Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षीमा छिमेकी साकोसको बृहत् स्वास्थ्य शिविर सम्पन्न
    शिवसताक्षी नगरपालिका

    शिवसताक्षीमा छिमेकी साकोसको बृहत् स्वास्थ्य शिविर सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८० माघ १७, बुधबार १२:५५ गते2 Mins Read

    झिलझिले ।  झापाको शिवसताक्षीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरकै ठुलो छिमेकी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र स्थानीय सेभेन सीज इङ्लिस बोर्डिङ स्कुलको सह आयोजनामा सो शिविर सम्पन्न भएको हो । सहिद दिवसको अवसर पारेर शिविर आयोजना गरिएको आयोजक छिमेकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन प्रसाद मैनालीले जानकारी दिए। 

    ओम साई पाथीभरा अस्पताल भद्रपुर, दृष्टि आँखा तथा कान अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो । शिविरमा स्त्री रोग, बाल रोग, जनरल फिजिसियन, कान र आँखा सम्बन्धीका रोगका बिरामीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए। सो शिविरमा ओम साई पाथीभरा अस्पताल भद्रपुरका डाक्टर कुन्दन कुमार यादव, डाक्टर जयकुमार ठाकुर र डाक्टर श्रवणकुमार राउतले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

    स्वास्थ्य परीक्षण गर्न आउने बिरामीहरूले औषधि पनि निःशुल्क पाएका थिए। शिवसताक्षी नगरपालिका, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापा, नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङघ मेची र दृष्टि आँखा तथा कान अस्पतालले करिब दुई लाख ५० हजार बराबरको औषधि निःशुल्क वितरण गरेका थिए। 

    सो शिविरमा ५६२ जनाले  निःशुल्क स्वास्थ्य सेवा पाएका थिए। बृहत् स्वास्थ्य शिविरमा रक्तदान समेत भएको थियो। रेडक्रस उपशाखा शिवसताक्षी र दमकको प्राविधिक सहयोगमा रक्तदान भएको आयोजक संस्थाका प्रबन्धक निर्देशक नर प्रसाद ओलीले बताए। 

    आयोजक संस्थाका अध्यक्ष मोहनप्रसाद मैनालीको अध्यक्षतामा भएको सो कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्त कुमार फेउदेनले समाज रूपान्तरणका लागि वित्तीय संघसंस्थाहरुले पु¥याएको योगदानको प्रशंसा गरे । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय र शैक्षिक संस्थाले समाज रूपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन्,’ उनले भने ।

    छिमेकी बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक समिति सदस्य सङ्गीता कोइराला सुवेदीले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि कार्यक्रम संयोजक उदय प्रकाश राईले प्रस्ट्याएका थिए। उनले छिमेकी बचत तथा ऋण सहकारी संस्थाले बर्सेनि समुदायमा रचनात्मक काम गर्दे आएको बताए । TimeOfPardes

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    माइधारका सरोज शर्माको हत्यारालाई प्रहरीले गर्यो सार्वजनिक

    २०८२ कार्तिक १६, आईतवार २३:१० गते

    बेपत्ता भएका माइधारका सरोज शर्माको शव फेला, २ जना पक्राउ

    २०८२ कार्तिक १५, शनिबार १४:३७ गते

    दोमुखाको मत गणना सुरु, एक सय मतको परिणाम सार्वजनिक

    २०८२ भाद्र १४, शनिबार २२:४१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.