Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न
    कनकाई नगरपालिका

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ आश्विन १३, मंगलवार ११:४३ गते4 Mins Read


    अध्यक्षमा पुनः पोखरेल

    कनकाई खबर / ज्येष्ठ नागरिकको हकहित, सम्मान, स्वास्थ्य तथा सामाजिक सहभागिताका क्षेत्रमा क्रियाशील ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिको तेस्रो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।

    अधिवेशनबाट शम्भु प्रसाद पोखरेल पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। स्थानीय सामाजिक व्यक्तित्व विष्णुप्रसाद चुडाल मुख्य निर्वाचन अधिकृत तथा सीता रिजाल ओली र रोहित खतिवडा सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो।

    नवनिर्वाचित समितिको उपाध्यक्षमा चम्पा खनाल सुवेदी र ऋषिकेश खतिवडा, सचिवमा कृष्णप्रसाद घिमिरे, सहसचिवमा विनोद शर्मा दहाल र कोषाध्यक्षमा सुलोचना ओली चयन भएका छन्। कार्यसमितिका अन्य सदस्यहरु कनकाई नगरका सबै वडाबाट प्रतिनिधित्व हुनेगरी संघको नियमअनुसार चाँडै मनोनित गरेर समितिलाई पूर्णता दिइने जनाइएको छ ।

    अधिवेशनले हाल कायम रहेको रु. ५ लाखको अक्षयकोषलाई १० लाख रुपैयाँ पु¥याउने लक्ष्य अघि सार्दै संस्थाका लागि आफ्नै भवन निर्माण गर्ने योजना समेत अघि बढाएको छ। कनकाई –३ सरस्वती टोलस्थित ज्येष्ठ नागरिक चौतारी भवनमा करिब १५० जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष शम्भु प्रसाद पोखरेलको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो।

    कार्यक्रममा नगर उपप्रमुख आशा शिवाकोटी, झापा जिल्ला ज्येष्ठ नागरिक संघका सदस्य चैतन्य प्रकाश मैनाली, शिक्षासेवी तथा साहित्यकार कोमलप्रसाद पोखरेल लगायत जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, संस्थाका पूर्वपदाधिकारी तथा सदस्य, चिकित्सक, स्वास्थ्य संस्थाका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको जनाइएको छ ।

    अधिवेशनमा अध्यक्ष पोखरेलले प्रस्तुत गरेको संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुलोचना ओलीले प्रस्तुत गरेको रु. ११ लाख ३२ हजार ३ सय ३९ रुपैयाँ ८१ पैसा बराबरको आय–व्यय सहितको प्रतिवेदन हलबाट सर्वसम्मत पारित भएको जनाइएको छ । प्रतिवेदनमा संघले ज्येष्ठ नागरिकको सम्मान, सामाजिक सहभागिता, स्वास्थ्य तथा सहयोगका क्षेत्रमा गर्दै आएका गतिविधि तथा आगामी कार्ययोजनाबारे जानकारी गराइएको थियो।

    वार्षिकोत्सवका अवसरमा समाजमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने शिक्षासेवी, समाजसेवी, स्वास्थ्यसेवी, सहयोगी संघसंस्था, असल बुहारी, उच्च तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, जनप्रतिनिधि तथा संस्थाका पूर्वपदाधिकारी र सदस्य गरी २३ जनालाई अविर, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो। परिवार र समाजमा योगदान पु¥याउने असल बुहारीलाई सम्मान गर्ने अभ्यासको थालनी गरिएकोमा कार्यक्रममा सहभागी वक्ताहरूले सकारात्मक सामाजिक सन्देशका रूपमा चर्चा गरेका थिए।

    कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले संघको स्थापनाकालदेखि नगरपालिकाले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए। उनले हाल कायम रहेको रु. ५ लाखको अक्षयकोषलाई रु. १० लाख पु¥याउने लक्ष्यमा व्यक्तिगत रूपमा रु. ३० हजार सहयोग गर्ने घोषणा गर्दै ज्येष्ठ नागरिकको सम्मान तथा असल बुहारी सम्मानको सुरुआत गरेकोमा संघको प्रशंसा गरे। उनले नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गरे।

    नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले संस्थाका गतिविधिमा आफू पनि सहयोग गर्न इच्छुक रहेको बताउँदै नयाँ कार्यसमितिलाई शुभकामना दिइन्। विशेष अतिथि चैतन्य प्रकाश मैनालीले कोशी प्रदेशमै अग्रणी भूमिकामा रहेको कनकाईको ज्येष्ठ नागरिक संघ अझ प्रभावकारी रूपमा अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्दै अक्षयकोषका लागि रु. १५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाए।

    सम्मानित व्यक्तित्वका तर्फबाट बोल्दै शिक्षासेवी कोमल प्रसाद पोखरेलले आफू ८५ वर्षको उमेरमा पुगिसकेको भए पनि प्राप्त सम्मानले आफूलाई २५ वर्षे ठिटोसरह उत्साहित बनाएको अनुभूति सुनाए। उनले ज्येष्ठ नागरिक संघबाट प्राप्त सम्मान आफूलाई विशेष लागेको बताउँदै संस्थालाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी स्थानीय सामाजिक व्यक्तित्व, शिक्षासेवी दुर्गाप्रसाद चापागाईंले अक्षयकोषमा रु. १० हजार सहयोग गर्ने वचन दिए ।

    पुनः अध्यक्षमा चयन भएका पोखरेलले ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिका लागि आफ्नै भवन निर्माण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै अक्षयकोषमा आफ्नो तर्फबाट थप रु. २५ हजार सहयोग गर्ने घोषणा गरे। उनले सबै पक्षसँग सहकार्य गरी संस्थालाई अझ व्यवस्थित र सुदृढ बनाउँदै ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य, सामाजिक सहभागिता तथा उनीहरूको ज्ञान र अनुभवलाई समाजमा उपयोग गर्ने गतिविधिलाई प्राथमिकता दिने बताए।

    ज्येष्ठ नागरिक संघका तर्फबाट अध्यक्ष पोखरेलले भवन उपलब्ध गराएर कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने कनकाई–३ वडा समिति, खाजा–नास्ताको व्यवस्थापनमा सहयोग गर्ने स्थानीय युवा सामाजिक व्यक्तित्व रमेश मैनाली, अक्षयकोषदाता, अतिथिगण, निर्वाचन समिति, वडा समिति परिवार तथा कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावप्रति धन्यवाद सहित आभार प्रकट गरे ।

    ज्येष्ठ नागरिकको सम्मान र सामाजिक योगदानलाई केन्द्रमा राख्दै अघि बढिरहेको संघले अब अक्षयकोष विस्तार, आफ्नै भवन निर्माण तथा ज्येष्ठ नागरिक केन्द्रित सामाजिक र स्वास्थ्य गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको अध्यक्ष पोखरेलले जानकारी दिए । अधिवेशनले संघको आगामी कार्यदिशालाई थप स्पष्ट बनाउँदै ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानलाई समाजमा उपयोग गर्ने अभियानलाई निरन्तरता दिने सन्देश दिएको बताइएको छ ।

    कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख पोखरेल सहित संघको संस्थापक अध्यक्ष एवं वर्तमान सल्लाहकार संयोजक पुण्यप्रसाद बारकोटी, कनकाई २ का वडाअध्यक्ष बलराम राई, संघका जिल्ला सदस्य चैतन्य मैनाली, सम्मानित व्यक्तित्वका तर्फबाट शिक्षासेवी कोमलप्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए। उपाध्यक्ष चम्पा खनाल सुवेदीले स्वागत गरेको कार्यक्रममा ऋषिकेश खतिवडाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने सचिव कृष्णप्रसाद घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.