कनकाई खबर / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर–४ को क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमितिको सभापतिमा पर्शुराम ढुङ्गाना निर्वाचित भएका छन्। ढुङ्गानाले ४३३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्।
त्यस्तै, क्षेत्रीय कार्यसमितिको सह–सचिवमा मनोज बस्नेत निर्वाचित भएका छन्। उनले ४६६ मत प्राप्त गरेका छन्। क्षेत्रीय कार्यसमिति सदस्यमा तारकुमार कार्की ३३७, अर्जुन भट्टराई ३३३ र धर्मनारायण राजवंशी ३०९ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
यसैगरी, झापा–४ अन्तर्गत प्रदेशसभा क्षेत्र (क) को सभापतिमा विनोद ढकाल २७१ मतसहित निर्वाचित भएका छन्। प्रदेशसभा क्षेत्र (ख) को सभापतिमा रोहित भुजेल ३५४ मत प्राप्त गर्दै विजयी भएका छन्।
क्षेत्रीय अधिवेशनले क्षेत्र नं. ४ मा कांग्रेसको आगामी नेतृत्व र प्रतिनिधित्वका लागि नयाँ कार्यसमिति चयन गरेको हो। निर्वाचित पदाधिकारी तथा सदस्यले पार्टी संगठनलाई थप व्यवस्थित बनाउँदै स्थानीय तहदेखि क्षेत्रीय संरचनासम्म संगठन सुदृढीकरणमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।

