लागूऔषध ब्राउन सुगरसहित शिवसताक्षी नगरपालिका- ५ बस्ने अन्दाजी २३ वर्षीय सायद बोहोरा पक्राउ परेका छन् । हिजो दिउँसो ४.३० बजेको समयमा मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बोहोरालाई चेकजाँच गर्ने क्रममा उनले लगाएको कालो रंगको हुडीमा लुकाई छिपाई ल्याउँदै गरेको ६ ग्राम २१० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईप्रका काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।