Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » माइधारका सरोज शर्माको हत्यारालाई प्रहरीले गर्यो सार्वजनिक
    विशेष

    माइधारका सरोज शर्माको हत्यारालाई प्रहरीले गर्यो सार्वजनिक

    कनकाई खबरBy कनकाई खबर२०८२ कार्तिक १६, आईतवार २३:१० गते2 Mins Read


    झापा \ झापा शिवसताक्षी – १० माइधारका ३३ वर्षिय सरोज शर्माको हत्यामा संलग्न रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ ।

    प्रहरीले शर्माका छिमेकी २७ वर्षीय सुनिल शाह र २३ वर्षीय मामा राहुल शाहलाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न एक जना भारतीय नागरिक फरार रहेको प्रहरी प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिए । भारतीय नागरिकको पहिचान भइसकेको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाले आइतबार पत्रकार सम्मेलन गर्दै शर्माको हत्या बारे जानकारी दिएको हो । कात्तिक ९ गते देखि परिवारको सम्पर्कमा नरहेका शर्माको सोही दिन साँझ ५ः३० बजे अर्जुनधारा नगरपालिका वडा नं. ४ दहिझोडा सामुदायिक वनभित्र हत्या गरिएको प्रवक्ता खड्काले जानकारी दिए । हत्यापछि झापा गाउँपालिका वडा नं. ५ स्थित हुलाकी सडक खण्ड अन्तर्गत विरिङ खोलाको पुलमुनी शर्माको शव गाडिएको थियो । उनको शव शनिवार राती फेला परेको हो ।

    कात्तिक १३ गते शर्माले प्रयोग गर्दै आएको कार मेचीनगर – १३ निचाझोडा सिमसार जंगलभित्र जलिरहेको अवस्थामा फेला परेको थियो । कार आगलागी भएको ठाउँमा प्रहरीले शर्माको चप्पल भेटेपछि अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गर्न सफल भएको थियो । प्रवक्ता खड्काका अनुसार सुनिल शर्मालाई मोरङको रानी क्षेत्रबाट र राहुल शाहलाई घरैबाट पक्राउ गरेको थियो ।

    प्रहरीको अनुसन्धानमा सरोज शर्माको हत्या सुनको लोभ देखाएर गरिएको खुलेको छ । शर्माले सस्तो सुन भेटे खरिद गर्ने र काठमाडौंमा साथीहरुलाई पनि किनाई दिने भनेपछि सुनिल शाहले १ महिनादेखि पैसा लुट्ने योजना बनाएको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता खड्का बताउँछन् । हत्यामा संलग्नहरुले पैसा लुट्ने र सरोजलाई अपरहण गरी भारत लगेर परिवारसँग करोडौं रुपैयाँ असुल्ने योजना बनाएका थिए ।

    घटना विवरण अनुसार सरोज शर्मालाई सुन ल्याई गाडेर राखेको भन्दै हेर्नलाई दहिझोडा सामुदायिक वनमा बोलाएर सुनिल र नातामा मामा पर्ने राहुलले हम्मरले हानेर सोही ठाउँमा हत्या गरेका थिए । हत्यापछि भारतीय नागरिकको सहयोगमा शर्माकै गाडिमा उनको शव राखेर विरिङ पुलमुनी पुर्याएको खुलेको छ ।

    प्रहरीले उनीहरु विरुद्ध अपहरण, शरिर बन्धक, अपराधिक प्रवेश तथा अपराधिक उपद्रव तथा ज्यान सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । उनीहरुको खोजीका लागि प्रदेश प्रहरी कार्यालय कोशी प्रदेश, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेले संयुक्त रुपमा अपरेशन चलाएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.