Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सांस्कृतिक प्रस्तुतिसहित मनाइयो बेनुबाजाको वार्षिक उत्सव
    शिक्षा

    सांस्कृतिक प्रस्तुतिसहित मनाइयो बेनुबाजाको वार्षिक उत्सव

    कनकाई खबरBy कनकाई खबर२०७६ फाल्गुन २१, बुधबार १७:१८ गते3 Mins Read

    राम निरौला,
    कनकाई खबर  \  कनकाई नगर वडा नं.५ को ग्रामिण क्षेत्रमा रहेको बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो १९ औं वार्षिकउत्सव एवम् अभिभावक दिवस विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।     कार्यक्रमको अवसरमा विद्यालयको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान दिने विद्यालयका संस्थापकसहित शिक्षक साथै उत्कृष्ट विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष गोपालप्रसाद विमली, संस्थापक प्रिन्सिपल विरेन्द्र खड्का, २०६३ सालदेखि हालसम्म पनि विद्यालयमा निरन्तर रुपमा कार्यरत दिपककुमार श्रेष्ठ त्यस्तै २०६४देखि हालसम्म पनि निरन्तर विद्यालयमा कार्यरत कृष्णमाया अधिकारी रहेका छन् । उत्कृष्ट विद्यार्थीहरुमा २०७४ सालको एसइइ परीक्षामा प्रथम हुने रक्षा खड्का र अनिश श्रेष्ठ साथै २०७५ को एसइइ परीक्षामा प्रथम हुने उर्मिलाा फुयाललाई समेत सम्मान पत्रका साथ दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य हिराकुमार थापा, कनकाई नगर उपप्रमुख मन्जु प्रसाईँ, नगर शिक्षा प्रमुख पिताम्बर गौतम, कनकाई ५ का वडाअध्यक्ष कृष्ण राई लगायतले सम्मान गरेका थिए ।

        ग्रामिण क्षेत्रमा रहेर पनि गुणस्तरीय शिक्षाका निम्ति कनकाई नगर क्षेत्र भित्र रहेका निजी विद्यालयहरुको तुलनामा बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालय अग्रपङ्तीमा रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य थापा, नगर उपप्रमुख प्रसाईँ, शिक्षा प्रमुख गौतम लगायतले विद्यालयको सफलताको कामना गरेका थिए । हरेक शैक्षिक संस्थाहरुमा पठन संस्कृतिको कमजोरी देखिएको वर्तमान अवस्थामा विद्यार्थीहरुको नैतिक मूल्य र मान्यताको समेत आवश्यक्तालाई मध्यनजर गर्दै आगामी शैक्षिक सत्रदेखि नगर क्षेत्रका विद्यालय तहमा १०० अंकको पाठ्यक्रम थप गर्ने कनकाई नगरपालिकाको योजना रहेको कनकाई नगर शिक्षा प्रमुख पिताम्बर गौतमले वताएका छन् । हरेक शैक्षिक संस्थाहरुले आफ्नो पहिलो कर्तव्य वालावालिकालाई असल संस्कार तर्फ प्रेरित गर्न लाग्नु पर्नेमा नगर शिक्षा प्रमुखले जोड दिएका छन् ।    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद बिमलीको सभापतित्व रहेको कार्यक्रममा विद्यालयका प्रिन्सिपल विनोद सुव्वाले विद्यालयको भावि योजना सहितको प्रगतिका वारेमा जानकारी दिँदै समय सापेक्ष प्रविधिमैत्री शिक्षामा विद्यालय नयाँ कार्ययोजनाका साथ अघि बढेको वताएका छन् । अबको यो प्रविधिको युगमा कुनै पनि विद्यार्थी विद्यालयस्तरको अध्ययन पुरा गरेर विदा हँुदै गर्दा उसले आफ्नो उज्यालो भविष्यको बाटो रोज्न सक्ने गरीको अवस्था विद्यालयस्तरमै सिर्जना हुनु पर्ने भन्दै बेनुबाजा यो अभियानमा लागिसकेको प्रिन्सिपल सुव्वाले वताएका छन् । कनकाई नगर प्याव्सनका अध्यक्ष समेत रहेका सुव्वाले नगरभित्रका सवै निजी विद्यालयहरु सामुदायिक विद्यालयको तुलनामा गुणस्तरीय शिक्षाका निम्ती पहिलो दर्जामा रहेको समेत दाबी गरे ।

       विद्यालयका सहायक प्रिन्सिपल रघुनाथ तिम्सिनाले स्वागत तथा शिक्षक एवम् संस्थापक सदस्य विष्णुभक्त दंगालले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथी थापा, नगर उपप्रमुख प्रसाईँ, वडाअध्यक्ष कृष्ण राई, कनकाई नगर शिक्षा समिति सदस्य ओम पाठक, सम्मानित संस्थापक प्रिन्सिपल विरेन्द्र खड्का, पूर्व प्रिन्सिपल एवम् संस्थापक सदस्य मनोहरि विमली लगायतले मन्तव्य राखेको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न जातजातिका भेषभुषामा सजिएर साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.