Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई सामुदायिक वनको अत्याधुनिक तालिम भवन उद्घाटन, पत्रकार पोखरेलसहित दुई दर्जन सम्मानित

    २०८३ कार्तिक २०, बिहीबार ०३:२० गते

    जिल्ला अन्तरपालिका कर्मचारी फुटबलको उपाधि कनकाईको हातमा

    २०८३ कार्तिक २०, बिहीबार ००:१६ गते

    मैदानमा भविष्य खोज्दै बालबालिकाः शिवसताक्षीमा उत्साहका साथ अघि बढ्दै के.एन.के.को फुटबल प्रशिक्षण

    २०८३ कार्तिक १७, सोमबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई सामुदायिक वनको अत्याधुनिक तालिम भवन उद्घाटन, पत्रकार पोखरेलसहित दुई दर्जन सम्मानित
    कनकाई नगरपालिका

    कनकाई सामुदायिक वनको अत्याधुनिक तालिम भवन उद्घाटन, पत्रकार पोखरेलसहित दुई दर्जन सम्मानित

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ कार्तिक २०, बिहीबार ०३:२० गते3 Mins Read

    कनकाई खबर /कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले तराईकै पहिलो सामुदायिक वनका रुपमा रहेको कनकाई सामुदायिक वनले संस्थागत विकास र आत्मनिर्भरताको क्षेत्रमा उदाहरणीय उपलब्धि हासिल गरेको बताएका छन्।

    कनकाई सामुदायिक वनको २८औँ वार्षिक साधारणसभाको अवसरमा नवनिर्मित तालिम भवन उद्घाटन गर्दै नगर प्रमुख पोखरेलले वन समूहले आफ्नै स्रोत र साधनको सदुपयोग गरी यति ठूलो पूर्वाधार निर्माण गर्नु प्रशंसनीय र अनुकरणीय काम भएको बताएका हुन्।

    साधारणसभाकै अवसरमा सञ्चार क्षेत्रमार्फत वनको विकासमा योगदान पु¥याएको भन्दै स्थानीय पत्रकार गोपाल पोखरेलसहित विभिन्न क्षेत्रका करिब दुई दर्जन व्यक्तित्वलाई सम्मानसमेत गरिएको छ।

    वन परिसरमा निर्माण गरिएको कनकाई सामुदायिक बहुउद्देश्यीय तालिम भवन राज्यको कुनै पनि बजेट समावेश नगरी समूहको आन्तरिक आयस्रोतबाट करिब ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो। आधुनिक प्रविधि र आवश्यक सुविधासहित तयार गरिएको भवनमा व्यावसायिक, सामाजिक, शैक्षिक तथा विभिन्न प्रकृतिका तालिम, गोष्ठी, सभा र कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था भएको बताइएको छ । सामुदायिक वनले वन संरक्षण र उपभोक्ताको हितसँगै आम्दानीलाई संस्थागत पूर्वाधार विकासमा समेत परिचालन गर्न सक्ने उदाहरण भवनले प्रस्तुत गरेको बताइएको छ।

    सामुदायिक वनको स्रोत व्यवस्थापन, आर्थिक पारदर्शिता र संस्थागत क्षमताको उपयोगबाट यस्ता ठूला पूर्वाधार निर्माण सम्भव हुने सन्देश यो परियोजनाले दिएको छ। झापामा मात्र नभई देशभरका सामुदायिक संस्था तथा स्थानीय तहका लागि समेत यो निर्माण कार्य आत्मनिर्भर विकासको प्रेरणादायी नमुना बन्न सक्ने विश्वास गरिएको छ।

    २८औँ वार्षिक साधारणसभाका अवसरमा सञ्चारको माध्यमबाट कनकाई सामुदायिक वनको संरक्षण, विकास र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै स्थानीय पत्रकार पोखरेललाई नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो। पोखरेल कनकाई इन्साइट अनलाइनका सम्पादक, अनलाइन टीभी पत्रकार संघ कोशी प्रदेश समितिका सदस्य तथा कनकाई सुरुङ्गा प्रेस क्लबका सदस्य हुन्।

    त्यसैगरी साहित्यकार डा. पुण्यप्रसाद सिग्देल, वन समूहका पूर्वअध्यक्ष रुद्रप्रसाद चिमरिया, उत्कृष्ट कर्मचारी नेत्रप्रसाद भट्टराई तथा विद्यार्थी समीर आचार्य, हेमन्त आचार्य र मिरा रिजाललाई सम्मान गरिएको थियो। ज्येष्ठ नागरिकतर्फ हेमलाल मिश्र, हरिमाया मैनाली, ओमप्रसाद पौडेल, पवित्रादेवी ढकाल, टीकाराम खवास, मिनकुमारी घिमिरे र ईश्वरीप्रसाद कट्टेल सम्मानित भए। फरक क्षमता भएका सन्तोषी विश्वकर्मा, प्रमिला मुर्मू, रामप्रसाद भुसाल र तिलक श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। समूहको आठौँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, भवन निर्माणमा संलग्न मजदुर र प्राविधिकहरूलाई समेत सम्मान गरिएको थियो।

    वन समूहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष ओलीले संस्थाको वार्षिक गतिविधि, उपलब्धि तथा भावी योजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कोषाध्यक्ष श्रीप्रसाद खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष ललितबहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए। समूहकी सचिव मान्ता खरेलले सञ्चालन गरेको कार्यक्रममा कनकाई नगर क्षेत्रका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा र स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा देउकुमार थेबे, हीरा थापा, देवराज ओझा, बलराम रिसाल, ख्यामप्रसाद सिटौला, परशुराम गिरी, मातृका पोखरेल, अम्बिका खवास, नथुनिसिंह गैवार, स्वस्तिनन्दन सुवेदी, सुरेश खनाल, रोशन सुवेदी र युवराज चम्लागाईं, कृष्णमाया भुजेल लगायतको आतिथ्य रहेको थियो।

    वन संरक्षणसँगै सामाजिक तथा संस्थागत विकासलाई समेत प्राथमिकतामा राख्दै अघि बढेको कनकाई सामुदायिक वनको २८औँ साधारणसभा नयाँ पूर्वाधारको उद्घाटन, योगदानकर्ताको सम्मान र संस्थागत उपलब्धिको समीक्षा गर्दै सम्पन्न भएको छ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    जिल्ला अन्तरपालिका कर्मचारी फुटबलको उपाधि कनकाईको हातमा

    २०८३ कार्तिक २०, बिहीबार ००:१६ गते

    मैदानमा भविष्य खोज्दै बालबालिकाः शिवसताक्षीमा उत्साहका साथ अघि बढ्दै के.एन.के.को फुटबल प्रशिक्षण

    २०८३ कार्तिक १७, सोमबार ०२:०४ गते

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    २०८३ कार्तिक १७, सोमबार ००:०६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई सामुदायिक वनको अत्याधुनिक तालिम भवन उद्घाटन, पत्रकार पोखरेलसहित दुई दर्जन सम्मानित

    २०८३ कार्तिक २०, बिहीबार ०३:२० गते

    जिल्ला अन्तरपालिका कर्मचारी फुटबलको उपाधि कनकाईको हातमा

    २०८३ कार्तिक २०, बिहीबार ००:१६ गते

    मैदानमा भविष्य खोज्दै बालबालिकाः शिवसताक्षीमा उत्साहका साथ अघि बढ्दै के.एन.के.को फुटबल प्रशिक्षण

    २०८३ कार्तिक १७, सोमबार ०२:०४ गते

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    २०८३ कार्तिक १७, सोमबार ००:०६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.