कनकाई खबर । झापाको माइधारमा आज साँझ ७ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृ*त्यू भएको छ । चार जना घाइ*ते भएका छन् ।झापा ट्राफिकका अनुसार विवरण आउने क्रम जारी छ
। मृतकको नाम पनि खुलेको छैन । बा १४ च ६६०३ नम्बरको कार र मे १० प ७२२१ नम्बरको मोटरसाइल एक आपसमा जुधेको ट्राफिक प्रहरीको भनाई छ ।
कारमा ३ जना र मोटरसाइकलमा २ जना सवार रहेको झापा ट्राफिकका प्रमुख नवराज न्यौपानेले जानकारी दिए । चारको जनाको बिर्तामोडमा उपचार भइरहेको छ । अपडेट
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
