Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवका लागि ९ वटा उपसमितिहरु गठन
    पर्यटन

    बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवका लागि ९ वटा उपसमितिहरु गठन

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष २०, शनिबार ११:०६ गते2 Mins Read

    बिर्तामोड \  बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ का लागि विशाल थापाको संयोजकत्वमा गठन गरिएको महोत्सव मूल आयोजक समितिलाई विस्तार गर्दै ९ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

    अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीयस्तरमा उत्पादित बस्तुलाई अन्तराष्ट्रिय स्तरसम्म प्रवर्धन गर्न बिर्तामोडमा आगामी माघ ८ गतेदेखि १९ गतेसम्म अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयोजना गरिएको छ ।

    व्यापार महोत्सवलाई सफल बनाउन यसअघि थापाको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति गठन गरिएको थियो । सोही समितिलाई बिर्तामोड उद्योग वाणिज्य संघको बैठकले विस्तार गरेको हो भने अन्य ९ वटा उपसमिति गठन गरेको हो ।

    महोत्सव मूल आयोजक समितिमा संघका महासचिव कुशल खतिवडालाई सचिवको जिम्मेवारी दिइएको छ । युवराज निरौलालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।

    सो समितिको सदस्यहरुमा रमेश घिमिरे, अनन्तलाल महतो, दिनेश श्रेष्ठ, डिल्लीराम कोइराला, शत्रुघनप्रसाद गुप्ता र सुष्मा उप्रेती सुवेदी रहेका छन् ।

    त्यस्तै अनुगमन समितिको संयोजकमा गोमा भट्टराई रहेकी छिन् भने सदस्यहरुमा कृष्णप्रसाद बजगाई, युवराज कार्की पर्बत र सुशीलाकुमारी कार्की रहेका छन् ।

    यता संघका पूर्व अध्यक्ष प्रकाश शिवाकोटीको संयोजकत्वमा अतिथि सत्कार तथा व्यवस्थापन उपसमिति, निर्मल भट्टराईको संयोजकत्वमा बैंक वित्तीय तथा सहकारी स्टल व्यवस्थापन उप समिति गठन गरिएको छ ।

    त्यस्तै राजकुमार घिमिरे ‘राजु’ संयोजक र विशेश्वरप्रसाद बजगाई सदस्य रहेको स्टल तथा स्टेज निर्माण व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

    जीवनकुमार खड्काको संयोजकत्वमा सांस्कृतिक एवम् साङ्गीतिक कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ भने सचिवालय व्यवस्थापन एवम् विद्युत प्राधिकरण संयोजन उपसमितिको संयोजकमा पुकार बराल र सदस्यहरुमा राजु गौतम तथा रुद्रप्रसाद भुर्तेल रहेका छन् ।

    दैनिक कारोबार तथा टिकट व्यवस्थापन उपसमितिमा राजकुमार शाह संयोजक तथा दिनेश श्रेष्ठ र युवराज कार्की सदस्य रहेका छन् ।

    यसैगरी, तिलोत्तमा खत्रीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसको सदस्यमा शत्रुघनप्रसाद गुप्ता , केदार खनाल, सुशीलाकुमारी बस्नेत रहेका छन् ।

    स्थानीय सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिमा दिनेश श्रेष्ठ र स्वास्थ्य सेवा व्यवस्थापन उपसमितिमा कृष्णप्रसाद बजगाई संयोजक रहेका छन् । महोत्सव बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा तेस्रोपटक आयोजनामा गर्न लागिएको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते

    कनकाई कपको उपाधी बिर्तामोडलाई

    २०८३ जेष्ठ ८, शुक्रबार १५:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.