कनकाई खबर / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था -साकोस) को आगामी नेतृत्वका लागि तीन जना अध्यक्षका उम्मेदवार मैदानमा उत्रिएसँगै निर्वाचनको माहोल तातेको छ।
उप्रेन्द्रप्रसाद ओली, भरतकुमार गिरी र छविलाल खतिवडाले आ–आफ्ना समूहसहित उम्मेदवारी अघि सारेपछि सहारा नेपालको नेतृत्व चयनका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको हो। आगामी असोज १० गते हुने निर्वाचनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ।
झापाको बिर्तामोड–२, चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको निर्वाचन यसपटक अध्यक्ष पदमा देखिएको त्रिकोणीय प्रतिस्पर्धाका कारण चासोमा परेको छ। ओली , गिरी र खतिवडा तीनै जनाले आफ्नो समूहसहित चुनावी अभियान अघि बढाएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू सदस्यसँग भेटघाट, छलफल र आफ्नो पक्षमा समर्थन जुटाउने अभियानमा सक्रिय हुन थालेका छन्।
अध्यक्ष पदका उम्मेदवार भरतकुमार गिरीको समूहबाट वरिष्ठ उपाध्यक्षमा ज्ञानुनाथ मैनाली, महिला उपाध्यक्षमा खिनमाया बस्नेत -सिता) र कोषाध्यक्षमा भोला धिताल उम्मेदवार छन्। सदस्य पदमा तीर्थराज सिग्देल, लालबहादुर गिरी, सुजन खरेल, तारा भट्टराई र रेनुका उप्रेती मैनाली रहेका छन्। लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर सुवेदी तथा सदस्यमा नीरजकुमार ओली र शुक्रबहादुर तामाङ उम्मेदवार बनेका छन्।
त्यसैगरी उप्रेन्द्रप्रसाद ओलीले पनि आफ्नै समूहसहित अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका छन्। ओली समूहबाट वरिष्ठ उपाध्यक्षमा टेकनाथ खनाल -टंक), महिला उपाध्यक्षमा हरिमाया सिग्देल र कोषाध्यक्षमा भीमबहादुर गिरी रहेका छन्। सदस्यतर्फ रमेश काफ्ले, भगीरथ लुइटेल, प्रेमप्रसाद अधिकारी, प्रमिला तिम्सिना र हिमादेवी प्रसाई उम्मेदवार छन्। लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर सुवेदी तथा सदस्यमा टीकाराम उप्रेती र भुवन कडेँल रहेका छन्।
छविलाल खतिवडा पनि आफ्नो समूहसहित अध्यक्ष पदको प्रतिस्पर्धामा छन्। खतिवडा समूहबाट वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल, महिला उपाध्यक्षमा पार्वता भारती गिरी र कोषाध्यक्षमा लक्ष्मीप्रसाद आचार्य उम्मेदवार छन्। सदस्य पदमा नारायणप्रसाद गिरी, मदनराज कटुवाल, रमेश सेडाई, शिखा खड्का र राधिका चुडाल रहेका छन्। लेखा सुपरिवेक्षण समितिको संयोजकमा डम्बरबहादुर देउजा तथा सदस्यमा बबिता घिमिरे र सुनिल कार्की उम्मेदवार छन्।
तीनवटै समूह मैदानमा आएपछि सहारा नेपालको निर्वाचन केवल अध्यक्ष चयनमा सीमित नरही आगामी सञ्चालक संरचनाका लागि समेत प्रतिस्पर्धाको विषय बनेको छ। अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष, सञ्चालक सदस्य तथा लेखा सुपरिवेक्षण समितिका पदमा उम्मेदवारी परेको छ। उम्मेदवारहरूले आफ्ना समूह र एजेन्डासहित सदस्यसमक्ष पुग्ने क्रमलाई तीव्र बनाएका छन्।
करिब २ लाख सदस्य रहेको सहारा नेपाल साकोसको कार्यक्षेत्र ६ जिल्लामा फैलिएको छ भने संस्थाका ८० वटा सेवा केन्द्र रहेका छन्। ठूलो सदस्य आधार भएको संस्थाको नेतृत्व चयनका लागि हुन लागेको निर्वाचन भएकाले यसपटकको प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको छ। निर्वाचन नजिकिँदै जाँदा तीनै समूहले आफ्नो पक्षमा सदस्यको समर्थन जुटाउन सक्रियता बढाएका छन्।
गिरी, ओली र खतिवडाले आ–आफ्नो समूहसहित मैदान समातेपछि सहारा नेपालको नेतृत्वका लागि प्रतिस्पर्धा त्रिकोणीय बनेको छ। उम्मेदवारहरूले सदस्यसमक्ष आफ्ना योजना, प्राथमिकता र नेतृत्वको दृष्टिकोण प्रस्तुत गर्ने चरण सुरु भइसकेको छ। अन्ततः असोज १० गते हुने निर्वाचनमा सदस्यहरूले दिएको मतले सहारा नेपालको आगामी नेतृत्व र सञ्चालक संरचनाको दिशा तय गर्ने बताइएको छ ।

