Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता हुने
    खेलकुद

    कनकाईमा जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता हुने

    कनकाई खबरBy कनकाई खबर२०७६ फाल्गुन १६, शुक्रबार १७:०१ गते2 Mins Read

    कनकाई खबर समाचारदाता 

    कनकाई मा.वि. को खेल मैदानमा फागुन १८ गतेदेखि पाँचौ जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

    खेलकुद मार्फत राष्ट्रिय निर्माणको अभियान मुल नारा वनाएर खेलकुदको क्षेत्रमा प्रशंसनीय योगदान पुर्याउँदै आएको कनकाई खेलकुद प्रतिष्ठान (कासा) ले शुक्रबार सुरुङ्गामा पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो ।

    प्रतियोगितामा पाथिभरा महिला फुटबल टिम कचनकवल गाउँपालिका , झापा गाउँपालिका , हल्दिवारि गाउँपालिका , दमक नगरपालिका , जुनतारा खेलकुद क्लब खुदुनावारी , पारिजात महिला फुटबल क्लब सालवारी , शिवसताक्षी नगरपालिका र आयोजक कनकाई खेलकुद प्रतिष्ठान गरी जिल्ला भरीका आठवटा टिमको सहभागीता रहने प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडाले वताएका छन ।

    अनुमानित तीनलाख चौतीस हजार दुई सय रुपैयाँको लागतमा सम्पन्न गरिने खेललाई कनकाई नगरबाट एक लाख पचास हजार सहयोग भएको छ भने अन्य रकम स्थानीय संघ संस्था र खेल प्रेमी महानुभावबाट सहयोग जुटाइने प्रतिष्ठानका सचिव विनोद रानाले जानकारि गराएका छन् ।

    प्रतियोगिता सम्पन्न गर्नकोलागि प्रतिष्ठानकी कोषाध्यक्ष अम्बिका खरेलको संयोजकत्वमा एघार सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ भने हरि कार्कीको संयोजकत्वमा मैदान ब्यवस्थापन उपसमिति , झलक सिटौलाको संयोजकत्वमा प्रचारप्रसार उप समिति , विनोद उप्रेतीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति , मान्ता खरेलको संयोजकत्वमा स्वागत सम्मान उपसमिति , रमेश मैनालीको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति , विनोद रानाको संयोजकत्वमा टिम सम्पर्क उपसमिति र गोविन्द सुवेदीको संयोजकत्वमा प्राथमीक उपचार व्यवस्थापन उपसमिति समेत गरी सात वटा विभिन्न उपसमिति गठन गरि आआफ्नो जिम्मेवारी अनुसार काम सुरु भईसकेको पनि अध्यक्ष खतिवडाले जानकारी गराएका छन ।

    खेलको प्रथम पुरस्कार नगद रु.६० हजार र द्वितीय पुरस्कार नगद रु.३५ हजार रहेको छ भने विजेता उपविजेता दुवैलाई ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरीने आयोजक आर्थिक उपसमितीका संयोजक विनोद उप्रेतीले जनाएका छन । प्रतियोगिताको प्लेयर अफ द सिरिजको पुरस्कार मुलआयोजक समिति संयोजक अम्बिका खरेलले प्रायोजन गरेकी छन ।

    अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर खेलाइँदै आएको यो प्रतियोगिता पाचौं संस्करणमा आइपुग्दा सहभागी हुँदै आएका टिम भित्रका खेलाडीहरु प्रदेश साथै राष्ट्रिय टिममा समेत छनौट भइसकेको र कनकाई खेलकुद प्रतिष्ठानले ओझेलमा परेका खेलाडीलाई समेट्दै दक्ष खेलाडी उत्पादनकालागि चालेको कदम पनि सफल हँुदै गएकोमा प्रतिष्ठानलाई हौसला मिलेको कासा का संस्थापक अध्यक्ष ज्योति कुमार उप्रेतीले वताएका छन ।

    फागुन १८ गतेदेखि सुरु भई २५ गते नारी दिवसको दिन सम्पन्न हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक टिम र दमक नगरपालिका बिच हुने वताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई कपको उपाधी बिर्तामोडलाई

    २०८३ जेष्ठ ८, शुक्रबार १५:४९ गते

    आज सुरुङ्गामा कनकाई कपको फाइनल : झापा गाउँपालिका र बिर्तामोड बीच कडा प्रतिस्पर्धा हुने

    २०८३ जेष्ठ ६, बुधबार १२:४३ गते

    कनकाई कपको उपाधिका लागि झापा गाउँपालिका र बिर्तामोड भिड्दै

    २०८३ जेष्ठ ५, मंगलवार ०८:२२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.