Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै
    कनकाई खबर बिशेष

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ कार्तिक ३, सोमबार १०:०४ गते3 Mins Read

    आन्तरिक स्रोतबाटै विकासको नयाँ नमुना

    कनकाई खबर / हरेक साना–ठूला विकास निर्माणका योजनाका लागि सरकारी बजेट र दातृ निकायको अनुदानकै मुख ताक्ने आधुनिक नेपाली समाजको परनिर्भर प्रवृत्तिलाई झापाको कनकाई सामुदायिक वन उपभोक्ता समूहले कडा चुनौती दिएको छ।

    तराई क्षेत्रकै जेठो र अग्रणी सामुदायिक वनको पहिचान बनाएको यस संस्थाले राज्यको एक रुपैयाँ पनि बजेट समावेश नगरी पूर्ण रूपमा आफ्नो आन्तरिक आयस्रोतबाट करिब ३ करोड रुपैयाँको लागतमा प्रविधिमैत्री एवं अत्याधुनिक बहुउद्देश्यीय तालिम भवन निर्माण गरिरहेको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको यो परियोजना यतिबेला झापा जिल्ला मात्र नभएर देशैभरिका स्थानीय तह र सामाजिक संस्थाहरूका लागि आत्मनिर्भरता र स्वावलम्बनको एउटा ऐतिहासिक मार्गदर्शक नमुना बनेको छ ।

    सुरुङ्गा बजारको पश्चिमतर्फ रुख–बिरुवाको हरियालीले घेरिएको, प्राकृतिक रूपमै अत्यन्तै मनमोहक, शान्त र स्वच्छ वातावरणभित्र यो अपाङ्गमैत्री भवन निर्माण भइरहेको छ। “वन क्षेत्र र आम उपभोक्ताको हितमा दिगो आम्दानीको स्रोत निर्माण गर्ने उद्देश्यका साथ हामीले यो वृहत् योजना अघि बढाएका हौँ,“ वन समूहका अध्यक्ष खेमप्रसाद ओलीले भने, “जतिसक्दो चाँडो यो अत्याधुनिक भवन सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्र गति दिइएको छ ।” अध्यक्ष ओलीका अनुसार संस्थाको आर्थिक वर्ष २०८१÷०८२, २०८२÷०८३ र २०८३÷०८४ गरी तीन वर्षसम्म तालिम भवन निर्माणका लागि बजेट बिनियोजन गरेर भवन निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    व्यावसायिक, सामाजिक तथा बहुप्रयोजनका लागि लक्षित यस भवनमा आधुनिक प्रविधिका सम्पूर्ण सुविधाहरू जडान गरिँदै छ। वन समूहका कार्यालय सचिव नेत्र भट्टराईका अनुसार पूर्ण रूपमा वातानुकूलित(एसी) रहने यस भवनमा आवश्यकता अनुसार प्रोजेक्टरको व्यवस्था, सीसी क्यामेरा जडान, सिलिङ माउन्ट साउन्ड सिस्टम तथा अपाङ्गमैत्री शौचालयको आकर्षक व्यवस्था गरिएको छ।

    भवनको भुइँ तलामा अवस्थित मुख्य सभाहलमा एकै पटक ५ सय जना मानिसहरू बसेर ठूला सभा, सम्मेलन र समारोहहरू गर्न सक्ने क्षमता रहेको छ। त्यस्तै, भवनको माथिल्लो तलामा ५० जना क्षमताको एउटा छुट्टै बैठक कक्ष निर्माण गरिएको छ, जहाँ बैठक, गोष्ठी तथा पत्रकार सम्मेलन जस्ता कार्यक्रमहरू सञ्चालन गर्न सकिनेछ भने अर्कोतर्फ ३ सय जना क्षमताको ‘मिनी सभाहल’ समेत तयारी अवस्थामा छ।

    विविध सामाजिक वा धार्मिक कार्यक्रमहरू आयोजना गर्दा आयोजकलाई खानेकुरा व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले भुइँ तला र माथिल्लो तला दुवैतर्फ सुविधासम्पन्न भान्सा कोठा (किचन) को उत्कृष्ट व्यवस्थापन गरिएको वन समूहकी सचिव मान्ता खरेल बताउछिन् । भवन परिसरमा पर्याप्त पार्किङको सुविधा हुनुका साथै आगामी दिनमा बाहिरबाट आउने आगन्तुक पाहुनाहरूका लागि माथिल्लो तलामा सुविधासम्पन्न ‘पाहुना घर’ (गेष्ट रुम) थप गर्ने योजना रहेको बताइएको छ ।

    विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व तहमा रहेर खारिएका नेतृत्वकर्ताहरूको सक्रियताका कारण वर्तमान कार्यसमितिले कनकाई सामुदायिक वनलाई एउटा थप आकर्षक पर्यटकीय र सामाजिक केन्द्रको रूपमा स्थापित गराउन सफल भइरहेको अनुमान गरिएको छ । यो भवन पूर्ण रूपमा सञ्चालनमा आएपछि यस क्षेत्रमा स्थानीयस्तरको मात्र नभई राष्ट्रियस्तरका समेत सभा, सम्मेलन र गोष्ठीहरू गर्न सहज हुने र यसले वनको आयआर्जनमा समेत ठुलो टेवा पुग्ने स्थानीय बुद्धिजीवीहरूको विश्लेषण रहेको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.