झापाको मेचीनगर ४ राईसिङ पुल टोल बस्ने प्रकाश चौहानको गाईगोठ जलेर नष्ट भएको छ । आज बिहान ९ बजेतिर चौहानको टिनको छाना भएको २ तले गाईगोठमा खोले पकाउने क्रममा आगलागी भएको थियो ।
आगलागीबाट टिन, काठपात आंशिक रुपमा जलेको र गोठमाथि राखेको पराल पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी १ लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागी भएको जानकारी प्रहरी चौकी बाहुनडाँगीमा प्राप्त हुनासाथ प्रहरी टोली खटिगई मेचीनगर नगरपालिकाको दमकल र स्थानीय मानिसहरूको सहयोगमा बिहान पौने ११ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।