Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाईमा अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता सुरु:

    २०८३ कार्तिक १५, शनिबार ००:१२ गते

    बिदाको आइतबार कनकाईका केही विद्यालयमा रचनात्मक गतिविधि

    २०८३ कार्तिक १४, शुक्रबार ११:५८ गते

    प्रथम कनकाई पावरलिफ्टिङ प्रतियोगिताको तयारी तीव्र

    २०८३ कार्तिक १२, बुधबार ००:१७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा
    कनकाई नगरपालिका

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ भाद्र ३१, बुधबार ०८:३५ गते3 Mins Read

    कनकाई खबर / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था -साकोस) को आगामी नेतृत्वका लागि तीन जना अध्यक्षका उम्मेदवार मैदानमा उत्रिएसँगै निर्वाचनको माहोल तातेको छ।
    उप्रेन्द्रप्रसाद ओली, भरतकुमार गिरी र छविलाल खतिवडाले आ–आफ्ना समूहसहित उम्मेदवारी अघि सारेपछि सहारा नेपालको नेतृत्व चयनका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको हो। आगामी असोज १० गते हुने निर्वाचनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ।

    झापाको बिर्तामोड–२, चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको निर्वाचन यसपटक अध्यक्ष पदमा देखिएको त्रिकोणीय प्रतिस्पर्धाका कारण चासोमा परेको छ। ओली , गिरी र खतिवडा तीनै जनाले आफ्नो समूहसहित चुनावी अभियान अघि बढाएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू सदस्यसँग भेटघाट, छलफल र आफ्नो पक्षमा समर्थन जुटाउने अभियानमा सक्रिय हुन थालेका छन्।

    अध्यक्ष पदका उम्मेदवार भरतकुमार गिरीको समूहबाट वरिष्ठ उपाध्यक्षमा ज्ञानुनाथ मैनाली, महिला उपाध्यक्षमा खिनमाया बस्नेत -सिता) र कोषाध्यक्षमा भोला धिताल उम्मेदवार छन्। सदस्य पदमा तीर्थराज सिग्देल, लालबहादुर गिरी, सुजन खरेल, तारा भट्टराई र रेनुका उप्रेती मैनाली रहेका छन्। लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर सुवेदी तथा सदस्यमा नीरजकुमार ओली र शुक्रबहादुर तामाङ उम्मेदवार बनेका छन्।

    त्यसैगरी उप्रेन्द्रप्रसाद ओलीले पनि आफ्नै समूहसहित अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका छन्। ओली समूहबाट वरिष्ठ उपाध्यक्षमा टेकनाथ खनाल -टंक), महिला उपाध्यक्षमा हरिमाया सिग्देल र कोषाध्यक्षमा भीमबहादुर गिरी रहेका छन्। सदस्यतर्फ रमेश काफ्ले, भगीरथ लुइटेल, प्रेमप्रसाद अधिकारी, प्रमिला तिम्सिना र हिमादेवी प्रसाई उम्मेदवार छन्। लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर सुवेदी तथा सदस्यमा टीकाराम उप्रेती र भुवन कडेँल रहेका छन्।

    छविलाल खतिवडा पनि आफ्नो समूहसहित अध्यक्ष पदको प्रतिस्पर्धामा छन्। खतिवडा समूहबाट वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल, महिला उपाध्यक्षमा पार्वता भारती गिरी र कोषाध्यक्षमा लक्ष्मीप्रसाद आचार्य उम्मेदवार छन्। सदस्य पदमा नारायणप्रसाद गिरी, मदनराज कटुवाल, रमेश सेडाई, शिखा खड्का र राधिका चुडाल रहेका छन्। लेखा सुपरिवेक्षण समितिको संयोजकमा डम्बरबहादुर देउजा तथा सदस्यमा बबिता घिमिरे र सुनिल कार्की उम्मेदवार छन्।

    तीनवटै समूह मैदानमा आएपछि सहारा नेपालको निर्वाचन केवल अध्यक्ष चयनमा सीमित नरही आगामी सञ्चालक संरचनाका लागि समेत प्रतिस्पर्धाको विषय बनेको छ। अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष, सञ्चालक सदस्य तथा लेखा सुपरिवेक्षण समितिका पदमा उम्मेदवारी परेको छ। उम्मेदवारहरूले आफ्ना समूह र एजेन्डासहित सदस्यसमक्ष पुग्ने क्रमलाई तीव्र बनाएका छन्।

    करिब २ लाख सदस्य रहेको सहारा नेपाल साकोसको कार्यक्षेत्र ६ जिल्लामा फैलिएको छ भने संस्थाका ८० वटा सेवा केन्द्र रहेका छन्। ठूलो सदस्य आधार भएको संस्थाको नेतृत्व चयनका लागि हुन लागेको निर्वाचन भएकाले यसपटकको प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको छ। निर्वाचन नजिकिँदै जाँदा तीनै समूहले आफ्नो पक्षमा सदस्यको समर्थन जुटाउन सक्रियता बढाएका छन्।

    गिरी, ओली र खतिवडाले आ–आफ्नो समूहसहित मैदान समातेपछि सहारा नेपालको नेतृत्वका लागि प्रतिस्पर्धा त्रिकोणीय बनेको छ। उम्मेदवारहरूले सदस्यसमक्ष आफ्ना योजना, प्राथमिकता र नेतृत्वको दृष्टिकोण प्रस्तुत गर्ने चरण सुरु भइसकेको छ। अन्ततः असोज १० गते हुने निर्वाचनमा सदस्यहरूले दिएको मतले सहारा नेपालको आगामी नेतृत्व र सञ्चालक संरचनाको दिशा तय गर्ने बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईमा अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता सुरु:

    २०८३ कार्तिक १५, शनिबार ००:१२ गते

    बिदाको आइतबार कनकाईका केही विद्यालयमा रचनात्मक गतिविधि

    २०८३ कार्तिक १४, शुक्रबार ११:५८ गते

    प्रथम कनकाई पावरलिफ्टिङ प्रतियोगिताको तयारी तीव्र

    २०८३ कार्तिक १२, बुधबार ००:१७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाईमा अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता सुरु:

    २०८३ कार्तिक १५, शनिबार ००:१२ गते

    बिदाको आइतबार कनकाईका केही विद्यालयमा रचनात्मक गतिविधि

    २०८३ कार्तिक १४, शुक्रबार ११:५८ गते

    प्रथम कनकाई पावरलिफ्टिङ प्रतियोगिताको तयारी तीव्र

    २०८३ कार्तिक १२, बुधबार ००:१७ गते

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.