३ असार २९, सोमबार ०७:१४ गते1 Min Read

    काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

    भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपालीमा भावानुवाद गरेर सबै नेपालीले बुझ्ने र पढ्न सक्ने बनाएका थिए । त्यसैले उनलाई नेपाली भाषा र साहित्यका महान् स्रष्टाका रूपमा सम्मान गरिन्छ । उनले लेखेको रामायण अहिले पनि धेरै नेपालीका घरमा पाठ गरिन्छ ।

    विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक घाँसीको प्रेरणाले राम्रो काम गरेर नाम कमाउनुपर्छ भन्ने भावना जागेको र त्यसपछि उनले रामायण नेपालीमा लेख्न थालेको विश्वास गरिन्छ ।

    उनका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता लगायतका कृतिहरू पनि चर्चित छन् । नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय एकतामा उनको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ ।

    भानु जयन्तीका अवसरमा आज विभिन्न स्थानमा भानुभक्तको प्रतिमामा माल्यार्पण, प्रभातफेरी, रामायण पाठ तथा साहित्यिक कार्यक्रम आयोजना गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद् लगायतका संस्थाले पनि विशेष कार्यक्रम गरिरहेका छन् ।

    नेपालका साथै भारतको दार्जिलिङ, सिक्किम, भुटान, म्यानमार लगायत नेपाली भाषी बसोबास गर्ने स्थानमा पनि भानु जयन्ती मनाइँदैछ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    मिडिया हाउसको गेटमा शंकास्पद गाडी पार्किङ, पत्रकार महासंघको ध्यानाकर्षण

    २०८३ असार २९, सोमबार १३:१४ गते

    घैलाडुबामा एक महिने राजवंशी गम्छा बुन्ने तालिम सम्पन्न

    २०८३ असार २९, सोमबार ०८:१७ गते

    सुरुङ्गा रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लवको पदस्थापनसँगै सपथ

    २०८३ असार २६, शुक्रबार १२:३३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    मिडिया हाउसको गेटमा शंकास्पद गाडी पार्किङ, पत्रकार महासंघको ध्यानाकर्षण

    २०८३ असार २९, सोमबार १३:१४ गते

    घैलाडुबामा एक महिने राजवंशी गम्छा बुन्ने तालिम सम्पन्न

    २०८३ असार २९, सोमबार ०८:१७ गते

    आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

    २०८३ असार २९, सोमबार ०७:१४ गते

    सुरुङ्गा रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लवको पदस्थापनसँगै सपथ

    २०८३ असार २६, शुक्रबार १२:३३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.