Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    असहाय बालबालिकाको शिक्षा र भवन निर्माणार्थ कनकाईमा नवाह ज्ञानमहायज्ञ हुने

    २०८३ मंसिर ३, बुधबार ०९:०४ गते

    कनकाईका युवा खतिवडाको अकल्पनीय निधनः भ्रामक हल्लाको पछि नलाग्न परिवारको आग्रह

    २०८३ मंसिर १, सोमबार १४:१९ गते

    “ हिम्मतिला हिम्मत र विद्वान रन्धोज नेम्वाङ”

    २०८३ मंसिर १, सोमबार १२:१३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » असहाय बालबालिकाको शिक्षा र भवन निर्माणार्थ कनकाईमा नवाह ज्ञानमहायज्ञ हुने
    विशेष

    असहाय बालबालिकाको शिक्षा र भवन निर्माणार्थ कनकाईमा नवाह ज्ञानमहायज्ञ हुने

    कनकाई खबरBy कनकाई खबर२०८३ मंसिर ३, बुधबार ०९:०४ गते2 Mins Read

    पूर्वको धार्मिक पर्यटनलाई विश्वसामु पु¥याउने लक्ष्य : राधिका दासी


    कनकाई खबर / झापाको कनकाई–६, मनसापुरमा यहि मंसिर १२ देखि २१ गतेसम्म श्रीमद्भागवत नवाह धनधान्याचल ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।


    असहाय बालबालिकाको शिक्षा, संरक्षण र संस्थाको निर्माणाधीन भवनलाई पूर्णता दिने उद्देश्यले आयोजना गर्न लागिएको महायज्ञको तयारी र कार्यतालिका सार्वजनिक गरिएको छ ।


    राधिका फाउन्डेसनकी अध्यक्ष भागवत मञ्जरी पूज्या राधिका दासीज्यूको अध्यक्षतामा निर्माणाधीन भवनस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत महायज्ञको तयारी र कार्यतालिका सार्वजनिक गरिएको हो ।
    पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राधिका दासीज्यूले पूर्वको धार्मिक पर्यटनलाई विश्वसामु चिनाउने र धार्मिक अनुष्ठानबाट संकलित सहयोगलाई असहाय बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा जोड्ने मुख्य लक्ष्य रहेको बताएकी छन् । महायज्ञमा देशका ४७ वटा जिल्लाबाट भक्तजनहरू सहभागी हुने निश्चित भइसकेको छ भने विदेशबाट समेत श्रद्धालुहरूको उपस्थिति रहने जनाइएको छ ।

    महायज्ञलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय सरकारको समेत प्रतिनिधित्व रहने गरी कनकाई वडा नं. ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओलीलाई कार्यक्रम संयोजक तोकिएको छ । पत्रकार सम्मेलनमा संयोजक ओलीले महायज्ञको औचित्य र व्यवस्थापकीय तयारीबारे प्रकाश पारेका थिए ।


    महायज्ञमा स्वदेश तथा विदेशका धार्मिक गुरु, सन्तमहन्त, गायक–गायिका र कलाकारको सहभागिता रहने बताइएको छ । महायज्ञ सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजकले करिब दुई करोड रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य राखेको छ।

    काठमाडौँको कपन र झापाको मनसापुरमा कार्यालय रहेको राधिका फाउन्डेसनले हाल ३७ जना असहाय बालबालिकालाई संरक्षण दिइरहेको छ । जसमध्ये मनसापुरस्थित आश्रममा रहेका १७ जना बालबालिका कनकाई–३, सुरुङ्गास्थित पशुपति अंग्रेजी माविमा अध्ययनरत छन् । मनसापुरमा करिब साढे ५ करोड रुपैयाँको लागतमा निर्माणाधीन फाउन्डेसनको आफ्नै भवनलाई पूर्णता दिन महायज्ञबाट संकलित रकम खर्च गरिनेछ । यसका साथै फाउन्डेसनले झापाको बाह्रदशी गाउँपालिका–७ मा गुरुकुलीय पाठशाला, गौशाला, यज्ञशाला, धर्मशाला र औषधालय सहितको एकीकृत बृहत् परियोजनाको गुरुयोजना तयार पारी निर्माण कार्य समेत अघि बढाएको छ ।

    सार्वजनिक कार्यतालिका अनुसार मंसिर १२ गते भव्य कलश शोभायात्रा निकालिनेछ भने मंसिर १३ देखि २१ गतेसम्म ९ दिन पूज्या राधिका दासीज्यूको मुखारविन्दबाट संगीतमय श्रीमद्भागवत कथा प्रवचन तथा प्रत्येक साँझ भव्य गङ्गा आरती सञ्चालन हुनेछ ।

    सञ्चारकर्मी केशव भट्टराईले सहजीकरण गरेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजकका रुपमा रहेका कनकाई ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जग्गादाता तथा स्थानीय सामाजिक व्यक्तित्व शान्तीराम प्रसाईं लगायतको विशेष आतिथ्य रहेको थियो । फाउन्डेसन परिवारले यस मानवीय र धार्मिक महाअभियानमा तन, मन र धनले सहयोग गर्न सम्पूर्ण धर्मप्रेमी, उद्योगी, व्यवसायी, समाजसेवी तथा आम नागरिकमा हार्दिक अपिल गरेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईका युवा खतिवडाको अकल्पनीय निधनः भ्रामक हल्लाको पछि नलाग्न परिवारको आग्रह

    २०८३ मंसिर १, सोमबार १४:१९ गते

    “ हिम्मतिला हिम्मत र विद्वान रन्धोज नेम्वाङ”

    २०८३ मंसिर १, सोमबार १२:१३ गते

    नेपाली कांग्रेस कनकाई–७ द्वारा शुभकामना आदानप्रदान तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न: बिपीको चिन्तन पछ्याउँदै एकजुट हुन नेताहरूको आह्वान

    २०८३ कार्तिक २३, आईतवार १३:०१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    असहाय बालबालिकाको शिक्षा र भवन निर्माणार्थ कनकाईमा नवाह ज्ञानमहायज्ञ हुने

    २०८३ मंसिर ३, बुधबार ०९:०४ गते

    कनकाईका युवा खतिवडाको अकल्पनीय निधनः भ्रामक हल्लाको पछि नलाग्न परिवारको आग्रह

    २०८३ मंसिर १, सोमबार १४:१९ गते

    “ हिम्मतिला हिम्मत र विद्वान रन्धोज नेम्वाङ”

    २०८३ मंसिर १, सोमबार १२:१३ गते

    नेपाली कांग्रेस कनकाई–७ द्वारा शुभकामना आदानप्रदान तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न: बिपीको चिन्तन पछ्याउँदै एकजुट हुन नेताहरूको आह्वान

    २०८३ कार्तिक २३, आईतवार १३:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.