Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    जिल्ला अन्तरपालिका कर्मचारी फुटबलको उपाधि कनकाईको हातमा

    २०८३ कार्तिक २०, बिहीबार ००:१६ गते

    मैदानमा भविष्य खोज्दै बालबालिकाः शिवसताक्षीमा उत्साहका साथ अघि बढ्दै के.एन.के.को फुटबल प्रशिक्षण

    २०८३ कार्तिक १७, सोमबार ०२:०४ गते

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    २०८३ कार्तिक १७, सोमबार ००:०६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जिल्ला अन्तरपालिका कर्मचारी फुटबलको उपाधि कनकाईको हातमा
    कनकाई नगरपालिका

    जिल्ला अन्तरपालिका कर्मचारी फुटबलको उपाधि कनकाईको हातमा

    कनकाई खबरBy कनकाई खबर२०८३ कार्तिक २०, बिहीबार ००:१६ गते2 Mins Read

    कनकाई खबर / झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि आयोजक कनकाई नगरपालिकाले हात पारेको छ ।

    अघिल्लो वर्षको समेत उपाधि हात पारेको कनकाईले जितको निरन्तरतालाई कायम राख्दै दोस्रो पटकपनि उपाधि सुरक्षित गर्न सफल भएको हो । उपाधिसँगै कनकाईले नगद १ लाख रुपैँया र शिल्ड हात पारेको छ ।

    झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा कार्तिक १३ गतेदेखि सञ्चालित प्रतियोगिताको फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै कनकाईले उपाधि हात पार्न सफल भएको सफल भएको हो । दोस्रो बनेको शिवसताक्षीले भने नगद ७५ हजार र शील्ड हात पारेको छ ।

    खेलको सुरुवातमै कनकाई नगरपालिकाका खेलाडी विशाल थेबेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलको सामान्य अग्रता बनाएको कनकाईले दोस्रो हाफमा भने शिवसताक्षीमाथि पूर्ण रूपमा दबाब कायम राख्यो। दोस्रो हाफमा कनकाईका लागि अंकित राईले दुई र पहिलो हाफमा गोल गरेका विशाल थेबेले थप एक गोल गरेपछि टिमले चार गोलको अग्रता लियो। शिवसताक्षीका तर्फबाट खेलको दोस्रो हाफमा सचिन श्रेष्ठले एक सान्त्वना गोल फर्काए पनि हार टार्न भने सकेनन्।

    यसैगरी, फाइनल खेलको म्यान अफ दि म्याच कनकाईका दुई गोलकर्ता विशाल थेबे घोषित भए , उनलाई ट्रफी सहित कनकाईका कृषि तथा पशुपंक्षी शाखाका प्रमुख तेजबहादुर पौडेलद्वारा नगद १ हजार प्रदान गरियो । प्रतियोगितामा रुचन लिम्बू हाइ स्कोरर तथा टुर्नामेन्टको उत्कृष्ट खेलाडी घोषित हुँदा कनकाईकै लक्ष्मण भुजेल उत्कृष्ट डिफेन्डर, ज्ञानेन्द्र निरौला उत्कृष्ट गोलकिपर र लिलु गिरी उत्कृष्ट कोच घोषित भए। त्यस्तै, शिवसताक्षी नगरपालिकाका श्रवण मल्लिक उत्कृष्ट मिडफिल्डर घोषित हुन सफल भए। विधागत उत्कृष्ट सबैलाई ट्रफी प्रदान गरिएको छ ।

    आयोजक कनकाई नगरपालिकाका लेखा शाखा प्रमुख क्षेत्रनाथ शर्माको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा विजेता उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई समापन समारोहका प्रमुख अतिथि कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेल, विशष्ट अतिथिहरु शिवसताक्षी नगरपालिकाका नगर प्रमुख रोशन थोप्रा , कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवकोटी, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे , कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, प्रतियोगिता आयोजक समिति संयोजक क्षेत्रनाथ शर्मा लगायत दुवै पालिकाका विभिन्न वडाका वडाअध्यक्षहरूले पुरस्कार वितरण गरेका थिए ।

    जिल्लाभरका विभिन्न पालिकाका कर्मचारीहरूबीच आपसी सद्भाव, मेलमिलाप र भाइचारा सम्बन्ध प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय तहको स्थापना कालदेखि नै निरन्तर हुँदै आएको यस प्रतियोगिताको आयोजना साविकको विजेता टिमले गर्दै आएको आयोजक कनकाई नगरपालिकाका कर्मचारी विजय पाठकले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    मैदानमा भविष्य खोज्दै बालबालिकाः शिवसताक्षीमा उत्साहका साथ अघि बढ्दै के.एन.के.को फुटबल प्रशिक्षण

    २०८३ कार्तिक १७, सोमबार ०२:०४ गते

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    २०८३ कार्तिक १७, सोमबार ००:०६ गते

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    २०८३ कार्तिक १६, आईतवार २३:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    जिल्ला अन्तरपालिका कर्मचारी फुटबलको उपाधि कनकाईको हातमा

    २०८३ कार्तिक २०, बिहीबार ००:१६ गते

    मैदानमा भविष्य खोज्दै बालबालिकाः शिवसताक्षीमा उत्साहका साथ अघि बढ्दै के.एन.के.को फुटबल प्रशिक्षण

    २०८३ कार्तिक १७, सोमबार ०२:०४ गते

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    २०८३ कार्तिक १७, सोमबार ००:०६ गते

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    २०८३ कार्तिक १६, आईतवार २३:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.