Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते

    सम्पादकीय, तिहारको उज्यालो र हाम्रो दायित्व

    २०८३ कार्तिक २१, शुक्रबार ०६:२२ गते

    कनकाई सामुदायिक वनको अत्याधुनिक तालिम भवन उद्घाटन, पत्रकार पोखरेलसहित दुई दर्जन सम्मानित

    २०८३ कार्तिक २०, बिहीबार ०३:२० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै
    कनकाई नगरपालिका

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    कनकाई खबरBy कनकाई खबर२०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते2 Mins Read

    कनकाई खबर / नेपालीहरूको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि औपचारिक रूपमा सुरु भएको छ । तराई मधेसका क्षेत्रहरूमा यस पर्वको पहिलो दिन धनतेरस मनाउने परम्परा रहेको छ ।

    सामान्यतया चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढका कारण छ दिनको भएको छ । तराई मधेसको परम्परामा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीप प्रज्वलन गर्दै घरमा धातुका नयाँ भाँडाकुँडा वा गरगहना किनेर पूजा गरिने परम्परा छ । आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी लाग्ने भएकाले धनतेरस मनाइने पण्डित छविरमण सुवेदीले जानकारी दिए ।

    तराई मधेस क्षेत्रमा बोलीचालीमा ( दिवाली) भनिने दीपावली पर्वको पहिलो दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न गराउन धातुका गहना र भाँडा किनेर घरमा लक्ष्मी स्थापना गरी धनतेरस मनाइने तराई मधेसको परम्परा छ ।

    धनतेरसका दिन धातुका सामान (भाँडाकुँडा र गहना), खरेटो, धनियाँसहितका सामग्री नयाँ किन्ने विशेष प्रचलन रहँदै आएको छ । आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भई भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहने पञ्चाङ्गलाई उद्धृत गर्दै पण्डित सुवेदीले स्पष्ट पारे । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ ।

    दीपावली पर्व आगामी बुधबार तराई मधेसको परम्पराअनुसार भैयादूज मनाइएपछि सम्पन्न हुनेछ । पञ्चाङ्ग अनुसार आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ हर्षोल्लासका साथ लक्ष्मीपूजा गरिनेछ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सम्पादकीय, तिहारको उज्यालो र हाम्रो दायित्व

    २०८३ कार्तिक २१, शुक्रबार ०६:२२ गते

    कनकाई सामुदायिक वनको अत्याधुनिक तालिम भवन उद्घाटन, पत्रकार पोखरेलसहित दुई दर्जन सम्मानित

    २०८३ कार्तिक २०, बिहीबार ०३:२० गते

    जिल्ला अन्तरपालिका कर्मचारी फुटबलको उपाधि कनकाईको हातमा

    २०८३ कार्तिक २०, बिहीबार ००:१६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते

    सम्पादकीय, तिहारको उज्यालो र हाम्रो दायित्व

    २०८३ कार्तिक २१, शुक्रबार ०६:२२ गते

    कनकाई सामुदायिक वनको अत्याधुनिक तालिम भवन उद्घाटन, पत्रकार पोखरेलसहित दुई दर्जन सम्मानित

    २०८३ कार्तिक २०, बिहीबार ०३:२० गते

    जिल्ला अन्तरपालिका कर्मचारी फुटबलको उपाधि कनकाईको हातमा

    २०८३ कार्तिक २०, बिहीबार ००:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.