Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प
    कनकाई खबर बिशेष

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ आश्विन २८, बुधबार १०:२१ गते3 Mins Read

    प्रकाशकीय /

    धार्मिक, ऐतिहासिक तथा पर्यटकीय नगरी झापाको मुटु कनकाई नगरमा प्रधान कार्यालय स्थापना गरी ‘खबर भित्रको खबर’ को मूल मर्मसहित सुरु भएको कनकाई खबर साप्ताहिक आफ्नो स्थापनाको आठ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ।

    मोफसलको माटोबाट निष्पक्ष र व्यावसायिक पत्रकारिताको जग बसाल्दै आजको प्रविधिमैत्री अनलाइन संस्करणसम्म आइपुग्दा हामीले भोगेका चुनौती, हासिल गरेका उपलब्धि र पाएको अपार जनविश्वास हाम्रालागि अमूल्य पूँजी बनेका छन्। नवौं वर्षको यो सुखद र ऐतिहासिक प्रस्थानविन्दुमा उभिएर समीक्षा गर्दा हामी गौरव र दायित्वबोधको एकैसाथ अनुभूत गरिरहेका छौं।

    यो गौरवमय यात्रा यहाँसम्म आइपुग्नुमा हाम्रा आदरणीय पाठकवर्गको अटुट भरोसा, विज्ञापनदाताहरूको निरन्तर सहयोग, लेखक तथा स्तम्भकारहरूको बौद्धिक योगदान, देश–विदेशमा रहेका शुभचिन्तकहरूको रचनात्मक सुझाव र मरिहत्ते गरेर अहोरात्र खटिने कार्यदल -संवाददाता तथा कर्मचारी परिवार) को पसिना मुख्य कडी हो। यतिबेला कनकाई खबर साप्ताहिक तथा कनकाई खबर डटकमको तर्फबाट यस सञ्चार माध्यमको सुरुवाती अवस्थादेखि आजसम्म विभिन्न कालखण्डमा साथ एवं सहयोग गर्ने सबै सबैमा हृदयदेखि नै हार्दिक कृतज्ञता एवं धन्यवाद ज्ञापन गर्दछौं ।

    चुनौतीका बीच ८ वर्षको गौरवमय समीक्षा
    पछिल्ला वर्षहरू सञ्चार जगत्कालागि सहज रहेनन्। प्रिन्ट मिडियाको सङकुचन, आर्थिक मन्दीको प्रत्यक्ष असर र सामाजिक सञ्जालको भ्रामक प्रचारका बीच पनि कनकाई खबरले आफ्नो व्यावसायिक मर्यादा र विश्वसनीयतामा कहिल्यै सम्झौता गरेन। हामीले केवल समाचार मात्र सम्प्रेषण गरेनौं, कनकाई नगर र समग्र झापा जिल्लाको आर्थिक, सामाजिक, धार्मिक एवं पर्यटकीय सम्भावनाहरूलाई उजागर गर्दै स्थानीय विकासको सारथी समेत बन्यौं।

    सधैं शक्तिको प्रतिपक्षमा उभिएर, नागरिकको आवाजलाई बुलन्द गर्ने प्रयास गर्दै , सत्य र निष्पक्षताको कसीमा आफूलाई खार्ने काम हामीले निरन्तर गरिरह्यौं। छापा माध्यमको ओजलाई बचाउँदै अनलाइन संस्करण मार्फत हरपलको समाचार पाठक माझ पु¥याएर हामीले सबैको मन जित्न सफल भएको महसुस गरेका छौं ।

    नवौं वर्षमा प्रवेश गरिरहँदा हामी केवल उत्सव मनाउनमा मात्र सीमित छैनौं। बदलिँदो प्रविधि, पाठकको चाहना र समाजको आवश्यकतालाई मध्यनजर गर्दै हामी आगामी दिनका लागि थप सशक्त बन्दै अघि बढ्ने कुरामा प्रतिबद्ध रहेको स्पष्ट पार्न चाहन्छौं ।

    समयको मागसँगै हाम्रो डिजिटल सञ्चार माध्यम कनकाई खबर डटकमलाई अझ द्रुत, प्रविधिमैत्री र अन्तरक्रियात्मक बनाउने प्रयास भइरहेको, जसकालागि सम्पूर्ण पाठक बर्ग , विज्ञापन दाता, सहयोगी एवं शुभेच्छुक महानुभावहरुको सहाकार्य ,साथ सहयोगको निरन्तर आवश्यक्ता पर्ने कुरालाई पुनः स्मरण गराउँदछौं ।

    अन्त्यमा, सञ्चार माध्यमको वास्तविक मालिक र ऊर्जा भनेकै यसका पाठक र शुभचिन्तक हुन्। विगतका कमीकमजोरीहरूलाई सुधार्दै, यहाँहरूको रचनात्मक आलोचना र सुझावलाई मार्गदर्शन मान्दै अघि बढ्ने प्रण गर्दछौं। आगामी दिनमा पनि यहाँहरूको माया, साथ र सहकार्य अझ प्रगाढ बन्नेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

    नवौं वर्ष प्रवेशको यस पावन अवसरमा पुनः सम्पूर्ण आदरणीय पाठक, विज्ञापनदाता, हाम्रा मार्गदर्शक अग्रज महानुभावहरु एवं सहयात्री मित्रहरूमा वडादशैं, शुभदिपावली, छठ पर्व, नेपाल सम्बत लगायतका पर्वहरुको शुभअवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
    – रामप्रसाद निरौला -सम्पादक/प्रकाशक)

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते

    दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए

    २०८३ आश्विन २७, मंगलवार १६:१५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते

    दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए

    २०८३ आश्विन २७, मंगलवार १६:१५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.