Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू
    कनकाई खबर बिशेष

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    कनकाई खबरBy कनकाई खबर२०८३ आश्विन २८, बुधबार ११:२१ गते6 Mins Read

    एकराज गिरी,
    धार्मिक, ऐतिहासिक तथा पर्यटकीय नगरी झापाको कनकाई नगरमा प्रधान कार्यालय स्थापना गरी ‘ खबर भित्रको खबर’ को मूल मर्मसहित सुरु भएको कनकाई खबर साप्ताहिक आफ्नो स्थापनाको आठ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ ।

    मोफसलको माटोबाट व्यवसायिक पत्रकारिताको जग बसाल्दै आजको प्रविधिमैत्री अनलाइन संस्करणसम्म आइपुग्दा यस पत्रिकाले भोगेका अनेकन चुनौती, हासिल गरेका उपलब्धि र कमाएको जनविश्वास प्रेरणादायी छ । स्थापनाकालदेखि नै तथ्यमा आधारित रहेर स्थानीयस्तरको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा यस पत्रिकाले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नवौं वर्षको यस सुखद् एवं ऐतिहासिक प्रस्थानविन्दुमा उभिएर सम्पादक प्रकाशक रामप्रसाद निरौलासहित कनकाई खबर साप्ताहिक परिवार, सम्पूर्ण पाठक तथा शुभेच्छुकहरूमा नेपाल पत्रकार महासंघ झापा शाखाका तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

    आज विश्वव्यापी रूपमा मिडिया क्षेत्रले अभूतपूर्व रूपान्तरण र गम्भीर संकटको सामना गरिरहेको छ । अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा हेर्ने हो भने सूचना प्रविधिको द्रुत विकास र कृत्रिम बौद्धिकता (एआई) को आगमनले आमसञ्चारको शैली र स्वरूपलाई नै परिमार्जित गरिदिएको छ । सूचना क्षणभरमै संसारभर पुग्नु प्रविधिको सकारात्मक पाटो भए तापनि, त्यसको आडमा मौलाएको भ्रामक समाचार – मिसइन्फरमेशन) र प्रविधिको दुरुपयोगले सत्य तथ्य पत्रकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ । अझ विशेष गरी छापा सञ्चारमाध्यम -प्रीन्ट मिडिया) आज विश्वभर नै सबैभन्दा बढी दबाब र आर्थिक संकटमा परेका छन् ।

    कागज र मसीजस्ता कच्चा पदार्थको मूल्यवृद्धि, पाठकहरूको डिजिटल स्क्रिनतर्फको आकर्षण र विज्ञापनको बजार सामाजिक सञ्जालतिर मोडिनुले परम्परागत पत्रपत्रिकाहरूको दीगोपन र अस्तित्व रक्षा नै मुख्य पेचिलो विषय बनेको छ । राष्ट्रिय तथा स्थानीयस्तरमा राज्यका निकायहरूबाट मिडियामैत्री पूर्ण कानुनहरू बन्न नसक्नु र बेलाबेलामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रणको प्रयास हुनु, राज्यबाट दिइदै आएका लोककल्याणकारी विज्ञापन तथा सरकारी विज्ञापनमा कटौति तथा निषेधले सञ्चार क्षेत्रलाई थप सङ्कुचित बनाएको छ ।

    अझ स्थानीयस्तरका छापा तथा स्वरोजगारमूलक सञ्चारमाध्यमहरू विज्ञापनको अभावमा धरासायी बन्दै गएका छन् । स्थानीय विज्ञापनहरूसमेत केन्द्रमै सीमित हुने विकेन्द्रित विज्ञापन नीतिको अभावले मोफसलका पत्रपत्रिकाहरूले आर्थिक सङ्कट झेलिरहेका छन् । स्थानीय विज्ञापन स्थानीय मिडियामै अनिवार्य रूपमा प्रकाशन गर्ने वातावरण नबनेसम्म मोफसलका छापा माध्यमको संरक्षण कठिन छ ।

    स्थानीय सञ्चारमाध्यमहरू केवल सूचना सम्प्रेषणका माध्यम मात्र होइनन्, यी स्थानीय अर्थतन्त्र, लोकतन्त्रको पहरेदारी र समुदायको आवाजलाई उजागर गर्ने मुख्य आधार स्तम्भ हुन् । तर, पछिल्लो समय प्रविधिको बढ्दो प्रयोग, विज्ञापन बजारको संकुचन र केन्द्रीकृत सोचका कारण स्थानीय र स्वरोजगारमूलक मिडियाहरू चरम आर्थिक संकटबाट गुज्रिनु परेको छ । स्थानीयस्तरमा सञ्चालित सरकारी निकाय, स्थानीय तह, विकास निर्माणका आयोजना र निजी क्षेत्रका उद्योग–व्यवसायबाट सिर्जित सूचना तथा विज्ञापनहरू राजधानी वा केन्द्रीकृत मिडियातर्फ मोडिने परिपाटीले मोफसलका मिडियालाई आर्थिक रूपमा धरासायी बनाएको छ ।

    स्थानीय तह र स्थानीय उद्योग–प्रतिष्ठानहरूले उत्पादन गर्ने विज्ञापन स्थानीय सञ्चारमाध्यममै अनिवार्य रूपमा प्रकाशन तथा प्रसारण गर्ने नीति नबनेसम्म मोफसलको सञ्चार क्षेत्र सबल र आत्मनिर्भर बन्न सक्दैन । यसर्थ, मोफसलका सञ्चारमाध्यमको दिगोपन र व्यावसायिक विकासका लागि सबै प्रकारका स्थानीय विज्ञापन स्थानीय मिडियालाई नै उपलब्ध गराउनेतर्फ सरकार र निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण हुन अत्यावश्यक छ ।

    सञ्चार क्षेत्रलाई व्यवस्थित र सबल बनाउन स्पष्ट, व्यवहारिक र मिडियामैत्री कानुनको निर्माण प्राथमिकतामा पर्नुपर्छ । संविधान जारी भई मुलुक संघीय संरचनामा गइसकेको दशक वितिसकेको अवस्थामा पनि तीनै तहका सरकारले मिडियाको हित अनुकूलका कानून पूर्ण रूपमा निर्माण गर्न नसक्नु र भएका कानुनहरू व्यवहारमैत्री नहुनुले सञ्चारगृहहरूलाई थप कठिन परिस्थितिमा धकेलेको छ ।

    सरकारले सरकारी निकायका सूचना तथा विज्ञापनहरू पारदर्शी र समानुपातिक रूपमा स्थानीय मिडियालाई प्राप्त हुने गरी कानूनमा समयानुकूल परिमार्जन गर्नुपर्छ । त्यसैगरी, विज्ञापनलाई फजुल खर्च नभई व्यवसाय प्रवद्र्धन र समाजप्रतिको उत्तरदायित्वको लगानी -करपोरेट सोसियल रेन्सपोन्सीबिलिटी) का रूपमा बुझ्न निजी क्षेत्रलाई आग्रह छ । निजी क्षेत्रले आफ्ना उत्पादन र सेवाको प्रवद्र्धन गर्दा स्थानीय मिडियालाई प्राथमिकता दिएमा एकातिर स्थानीय अर्थतन्त्र चलायमान हुन्छ भने अर्कोतिर मिडिया उद्योगको व्यवसायिक विकासमा टेवा पुग्छ ।

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पारदर्शी सञ्चार प्रणालीको निर्माणका लागि सरकार र निजी क्षेत्रले मिडियाप्रति नियन्त्रणमुखी नभई प्रोत्साहनमूलक र सहयोगात्मक व्यवहार अपनाउनु आवश्यक छ । सामाजिक सञ्जालबाट फैलने भ्रामक सूचनालाई चिर्दै आधिकारिक सूचना नागरिकसम्म पु¥याउने जिम्मेवार माध्यम स्थानीय मिडिया नै हुन् । मिडियालाई नियमनका नाममा संकुचित बनाउने प्रयास अन्त्य गरी लोककल्याणकारी तथा व्यवसायिक विज्ञापनको दायरा फराकिलो बनाउनुपर्छ । स्थानीय सञ्चारमाध्यम सबल र सुरक्षित हुँदा मात्र नागरिकको सुसूचित हुने अधिकारको रक्षा हुन्छ र संघीयता तथा लोकतन्त्र थप सुदृढ बन्न पुग्छ । तसर्थ, सरकारले मिडियामैत्री नीति व्यवहार लागू गर्दै विज्ञापनको न्यायोचित वितरणको ग्यारेन्टी गरोस् र निजी क्षेत्रले पनि स्थानीय मिडियासँगको सहकार्यलाई प्राथमिकतामा राखोस् भन्ने जोडदार आह्वान गर्दछौं ।

    प्रविधिले सिर्जना गरेको यो डिजिटल युगमा छापा माध्यमका लागि नयाँ अवसरहरू पनि छन् । सामाजिक सञ्जालमा फैलिने असत्य खबरहरूको भीडमा आज पनि नागरिकले आधिकारिक, परिपक्व र गहिरो विश्लेषणात्मक समाचारका लागि छापा माध्यमलाई नै मुख्य विश्वासको आधार मान्दै आएका छन् । त्यसैले, प्रविधिमैत्री बन्दै छापा र डिजिटल -मल्टी प्लेटफर्म ) को संयोजन गर्न सकेमा छापा सञ्चारले आफ्नो साख झन् उच्च बनाउन सक्ने बलियो सम्भावना छ ।

    यस पृष्ठभूमिमा झापाको पत्रकारिता इतिहास र योगदानको दृष्टिकोणले मोफसलकै अग्रणी मानिन्छ । वि.सं. २०१० साल मंसीर १२ गते झापाबाट प्रकाशन सुरु भएको (केटो) मासिक र त्यसका सम्पादक श्यामकृष्ण उपाध्यायको योगदानबाट आरम्भ भएको झापाली पत्रकारिताले आज ७२ वर्ष पार गरी ७३ वर्षमा प्रवेश गरेको गर्विलो इतिहास छ । नेपाल पत्रकार संघ केन्द्रीय समिति २०१२ साल चैत १६ गते गठन हुनुभन्दा अघि नै झापामा पत्रकारिताको औपचारिक आरम्भ हुनुले यस क्षेत्रको ऐतिहासिक चेतना उजागर गर्दछ । यस्तै, ९ पुस २०४६ मा डिल्लिराम निर्भिकको नेतृत्वमा तदर्थ समिति गठन भई सुरु भएको नेपाल पत्रकार महासंघ झापा शाखा आज स्थापनाको ३७ औं वर्षमा क्रियाशील छ ।

    आज झापामा विभिन्न छापा पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन गरी १८० भन्दा बढी सञ्चारमाध्यम सञ्चालित छन् भने महासंघ झापामा २२२ जना क्रियाशील सदस्यहरू आबद्ध छन् । झापा महासंघको १४औं नेतृत्वका रूपमा दोहोरिएर जिम्मेवारी सम्हाल्ने क्रममा हामीले श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षा, हकहित, भौतिक सुरक्षा र क्षमता विकासलाई सधैं उच्च प्राथमिकतामा राखेका छौं । कोभिड–१९ को कठिन समयदेखि नै पत्रकारको सामाजिक सुरक्षाका लागि स्थापना गरिएको (पत्रकार सहारा उपचार कोष) मा रु. १ करोड ११ लाख ११ हजार एक सय ११ रकम जम्मा गरी व्यवस्थित सञ्चालनमा ल्याउनु, हाल कोषलाई वृद्धि गरी एक करोड ३० लाख पुर्याउनु, भवन स्तरोन्नति, ई–पुस्तकालय, खोज अन्वेषण पुस्तक तथा सञ्चारकर्मी डायरी प्रकाशन, चौथो अङ्ग म्यागेजिनको नियमित प्रकाशन जस्ता कामहरूले झापाली पत्रकारिताको गरिमा बढाएका छन् । बदलिँदो प्रविधिसँगै झापाको पत्रकारितालाई शुद्ध र सुदृढ बनाउन आचारसंहिता जागरण अभियान र पत्रकारिताको शुद्धीकरणलाई प्राथमिकता दिइएको छ ।

    पत्रकारिता केवल राज्यको (चौथो अंग) मात्र नभई समाजको चेतना, उत्तरदायित्व र रूपान्तरणको मुख्य आधार हो । मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य र सुशासन प्रवर्धनका लागि पत्रकारितालाई धारिलो बनाउँदै सत्यका आधारमा खबरदारी गर्नु आजको आवश्यकता हो ।

    छापा माध्यमहरूले आफ्नो विश्वसनीयता, खोजमूलक शैली र तटस्थतालाई कायमै राख्दै डिजिटल युगका चुनौतीलाई अवसरमा बदल्नुपर्छ । कनकाई खबर साप्ताहिकले आफ्नो नवौं वर्षको यात्रामा यही गम्भीर दायित्वलाई बुझेर अझ निष्पक्ष, निर्भीक र गाउँ–घरका नागरिकका आवाज बोल्ने भरपर्दो माध्यमका रूपमा आफूलाई स्थापित गरिरहनेछ भन्ने पूर्ण विश्वास लिएको छु । पुनः एकपटक कनकाई खबर परिवारलाई हार्दिक बधाई तथा शुभकामना ।

    ( लेखक -एकराज गिरी नेपाल पत्रकार महासंघ झापाको अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक हुन्। )

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते

    दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए

    २०८३ आश्विन २७, मंगलवार १६:१५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते

    दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए

    २०८३ आश्विन २७, मंगलवार १६:१५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.