Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ
    कनकाई नगरपालिका

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    कनकाई खबरBy कनकाई खबर२०८३ श्रावण २७, बुधबार २३:०६ गते1 Min Read

    कनकाई खबर / कनकाई–३, सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पमा सञ्चालन भइरहेको वि.वि.एस. प्रथम वर्षको परीक्षालाई लिएर सामाजिक सञ्जालमा फैलिएका विभिन्न नकारात्मक तथा भ्रामक सामग्रीप्रति क्याम्पस प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। क्याम्पसले परीक्षाको वास्तविकता नबुझी सामाजिक सञ्जालमा आएका सामग्रीका आधारमा धारणा नबनाउन सरोकारवाला सबैलाई आग्रह गरेको छ।

    त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु, काठमाडौंअन्तर्गत मिति २०८३ साउन २५ गते क्याम्पसमा दिवा सत्रमा सञ्चालित वि.वि.एस. प्रथम वर्षको परीक्षालाई लिएर सामाजिक सञ्जालमा भिडियो, पोस्ट लगायतका सामग्री सार्वजनिक भएपछि क्याम्पसले आधिकारिक धारणा सार्वजनिक गरेको हो।

    क्याम्पसका परीक्षा केन्द्राध्यक्ष एवं क्याम्पस प्रमुख विकासप्रसाद उप्रेतीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उक्त दिनको परीक्षा व्यवस्थित र मर्यादित रूपमा सम्पन्न भएको स्पष्ट पारिएको छ। परीक्षाको क्रममा परीक्षा मर्यादा विपरीत कार्य भएको बुझिएपछि एक जना परीक्षार्थीमाथि सामान्य कारबाही गरिएको क्याम्पसले जनाएको छ।

    क्याम्पसका अनुसार परीक्षा हलमा हल्लाखल्ला गर्ने तथा धम्की दिने कार्य गरेको विषयमा त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियमको परिच्छेद ६६, दफा २६० बमोजिम सामान्य कारबाही गरिएको थियो। त्यसपछि सम्बन्धित विद्यार्थी, अभिभावक, सम्बन्धित क्याम्पस, प्रहरी प्रशासन तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सह–परीक्षा नियन्त्रकसमेतको उपस्थितिमा आवश्यक छलफल तथा समझदारी भइसकेको क्याम्पसले जनाएको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.