Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जामुनबारी वनमा सालको अवैध काठ भेटियो, छानबिन गर्न कार्यदल गठन
    पर्यटन

    जामुनबारी वनमा सालको अवैध काठ भेटियो, छानबिन गर्न कार्यदल गठन

    adminBy admin२०७५ भाद्र १३, बुधबार ०८:१६ गते3 Mins Read

    सुरुङ्गा, १३ भदौ । जामुनवारी सामुदायिक वन उपभोक्ता समूहको घाटगद्वीमा अवैध रुपमा रहेका साल जातका ९ थान गोलिया काठ फेला परेपछि उत्पन्न भएको शंकास्पद परिस्थितीको वारेमा सत्यतथ्य कुराको पहिचान गरी यथार्थता सार्वजनिक गर्नका लागि कार्यदल गठन भएको छ ।

    वन समूहको गतिविधी शंकास्पद देखिएको भन्दै चर्चामा आएको विषयका वारेमा मंगलवार वन समूहले सचेत स्थानिय उपभोक्ताहरुको भेला गराई वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी एक समन्वय समिति सर्वसम्मत रुपमा गठन गरेको हो ।

    वन समूहका पूर्व अध्यक्ष रुद्र वोहोराको संयोजकत्वमा सम्पन्न भएको भेलाले डिभिजन वन कार्यालय र उपभोक्ता विच समन्वयकारी भूमिका निर्वाह गरी वातावरण सहज वनाउँनका लागि स्थानिय उपभोक्ताहरु मध्येवाट पाँच सदस्यीय समन्वय समिति निर्माण गरीएको छ ।

    समितिमा रमेश वारकोटी, ईन्द्र पुलामी मगर, प्रेम अधिकारी, अर्जुन राई र दुर्गाप्रसाद खनाल रहेको वन समूहकी सचिव मनिता राईले वताएकी छन् । उपभोक्ताहरुको भेलाले गठन गरेको यस समितिले चाँडै यथार्थ कुरा सार्वजनिक गर्ने जनाएको छ ।

    विना कागजात कटान गरी राखिएका काठका वारेमा सूचना पाएपछि कनकाई सव डिभिजन वन कार्यालयका डिभिजन सहायक वन अधिकृत शिवराम शाहको नेतृत्वमा स्थानिय उपभोक्ता सहित सामुदायिक वन क्षेत्रमा चेक जाँचका लागि गएको टोलीले काठ फेला पारेको हो ।

    घाट गद्वीमा फेला पारिएका ३५.४९ क्युफिट गोलीया काठको वारेमा सामुदायिक वनसँग कुनै कागजात नभएका कारण खात लगाएर राखिएका गोलीयाको चेक जाँच गरी वन अधिकृत शाहको नेतृत्वमा स्थानिय उपभोक्ताको रोहवरमा मुचुल्का उठाई आवश्यक प्रक्रियाका लागि वन समूहसँग लिखित रुपमा स्पष्टिकरण माग गरीएको वन अधिकृत शाहले जानकारी दिएका छन् ।

    वन समूहलाई मागेको स्पष्टीकरणका आधारमा समूहका अध्यक्ष ख्यामराज सिटौलाले वन समूहका तर्फवाट प्रक्रियागत त्रुटी भएको स्वीकार्दै कनकाई सव डिभिजन वन कार्यालयलाई जानकारी गराएका छन् ।

    सव डिभिजन कार्यालयका सहायक वन अधिकृत शाह लगायत स्थानिय सचेत उपभोक्ताहरुलाई जानकारी गराउँदै अध्यक्ष सिटौलाले वन क्षेत्रको व्लक नं.१मा ढलापढा अवस्थामा रहेका, हात्तीले भाचिदिएका लाथ्राहरु चोर तस्कर तथा दाउरेले टुन टुक्रा पारेर लान आँटेको अवस्थामा वन समूहको गस्ती टोलीले बेवारीसे अवस्थामा फेला पारेर सुरक्षित स्थान तर्फ समूहको घाटगद्धिमा आवश्यक प्रक्रियाका लागि राखिएको वताएका छन् ।

    प्रक्रिया पूरा गर्नका लागि केहि दिन ढिला भएको स्किार्दै अध्यक्ष सिटौलाले वन समूहले गलत मनसाय नराखेको प्रष्ट पारेका छन् । हाल घाटगद्धीमा सुरक्षित रहेका काठको विवरण वन समूहको रजिष्टरमा रेकर्ड हेर्न सकिने अध्यक्ष सिटौलाले जानकारी दिएका छन् ।

    वन समूहको आन्तरिक लेखा परिक्षणका विषयमा उठेको सवालका वारेमा प्रष्ट पार्दै अध्यक्ष सिटौलाले गत असोज २२ गते पदभार ग्रहण गरेको यस समितिले सोही समयदेखी नै पर्या पर्यटनको समय सुरु भएकाले समूहका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको त्यस तर्फको व्यस्तता लगायत वन समूहको विभिन्न आन्तरिक तयारीका कारण लेखा समिति चयन गर्न ढिलाई भएकै कारणले लेखा परिक्षण गर्ने कार्य समयमा पूरा हुन नसकेको वताएका छन् ।

    गत असार ४ गतेका दिन मात्र लेखा समिति चयन भएकाले आर्थिक प्रतिवेदन साथै अन्य आवश्यक तयारीमा समिति जुटीसकेको हुँदा यथाशिघ्र परिषद सभा वोलाएर वार्षिक योजना अनुसार अघि वढ्ने अध्यक्ष सिटौलाले वताएका छन् ।

    वन समूहका अध्यक्ष सिटौलाले वन समूहको कार्यसम्पादनका सवालमा भएका र हुन सक्ने कमजोरीप्रति सकारात्मक एवम् रचनात्मक सल्लाह सुझाव साथै सहयोगका लागि सम्वन्धित सवैसँग अपिल गरेका छन् ।

    कमेन्टस्

    Author

    • admin
      admin
      View all posts
    जामुनबारी सामुदायिक वन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अत्याधुनिक आकर्षक र अन्तराष्ट्रिय स्तरको थप सेवा विस्तार गर्दै ह्यापी ल्याण्ड फन पार्क सुरुङ्गा

    २०८२ मंसिर २६, शुक्रबार २३:०८ गते

    रानी सामुदायिक वनमा रोटरीको वृक्षरोपण

    २०८२ जेष्ठ २४, शनिबार ११:३७ गते

    बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवका लागि ९ वटा उपसमितिहरु गठन

    २०८१ पुष २०, शनिबार ११:०६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.