Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी
    कनकाई नगरपालिका

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ आश्विन ३, शनिबार २३:५८ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकामा ऐतिहासिक संंविधान सभाबाट ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनको स्मरण र सम्मान गर्दै विशेष कार्यक्रम सहित संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ भव्य रुपमा मनाइएको छ ।

    दिवसको पावन अवसरमा नगरपालिका परिसरमा विशेष झण्डोत्तोलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको अध्यक्षतामा सम्पन्न भव्य एवं औपचारिक समारोहलाई सम्बोधन गर्दै उपप्रमुख शिवाकोटीले नेपालको वर्तमान संविधानले नागरिकका मौलिक हक, स्वतन्त्रता र समावेशी प्रतिनिधित्वलाई पूर्ण रूपमा ग्यारेन्टी गरेको बताएकी छन् । लामो समयको राजनीतिक संक्रमण पार गरेर नेपाली जनता आफैँले निर्माण गरेको संविधानको रक्षा गर्नु आजको मुख्य आवश्यकता रहेको उपमेयर शिवाकोटीको भनाइ थियो।

    सम्बोधनका क्रममा उपप्रमुख शिवाकोटीले भनिन्, “लामो संघर्ष, त्याग र नेपाली जनताको महान बलिदानबाट प्राप्त यस संविधानको सफल कार्यान्वयन गर्नु हामी सबैको साझा दायित्व हो। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको जग र सुख–दुःखको साथी भएकाले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको सपनालाई तल्लो तहसम्म संस्थागत गर्न कनकाई नगरपालिका निरन्तर प्रतिबद्ध छ ।”

    उपप्रमुख शिवाकोटीले नगरको चौतर्फी विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी र नगरबासीहरूलाई आग्रह–पूर्वाग्रह त्यागेर एकजुट भई अगाडि बढ्न समेत आह्वान गरिन् ।

    कार्यक्रमको प्रारम्भिक चरणमा उपप्रमुख शिवाकोटीबाट कार्यक्रम स्थलमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरीएको थियो । सोही अवसरमा नगर प्रहरीको टोलीले राष्ट्रिय झण्डा र नेपालको संविधानप्रति सम्मान व्यक्त गर्दै विशेष सलामी अर्पण गरेको थियो। झण्डोत्तोलन पश्चात राष्ट्रिय गानको गुञ्जनसँगै उपस्थित सम्पूर्ण सहभागीहरूले संविधानको मर्मलाई आत्मसाथ गर्ने प्रण गरेका थिए ।

    कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखाका प्रमुखहरू, विभिन्न र दलका स्थानीय प्रतिनिधिहरू, सामाजिक अभियन्ताहरू तथा स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित वक्ताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने र कानुनको पालनामा कसैले पनि सम्झौता गर्न नहुने धारणा राखेका थिए।

    कनकाई नगरपालिका वडा नं.७ का सचिव लक्ष्मीप्रसाद अधिकारीले सञ्चालन गरेको औपारिक कार्यक्रममा वडा नं.१का वडाअध्यक्ष सुशिलकुमार पोखरेल, कनकाई ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल, कनकाई ५ का वडाअध्यक्ष एवं कनकाई नगरपालिकाका प्रवक्ता कृष्णवहादुर राई लगायत सम्पूर्णले नगरको समुन्नतीका लागि आ–आफ्नो क्षेत्रबाट इमान्दार रुपमा प्रयास गर्ने सामूहिक प्रतिबद्धता जनाइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.