Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » काँग्रेसका नेता पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन
    अर्जुनधारा नगरपालिका

    काँग्रेसका नेता पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन

    कनकाई खबरBy कनकाई खबर२०८० माघ २३, मंगलवार ०८:२८ गते2 Mins Read

    नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री झापा अर्जुनधारा निवासी बुढाथोकीको गएराति ११ः३० बजे विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।उनी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए ।

    ‘सेतो बाघ’ उपनामले परिचित बुढाथोकी काँग्रेसभित्र हक्की स्वभावका नेताको रुपमा चिनिन्थे । नेपाली काँग्रेस अर्जुनधाराका सभापति हेमराज खरेलले उनको निधन भएको पुष्टि गरे । विराट नर्सिङ होम विराटनगरमा उनको उपचार भइरहेको थियो । उनी दुई पटक मन्त्री भएका थिए । उनी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए ।

    बुढाथोकी चार दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय थिए । पञ्चायतकाल अर्थात् २०२४ सालमा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा उदाएका थिए । पञ्चायत सत्ताको विरोध गरेका कारण उनको परिवार निर्वासनमा पनि परेको थियो । त्यही प्रेरणाबाट उनी राजनीतिमा आएको उनलाई चिन्नेहरू बताउँछन् ।

    उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा ९ महिना जेल पनि परेका थिए । कुनै समयका पञ्चायत विरोधी उनी कालान्तरमा पञ्चायतका पक्षपाती बन्दै पञ्चायत निकट युवक संगठनको झापा जिल्ला सभापति मात्रै बनेनन्, राष्ट्रिय पञ्चायत सदस्यको रुपमा समेत विजयी भए ।करिब चार वर्षदेखि प्रोस्टेट क्यान्सरसँग लडिरहेका थिए । लामो समय भारतमा उपचार गराएका बुढाथोकीलाई एक साता अघिदेखि थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो ।
    पार्टीभित्र आफ्ना विचार स्पष्टसँग राख्न सक्ने र सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने धारणा भएका नेता बुढाथोकीको निधनसँगै काँग्रेसलाई ठुलो क्षति पुगेको काँग्रेस नेताहरूको भनाई छ ।

    नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढाथोकीको निधनले पूर्वी नेपालको राजनीतिमा ठुलो रिक्तता महसुस भएको जनाएका छन् । ‘उहाँ हक्की स्वभावका राजनीतिज्ञ हुनुहुन्थ्यो,’ महामन्त्री शर्माले भने,‘उहाँको निधनले ठुलो क्षति पुगेको छ ।’

    उनको मंगलबार कनकाई माईमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    ‘हाम फालेर ज्यान जोगाइयो’ ः दुर्घटनामा परेको बुद्ध एयरमा रहेका अर्जुनधारा नगरपालिकाका मेयर गोम्देन

    २०८२ पुष १९, शनिबार ०६:४० गते

    अर्जुनधाराधाममा १९ जोडी वरवधुको निशुल्क सामुहिक विवाह

    २०८२ बैशाख ३, बुधबार १५:०४ गते

    हात्तीले अर्जुनधारामा एउटा घर भत्कायो

    २०८० फाल्गुन ३, बिहीबार ०९:२० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते

    कनकाई माइमेलाको तयारी तीब्र

    २०८२ पुष २६, शनिबार १५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.