भद्रपुर । भद्रपुरस्थित मेची पुलबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-९ निवासी १९ वर्षीय सुनिल महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भारतको गलगलियाबाट नेपालतर्फ पैदल हिँडेर आइरहेका महतोलाई सीमा नाकामा तैनाथ सुरक्षाकर्मीले शङ्का लागि चेकजाँच गर्दा १ ग्राम ३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
