Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जामुनखाडीको प्राकृतिक रंगशालामा भएको फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उर्लावारी विजयी
    खेलकुद

    जामुनखाडीको प्राकृतिक रंगशालामा भएको फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उर्लावारी विजयी

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष २, शनिबार १६:१३ गते3 Mins Read

    राम निरौला,
    कनकाई खबर \ पुर्वकै प्रसिद्ध पर्यटकीय स्थल झापाको कनकाईस्थित जामुनखाडी सिमसार क्षेत्रमा संचालन भएको प्रथम हर्क राई स्मृति नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी फुटबल क्लव विजयी बनेको छ ।


    उर्लाबारीले ३–२ को गोल अन्तरले आयोजक जामुनखाडी स्पोर्टिङ क्लवलाई पछि पार्दै विजयी बनेको हो । प्रतियोगिताको झापा क्षेत्र नं.४ का नवनिर्वाचित संघीय सांसद एल.पी.साँवालिम्बूले उद्घान गरेका हुन् । संघीय सांसद साँवाले जामुनखाडी प्राकृतिक रङ्गशाला सहित फुटबल प्रतियोगिताको एकै साथ उद्घाटन गरे । कार्यक्रमको प्रमुख अतिथीका रुपमा रहेका साँवाले जामुनखाडी फुटबल स्तम्भको समेत अनावरण गरे ।


    स्थानीय सामाजिक व्यक्तित्व एवं फुटबल खेलाडी हर्क राईको २०७९ श्रावण २६ गते४१ बर्षको युवा अवस्थामै मृत्यु भएको थियो । उनकै स्मृत्तिमा जामुनखाडी स्पोर्टिङ् क्लव एवं जामुनबारी सामुदायिक वन समूहको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता संचालन गरिएको वन समूहका अध्यक्ष ख्यामराज सिटौलाले बताए । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वासका साथ जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा खेल मैदानको व्यवस्थापन गरिएको कार्यक्रमको अध्यक्षता गरिरहेका वन समूहका अध्यक्ष सिटौलाले जानकारी दिए । प्रतियोगितालाई आगामी बर्षमा समेत निरन्तरता दिँदै जाने जनाइएको छ ।


    जामुनखाडी सिमसार क्षेत्रको चारैतिर वनजङ्गलले ढाकिएको प्राकृतिक रंगशालालाई प्रदेश नं.१ मै उत्कृष्ट बनाउँने कार्यमा सरकारका तीनवटै तहको सहयोग रहनुपर्नेमा स्थानीय वडा नं.२का वडाअध्यक्ष बलराम राईले जोड दिए । वडाअध्यक्ष राईले एक पालिका एक रङ्गशाला निर्माणको अवधारणा अनुसार खेल मैदानको थप व्यवस्थापनकालागि तयार पारिएको डिपीआर संघीय सांसद एल.पी.साँवालाई हस्तान्तरण गरे ।


    आयोजक टिम सहित प्रदेश नम्बर१ का ८वटा टिमको सहभागीता रहने प्रतियोगिताको उद्घाटन खेल आयोजक जामुनखाडी स्पोर्टिङ क्लव र उर्लाबारी फुटबल क्लव विच भएको थियो । उर्लावारीकालागि सञ्जय धिमालले खेलको ९ मिनटमा आफ्नो टिमकालागि सुरुवाती गोल गरेका थिए । त्यसपछि खेलको ६२ मिनटमा पासाङ तामाङ्ले अर्को गोल र ७२ मिनटमा सञ्जयबाटै तेस्रो गोल भएपछि उर्लावारीले आफ्नो जीत सुनिश्चित गरेको हो । आयोजकका तर्फबाट खेलको ८औं मिनटमा रोशन बर्देवाले सुरुवाती गोल गरेका थिए । त्यसपछि २० मिनमा रोशनले नै दोस्रो गोल गर्दै पहिलो हापमा टिमलाई अग्रता दिलाएका थिए । तर हापपछिको दोस्रो खेलमा उर्लाबारीले थप दुई गोल गरेर टिमलाई विजेता घोषित गर्यो ।

    आइतवार पथरी फुटबल क्लव र शनिश्चरे फुटबल क्लव विच खेल हुने आयोजक समितिले जनाएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलसहित विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको समुद्घाटन समारोहमा जामुनवारी सामुदायिक वन समूह एवं कनकाई वडा नं.–२,का पुर्व अध्यक्ष पर्शुराम गिरीले प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिए । समुद्घाटन समारोहको संचालन आयोजक समितिका सदस्य विनोद रानामगरले गरेका थिए । प्रतियोगितामा खेलाडीहरुको सहयोगार्थ समर मेडिसिन सेन्टर सुरुङ्गाले प्राथमिक स्वास्थ्य सेवाको संयोजन गरेको थियो ।


    खेलमा प्रथम हुने टिमले नगद १ लाख ११ हजार र दोस्रो हुने टिमले नगद ५५ हजार रुपैँया साथै ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका प्रचार प्रसार संयोजक संचारकर्मी मोहन नेम्बाङ्ले जानकारी दिए ।
    प्रतियोगितामा आयोजकसहित उर्लावारी फुटबल क्लव, एपिएफ पकली, रोलिङ्ग क्लव धुलावारी, जलथल फुटबल क्लव, बेलवारी फुटबल क्लव, पथरी फुटबल क्लव र शनिश्चरे फुटबल क्लवले सहभागिता जनाउँने छन् । प्रतियोगिता सम्पन्न गर्न विश्व विजय खरेलको संयोजनमा आर्थिक समिति , मोहन नेम्बाङ्को संयोजनमा प्रचारप्रसार समिति,गोपाल बस्नेतको संयोजनमा मैदान ब्यवस्थापन समिति , दिनेश राईको संयोजनमा टिम ब्यवस्थापन समिति लगायतका विभिन्न उप समितिहरु समेत निर्माण गरिएको आयोजक समितिका संयोजक गणेश गिरीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.