Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अत्याधुनिक आकर्षक र अन्तराष्ट्रिय स्तरको थप सेवा विस्तार गर्दै ह्यापी ल्याण्ड फन पार्क सुरुङ्गा
    कनकाई नगरपालिका

    अत्याधुनिक आकर्षक र अन्तराष्ट्रिय स्तरको थप सेवा विस्तार गर्दै ह्यापी ल्याण्ड फन पार्क सुरुङ्गा

    कनकाई खबरBy कनकाई खबर२०८२ मंसिर २६, शुक्रबार २३:०८ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा रहेको ह्यापी ल्याण्ड फन पार्क एण्ड रिसोर्ट प्रालिले थप सेवा विस्तार गरेको छ । फन पार्कले शुक्रवार पत्रकार सम्मेलन गर्दै सेवाहरुलाई अत्याधुनिक आकर्षक र अन्तराष्ट्रिय स्तरमा विस्तार गरेको जनाएको हो ।

    फन पार्क सञ्चालक समितिका अध्यक्ष किरण शाखले मंसिर २६ गतेबाट नवीन रुपमा विकसित विस्तारित ह्यापी ल्याण्ड फन पार्कको शुभराम्भ गरेको जानकारी गराएका छन् ।

    ८ वर्ष सञ्चालनको अनुभवलाई आधार बनाएर कोभीड–१९ पछि नयाँ संचालक समुहको नेतृत्वपछि पार्कमा आधुनिकीकरण, पुनःनिर्माण तथा विस्तारको काम तीव्र गतिमा अघि बढाएको अध्यक्ष शाखले बताए । उनले सोही क्रममा अतिरिक्त ३ विगाह क्षेत्रफलमा पार्कलाई अझ विशाल, व्यवस्थित आकर्षक बनाइएको जानकारी गराए ।

    उनका अनुसार विस्तारित क्षेत्रमा आधुनिक, प्राविधिक नयाँ रोमान्चक राईडरहरु थपिएसँगै २० भन्दा बढी आकर्षक सेवाहरु पूर्ण रुपमा तयार भएको छ । पार्कमा नयाँ आकर्षण तथा विशेष सुविधाका रुपमा संगीत, प्रकाश र पानीको तालमेलमा प्रस्तुत अत्याधुनिक फाउन्टेन पार्क र ओम उच्चारण गरेर आफ्नो उर्जा परीक्षण गर्ने नविनतम पानीको फोहोरा अर्थात ओम फाउन्टेन रहेको छ ।

    यसैगरी पार्कमा जिप साइन, रेनबो स्लाइड, रोलर कोस्टर, ड्रिफ्ट कार, ३६० डिग्री राईड, ड्राई ट्युव स्लाइड, वेभ पुल, वाटर स्लाइड, रेन डान्स, अनपावर जीप लाइन, अनपावर रोलर कोस्टर, रोटेपिङ, कोलम्वस, चिल्ड्रेन पार्क, स्केटिङ, फिस स्पा, भिआर गेम, टिकटक पिङलगायतका अन्य धेरै सेवाहरु उपलब्ध रहेको पार्कले जनाएको छ । पार्कमा सहासिक खेल समेत समावेश भएकोले टिकट काटि प्रवेश गर्ने सबैको दुर्घटना बिमासमेत गरिएको छ । पार्कमा पूर्वी नेपालसहित देशभरका साथै भारतको पश्चिम बङ्गालसहित बिभिन्न स्थानबाट पर्यटकहरु आउने गरेका छन् ।

    पार्क विस्तारले स्थानीय रोजगारीमा वृद्धि, आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन, व्यवसायिक सम्भावनाको विस्तार जस्ता क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा पार्क सञ्चालकको रहेको छ । पार्कका मेनेजर लक्ष्मण सापकोटाले सहजीकरण गरेको पत्रकार सम्मेलनमा सञ्चालकहरु रामभक्त लामा, दिनेश सिलवालले समेत पार्कमा हरेक महिना केही न केही थप आकर्षण देख्न सकिने बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.