Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रानी सामुदायिक वनमा रोटरीको वृक्षरोपण
    कनकाई नगरपालिका

    रानी सामुदायिक वनमा रोटरीको वृक्षरोपण

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ जेष्ठ २४, शनिबार ११:३७ गते2 Mins Read

    कनकाई खबर \ विश्व वातावरण दिवसको अवसर पारेर रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

    झापा गाउँपालिकाको एक मात्र सामुदायिक वन रानी सामुदायिक वन क्षेत्रमा क्लवका तर्फबाट वृक्षरोपण गरिएको हो । मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्थाका रुपमा स्थापित क्लवले वातावरणको शुद्धतालाई समेत ख्याल गर्दै विभिन्न किसिमका फलफुल, मसला, टिक जातका ३ सय विरुवा रोपेको हो । झापा गाउँपालिकाको वडा नं. ३, ६ र ७ मा पर्ने १ सय ३ हेक्टर क्षेत्रफलमा रहेको सो वन क्षेत्रको वनभोज स्थलमा खाली रहेको ठाउँमा रोटरी क्लव अफ सुरुङ्गाका पदाधिकारीहरुले आफ्नै हातबाट विरुवा रोपण गरेको क्लवका अध्यक्ष लुवराज उप्रेतीले जानकारी दिए ।

    क्लवका अध्यक्ष उप्रेतीको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा रानी सामुदायिक वन समुहका अध्यक्ष नरेन्द्रकुमार आङ्देम्बेले वातावरणको क्षेत्रमा गम्भीर बन्दै रोटरी क्लवले सामुदायिक वनप्रति गरेको सहयोगको प्रशंसा गरेका छन् । रोटरी क्लव अफ सुरुङ्गाले आफ्नो स्थापना वर्षदेखी नै रानी सामुदायिक वनमा वृक्षरोपण गरेर समय समयमा त्यसको हेरचाहसँगै गोडमेल समेत गर्दै आएकोमा खुशी व्यक्त गर्दै वन समुहका अध्यक्ष आङ्देम्बेले रोटरीसँगको सहकार्यलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाए ।

    समाज रुपान्तरणका लागि आफ्नो सेवा क्षेत्रमा अग्रस्थानमा उभिएर विभिन्न गतिविधि संचालन गर्दै आएको क्लवले शारिरीक रुपमा असक्त भएका व्यक्तिहरुको पहिचान गरी व्हील चेयर वितरणसँगै कृषि, शिक्षा, स्वास्थ्य साथै वातावरणको क्षेत्रमा समेत महत्वपुर्ण काम गर्दै आएको क्लवका पुर्व अध्यक्ष समेत रहेका रिजन ७ का एजी कुमारमणि पोखरेलले जानकारी दिए ।

    कार्यक्रममा स्वागत सहित औचित्यमाथि प्रकाश पार्दै वृक्षरोपण कार्यक्रमका संयोजक रोटरीयन ख्याम ओलीले क्लवले आफ्नो स्थापनाकालदेखी नै वार्षिक कार्यक्रमका रुपमा विभिन्न क्षेत्रमा वृक्षरोपण गर्दै आएको बताए । वार्षिक रुपमा एक हजार विरुवा रोपण गर्ने यस वर्षको योजना अनुसार क्लवले रानी सामुदायिक वनमा बाँकी रहेका तीनसय विरुवा रोपेको बताइएको छ । यस अघि कनकाई सामुदायिक वन क्षेत्रमा अन्य विरुवा रोपण गरिएको संयोजक ओलीले जानकारी दिए ।

    कार्यक्रममा रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका अध्यक्ष प्रतापबाबु जमरकट्टेलले मानवीय सेवामा समर्पित संस्था रोटरी क्लवसँगको सहकार्यमा रोट्रयाक्ट क्लवले समेत समृद्ध समाज निर्माणका लागि सामाजिक क्षेत्रमा हरेक गतिविधि संचालन गर्दै आएको बताए ।

    रोट्रयाक्ट क्लव अफ सुरुङ्गाकी वर्तमान सचिव कृष्टि उप्रेतीले संचालन गरेको औपचारिक कार्यक्रममा रोटरी क्लवका पुर्व अध्यक्ष सुशिलकुमार श्रेष्ठ, वर्ष २०२५ \ ०२६ का अध्यक्ष डिल्लीराम मैनाली लगायत अन्य पदाधिकारीहरु, रोट्रयाक्ट क्लवका पदाधिकारीहरु सहित वन समूहका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.