Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रेस क्लब मेचीनगरको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत
    मेची नगरपालिका

    प्रेस क्लब मेचीनगरको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत

    कनकाई खबरBy कनकाई खबर२०८२ असार ४, बुधबार २२:४३ गते2 Mins Read

    काँकरभिट्टा \  प्रेस क्लब मेचीनगरको १२औँ स्थापना दिवसको अवसरमा दुई पत्रकार पुरस्कृत भएका छन् । काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेललाई मेचीनगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । त्यसैगरी प्रेस क्लबका सदस्य किशोर उपरकोटी मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । दुवै पत्रकारलाई प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नगद सहित सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

    ३९ पत्रकारको दुर्घटना विमा
    प्रेस क्लबको स्थापना दिवसकै अवसर पारेर क्लबमा आबद्ध ३९ जना पत्रकारहरुको दुई लाख बराबरको दुर्घटना विमा गरिएको अध्यक्षका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो ।

    पर्यटकको सुरक्षा र पत्रकारिता बारे अन्तरक्रिया
    पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा पर्यटकको सुरक्षा र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम पनि आजै सम्पन्न भएको छ । क्लबको स्थापना दिवसकै अवसर पारेर आयोजित कार्यक्रममा सिलिगुडी जर्नालिष्ट क्लबका पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।


    प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेललेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, कोशी प्रदेस सभाका पूर्व सदस्य श्रीप्रसाद मैनाली, झापाका प्रमुख जिल्ला अधिकारी, पर्यटन कायालय काँकरभिट्टाका प्रमुख छवि खतिवडा, मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रेस क्लबका पूर्व अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव प्रविण अधिकारीले गर्नु भएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.