Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मैदानमा भविष्य खोज्दै बालबालिकाः शिवसताक्षीमा उत्साहका साथ अघि बढ्दै के.एन.के.को फुटबल प्रशिक्षण

    २०८३ कार्तिक १७, सोमबार ०२:०४ गते

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    २०८३ कार्तिक १७, सोमबार ००:०६ गते

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    २०८३ कार्तिक १६, आईतवार २३:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मैदानमा भविष्य खोज्दै बालबालिकाः शिवसताक्षीमा उत्साहका साथ अघि बढ्दै के.एन.के.को फुटबल प्रशिक्षण
    खेलकुद

    मैदानमा भविष्य खोज्दै बालबालिकाः शिवसताक्षीमा उत्साहका साथ अघि बढ्दै के.एन.के.को फुटबल प्रशिक्षण

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ कार्तिक १७, सोमबार ०२:०४ गते3 Mins Read


    कनकाई खबर /झापाको शिवसताक्षी १० स्थित के.एन.के. स्पोट्स क्लबले ‘आजको सानो प्रयास, भोलिको उत्कृष्ट खेलाडी निर्माणको आधार’ भन्ने मूल नाराका साथ दश वर्ष मुनीका खेलाडी उत्पादन गर्ने उद्येश्यले “अन्डर टेन ग्रासरुट फुटबल प्रशिक्षण” संचालन गरेको छ ।

    बालबालिकाकोलागि संचालन गरिएको यस किसिमको प्रशिक्षणबाट रैथाने बालबालिका र अभिभावकहरूमा अभूतपूर्व उत्साह जागेको बताइएको छ । बालबालिका देशको भविष्य भएकाले उनीहरूमा सानै उमेरदेखि खेलकुद संस्कार, आत्मविश्वास, अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकास गराउनु आजको आवश्यकता हो भन्ने सोचलाई आत्मसात् गर्दै क्लबले यस कार्यक्रमलाई प्रारम्भिक चरणबाटै पाएलट परियोजनाका रुपमा अगाडि बढाएको बताइएको छ ।

    यस विशेष प्रशिक्षणमार्फत सहभागी ४० जना बालबालिकाहरूलाई फुटबल खेलका आधारभूत तथा व्यावहारिक सीपहरू,जस्तै बल कन्ट्रोल, ड्रिब्लीङ, पासिङ,सुटिङ, कर्डिनेशन, टिम वर्क र खेल सम्बन्धि सचेतनाका विषयमा उच्चस्तरीय ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ ।

    झापा ११ एफसीका चर्चित विङ्गर मनिष योङहाङ र गोलकिपर सन्दीप लिम्बू जस्ता अनुभवी खेलाडीहरूबाट ४० जना बालबालिकाहरूले यहि कातिक १० गतेदेखी हरेक बिहान ५ः३० देखी ७ः३० बजेसम्म के.एन.के. स्पोर्टस् क्लवको खेल मैदानमा उत्साहका साथ फुटबलका आधारभूत सीपको प्रशिक्षण पाइरहेको बताइएको छ ।

    हरेक बालबालिकाभित्र कुनै न कुनै प्रतिभा लुकेको हुन्छ र त्यस प्रतिभालाई सही अवसर, उचित प्रशिक्षण र सकारात्मक वातावरण प्रदान गर्नु सबैको साझा जिम्मेवारी हो भन्ने कुरालाई आयोजकले जोड दिएको छ। बालबालिकालाई मोबाइल र डिजिटल माध्यममा मात्र सीमित नराखी खेलमैदानसम्म ल्याएर स्वस्थ, सक्रिय, आत्मविश्वासी र अनुशासित बनाउने यस अभियानमा सम्पूर्ण नगरवासीलाई हातेमालो गर्न समेत अपिल गरिएको छ ।

    यसैक्रममा कार्यक्रमका मुख्य आर्थिक सहयोगी संस्था योङहाङ युवा समितिका सल्लाहकार एवं शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङले प्रशिक्षणको स्थलगत अवलोकन गर्दै बालबालिकाहरूको ऊर्जा र लगावले नेपाली फुटबलको भविष्य उज्यालो रहेको बताएका छन् । सल्लाहकार योङहाङले भने, ‘अहिलेको डिजिटल युगमा बालबालिकालाई मोबाइल स्क्रिनबाट टाढा राखेर खेलमैदानमा यसरी दौडिरहेको देख्नु आफैँमा गौरवको कुरा हो। यी साना नानीहरूको जोस र आयोजकको यो ऐतिहासिक कदमलाई अझ उचाइमा पु¥याउन आगामी दिनमा हामी थप ठूलो र सशक्त सहयोग गर्न प्रतिबद्ध छौँ । ‘
    त्यस्तै, समितिका अर्का सल्लाहकार मोहन योङहाङले पनि स्थानीय स्तरबाटै खेलकुद संस्कारको विकास गर्ने के.एन.के. स्पोट्स क्लबको यो प्रयास सह्रानीय रहेको उल्लेख गर्दै यस पायलट प्रोजेक्टले वडा नं. १० को आधिकारिक अन्डर–१० टोलीका लागि उत्कृष्ट १५ खेलाडी मात्र जन्माउने नभई राष्ट्रकै लागि दक्ष खेलाडी उत्पादन गर्ने जग बसाल्ने विश्वास व्यक्त गरे ।

    स्थानीय सामाजिक संस्था योङहाङ युवा समितिले रु. १० हजार र स्थानीय मुसाफिर फुटबल समूहले रु.७ हजारको नगद सहयोगमा संचालित यस निःशुल्क प्रशिक्षणमा नाम दर्ताका लागि आयोजक समितिका निरकुमार बस्नेत र दिलिप नेम्बाङले बाँकी अभिभावकहरूलाई समेत तुरुन्त सम्पर्क गर्न आह्वान गरेका छन्।

    यसैबीच, स्थानीय समाजसेवी तथा आयोजक समितिका उपाध्यक्ष पदम कुँवरले कार्यक्रमलाई थप व्यवस्थित र अनुशासित बनाउन अभिभावकहरूको भूमिका महत्वपूर्ण रहने बताउँदै आफ्ना बालबालिकाहरूलाई नियमित र समयमै मैदानमा पुर्याएर सहयोग गरिदिन अनुरोध गरेका छन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    २०८३ कार्तिक १७, सोमबार ००:०६ गते

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    २०८३ कार्तिक १६, आईतवार २३:५८ गते

    पालिका स्तरीय कर्मचारी फुटबल: शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा र कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश

    २०८३ कार्तिक १६, आईतवार २३:३७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    मैदानमा भविष्य खोज्दै बालबालिकाः शिवसताक्षीमा उत्साहका साथ अघि बढ्दै के.एन.के.को फुटबल प्रशिक्षण

    २०८३ कार्तिक १७, सोमबार ०२:०४ गते

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    २०८३ कार्तिक १७, सोमबार ००:०६ गते

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    २०८३ कार्तिक १६, आईतवार २३:५८ गते

    पालिका स्तरीय कर्मचारी फुटबल: शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा र कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश

    २०८३ कार्तिक १६, आईतवार २३:३७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.