Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बदलिंदो परिस्थितिमा ‘मानार्थ महारथी’को औचित्य
    मेची नगरपालिका

    बदलिंदो परिस्थितिमा ‘मानार्थ महारथी’को औचित्य

    कनकाई खबरBy कनकाई खबर२०८१ मंसिर ११, मंगलवार ०८:५२ गते7 Mins Read

    कुनै पनि सार्वभौम राष्ट्रको आफ्नै भूगोल, नागरिक, संविधान, सरकार र सेना हुन्छ । केही अपवाद बाहेक विश्वमा राष्ट्रिय सेना विनाको राज्य छैन भने हुन्छ । यही अर्थपूर्ण संरचनाका कारण राज्यहरूले सार्वभौमसत्ता रक्षा गर्ने अन्तिम घेराको महत्वपूर्ण युनिट भनेर सेनालाई भनिन्छ ।

    नेपालमा विभिन्न कालखण्डमा आन्तरिक द्वन्द्व हुँदा विभिन्न दलले आफ्नै सशस्त्र समूह बनाए पनि तिनले कहिल्यै राष्ट्रिय स्वरुप पाएनन् । उल्टो धेरैजसो प्रक्रियागत रूपमा नेपाली सेनामा नै समाहित भए । नेपालको संविधानले राज्य व्यवस्था सञ्चालनको विधि निर्देशित गर्दछ भने सेनाले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता र राष्ट्रिय एकताको रक्षा गर्ने जिम्मेवारी पाएको छ ।

    २००७ सालमा राणाशासन फाल्न नेपाली कांग्रेसले मुक्ति सेना परिचालन गरेको थियो । युद्धकालमा माओवादीले आफ्नै जनमुक्ति सेना खडा गरेको थियो । ०७ सालपछि भीमदत्त पन्तले पश्चिम नेपालमा छुट्टै फौज बनाएका थिए । नेपाल एकीकरणपछि पहिलो विद्रोही सेना लखन थापाले बनाएको मानिन्छ । ती सबै विद्रोही लडाकु कार्यकर्ता थिए, राष्ट्रिय सेना थिएनन् ।

    नेपाली सेना कहिल्यै विद्रोह र विभाजन नभएको इतिहास बोकेको विश्वकै पुरानो मध्येको सेना हो । बरु यसले अंग्रेजकालीन भारतमा भएको सैन्य विद्रोह दबाउन सघाएको थियो । राणा शासक जंगबहादुर १७ हजार फौज लिएर भारतमा भएको सिपाही विद्रोहलाई दमन गर्न आफैं लखनऊ पुगेका थिए ।

    विद्रोह दबाउन सफल भएको पुरस्कार स्वरुप अंग्रेजहरूले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फर्काएको थियो । चीन विरुद्ध परिचालित खम्पा विद्रोहलाई नेपाली सेनाले निरस्त्रीकरण गरेको थियो । नेपाली सेना विश्व शान्तिमा योगदान पुर्‍याइरहेको संयुक्त राष्ट्रसंघको शान्ति सेनाको मुख्य अंग पनि हो ।

    यूरोपमा उत्तर एट्लान्टिक सैन्य गठबन्धन (नेटो) का सदस्य मुलुकहरू बीच आपसी सैन्य सम्बन्ध अति घनिष्ठ रहेको छ । तर, कुनै मुलुकले अर्को मुलुकलाई मानार्थ महारथीको सम्मान दिएको पाइँदैन

    इतिहासमा राजाहरूले स्थापना गरेको सेना भएकाले यसलाई पहिले राजाको बफादार सेना मानिन्थ्यो । पछि राणा शासकहरूले आफ्नो हुकुममा चल्ने बनाए । राणाशासनको अन्त्यपछि सेनामाथि फेरि राजाहरूकै हालीमुहाली चल्यो । गणतन्त्र स्थापनापछि ‘शाही नेपाली सेना’ ‘नेपाली सेना’ भएर जननिर्वाचित सरकार मातहतमा आयो ।

    दलीय राजनीतिक शासन प्रणालीमा सेना आन्तरिक राजनीतिक स्वार्थ भन्दा माथि रहन्छ । सार्वभौम राष्ट्र भएकाले नेपाली सेनाको नीति तथा कार्यक्रमहरू सार्वभौम मुलुकको प्रतिनिधित्व गर्न सुहाउँदो हुनुपर्छ । नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । पञ्चशीलद्वारा निर्देशित नेपालको परराष्ट्र नीतिकै कारण नेपालले कुनै पनि मुलुकसँग सैन्य गठबन्धन गर्दैन र पक्षधरता लिंदैन ।

    तर, नेपालमा परम्पराको नाममा छिमेकी भारतका सेनाध्यक्षलाई मानार्थ महारथीको सम्मान दिने क्रम वर्षौंदेखि जारी छ । यो सम्मान हाम्रो मुलुकको सार्वभौमसत्ताको मर्म, परराष्ट्र नीति र जनभावना विपरीत देखिन्छ । यसै साता भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आएका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्राप्त गरे ।

    मानार्थ नै भनिए पनि त्यो पद महारथी नै थियो । अर्को देशको सेनाको प्रमुख कसरी नेपालको महारथी सम्मान पाउन योग्य हुन्छ ? भन्ने प्रश्न जो–कोहीको मनमा उठ्छ । मानार्थ महारथीको पदवी दिने यो चलन विश्वकै उदाहरणीय पनि भनिएको छ । भारतले पनि नेपालका प्रधान सेनापतिलाई मानार्थ महारथीको सम्मान दिंदै आएको छ । यस्तो सम्मान नेपाल र भारत बाहेक अर्को राष्ट्रमा पाइन्न, त्यो सही हो ।

    तर कुनै पनि अभ्यास उदाहरणीय हुन उपलब्धिपूर्ण र औचित्यपूर्ण हुनुपर्‍यो । वर्षौंदेखि चलेको यो चलन उदाहरणीय भएको भए नेपाल र भारतले यसबाट देख्न सकिने प्रशस्तै लाभ पाएको हुनुपथ्र्यो । मित्रराष्ट्रहरू बीच सम्मान र सद्भावना साटफेर हुनु सम्बन्धका दृष्टिले सुखद् मानिएला । तर, सम्मानहरू देखावटी मात्र भइदिए भने त्यसको औचित्य रहन्न ।

    नेपाल–भारत बीचको सम्बन्ध अरू मुलुकको भन्दा भिन्न र जनस्तरसम्मै मित्रवत् रहेकोमा दुईमत छैन । मानार्थ महारथी सम्मानको आदान–प्रदानले दुई मुलुक बीच सम्बन्धलाई सुमधुर र उपलब्धिपूर्ण बनाउन थप के योगदान दिएको छ ? हामी बुँदागत रूपमा भन्न सक्दैनौं ।

    विश्वमा बेलायतको राजा वा रानीलाई केही पूर्व उपनिवेश मुलुकहरूले पनि आफ्नो मुलुकको पनि राजा वा रानी मान्छन् । । उपनिवेशकालमा एउटै शासन भएको मुलुकका नाताले उनीहरूले मानेका हुन् । त्यस्तो प्रथाले सार्वभौमसत्ताको अपमान भयो भनेर अस्ट्रेलियामा त विरोध नै भएको छ । राष्ट्रप्रमुख एउटै व्यक्ति या संस्थालाई मान्ने ती मुलुकमा पनि राष्ट्रिय सेनाको महारथी आफ्नै मुलुकको मात्रै छन् ।

    राजाको शासनकालमा राजाहरूले देश, सेना र राज्यको ढिकुटी निजी ठान्थे । सरकारलाई नै ‘मेरो सरकार’ भन्थे । नागरिकलाई ‘मेरा प्रजा’ भन्थे । तर, अहिले नेपालको सार्वभौम शक्ति नेपाली जनतामा निहित भइसकेको छ । त्यसैले बदलिएको परिस्थितिमा यस्ता प्रथाहरू खारेज हुनुपर्छ

    विश्वमा सैन्य गठबन्धनका कारण दर्जनौं मुलुकमा दुई देशका सेनाबीच भिन्नता छुट्याउन मुस्किल हुन्छ । यूरोपमा उत्तर एट्लान्टिक सैन्य गठबन्धन (नेटो) का सदस्य मुलुकहरू बीच आपसी सैन्य सम्बन्ध अति घनिष्ठ रहेको छ । तर, कुनै मुलुकले अर्को मुलुकलाई मानार्थ महारथीको सम्मान दिएको पाइँदैन । एउटै चीन भएर पनि मूलभूमि र ताइवानका सेनाध्यक्ष बेग्लै छन् ।

    एक सार्वभौम राष्ट्र र अर्को उस्तै राष्ट्रका बीच केही स्पष्ट भेदहरू हुनुपर्छ । सेनाको हकमा मात्रै होइन सरकारका हकमा पनि त्यो सार्वभौम मान्यता हो । राष्ट्रप्रमुख, सरकार प्रमुख, सेनाका प्रमुख लगायत राजकाजका शीर्षस्थ ओहोदामा बसेकाहरूलाई दिइएको सम्मान व्यक्तिले पाएको सम्मानमा सीमित हुन्न ।

    मुलुकको प्रतिनिधित्व गरेर आउने पाहुनाहरूलाई ‘गार्ड अफ अनर’ (सम्मानगारथ), उच्च तहको पदवी र रात्रिभोजले सम्मान गरिने प्रचलन छँदैछ । तर, नेपाल र भारतबीच सेनाकै प्रमुखको पदलाई मानार्थ भन्दै सम्मान स्वरुप लिने–दिने असुहाउँदो चलन रहिआएको छ ।

    केही ओहोदाहरू मानार्थकै रूपमा पनि अर्कालाई दिइनुहुँदैन । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधान सेनापति जस्ता पदहरू ख्यालठट्टाका विषय होइनन् । यी पदमा कुनै मानार्थ सिर्जना गर्न सकिन्न र अर्को मुलुकको व्यक्तिलाई दिने भन्ने त कुरै हुन्न ।

    नेपाली सेनाको कमान्डरलाई प्रधानसेनापति या महारथी भनिन्छ । नेपाली सैन्य संरचनामा सर्वोच्च पद परमाधिपति हुन्छ । राष्ट्रपति नै नेपाली सेनाको परमाधिपति हुन् । त्यसपछिको सेनाको ठूलो पद भनेको प्रधानसेनापति या महारथी नै हो । महारथीले नै नेपाली सेनाको कानूनी ढंगबाट सम्पूर्ण अह्रनखटन गर्छन् ।

    यस्तो संवेदनशील पदलाई पनि मानार्थ सम्मानको रूपमा अर्को मुलुकको प्रधान सेनापतिलाई दिने भन्ने कुरा कसरी औचित्यपूर्ण हुनसक्छ ? जबकि सुरक्षा छाताभित्र रहेको भूटानले समेत भारतका सेनाध्यक्षलाई यस्तो सम्मान दिएको छैन । चीन र भारत दुवै मुलुक नेपालका लागि उत्तिकै मित्रराष्ट्र हुन् । चीनका सेनाध्यक्षलाई यस्तो सम्मान दिने गरिएको छैन । चीनले त्यस्तो सम्मानको अपेक्षा गरेको पनि सुनिएको छैन ।

    यस्तो औचित्य पुष्टि नहुने सम्मानको खारेजीले नेपाल र भारत बीचको सम्बन्धमा कुनै नकारात्मक असर पनि पुर्‍याउँदैन । भारतको कश्मिरदेखि अरुणाचलसम्म गोर्खा सैनिकले भारतको सार्वभौमसत्ताको रक्षाका निम्ति बलिदान गरिरहेका छन् । गोर्खा सैनिकले दिएको योगदान सुहाउँदो भारतीय पक्षबाट नेपालका लागि के भएको छ ?

    सन् १९५० को सन्धिपछि यो सम्मान दिन थालिएको देखिन्छ । सैन्य कूटनीतिका लागि फाइदाजनक छ भनेर भनेको सुनिन्छ । वर्षौंदेखि मानार्थ महारथीको सम्मान लिने–दिने काम भइरहँदा पनि कालापानीबाट भारतीय फौजको अतिक्रमण हट्यो त ? हटेन । त्यहाँ सैन्य कूटनीतिले कुनै काम गरेको देखिएन ।

    कुनै पनि देशको सेना त्यहाँको सत्ताद्वारा निर्देशित र परिचालित हुन्छ । सैन्य सत्तामा मात्र सेनाले एकल निर्णय गर्दछ । भारतसँग मात्र होइन, नेपाल आफ्ना सबै मित्रराष्ट्रहरूसँगको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका आधारमा सुमधुर राख्न चाहन्छ । मानार्थ महारथीको सम्मानले कुनै एक मुलुक ‘विशेष’ र अरू ‘सामान्य’ भन्ने अर्थ लाग्छ त्यसकारण पनि यो प्रचलन ठिक छैन ।

    सबै परम्परा धान्नै पर्छ भन्ने हुँदैन । नेपाली सार्वभौमिकता र स्वाधीनताको इतिहास भारतभन्दा धेरै पुरानो छ । नेपाल कहिल्यै कुनै मुलुकको गुलाम भएन । कहिल्यै पराधीन नभएको विश्वको दुर्लभ स्वाधीन मुलुक हो नेपाल । हाम्रा निकट छिमेकीहरू भारत र चीन पनि कुनै कालखण्डमा अर्कै राष्ट्रको अधीनस्थ थिए ।

    समय र परिस्थिति अनुसार पुराना परम्परा बदलिएर नयाँ बन्छन् । नेपालमा राणा र राजाको प्रत्यक्ष शासनकालमा शासकको हुकुम नै कानून हुन्थ्यो । राजाकालमा राजाका छोराछोरीले जन्मँदै शाही नेपाली सेनाको अतिरथीको मानार्थ सम्मान पाउँथे । राजाको निजी जग्गा जस्तो हुन्थ्यो देश । बिर्ता भन्दै नातेदारलाई जग्गा बाँड्ने चलन थियो । त्यहीबेला सामरिक दबाब र उद्देश्यले यो मानार्थ महारथीको प्रचलन शुरू भएको बुझ्न सकिन्छ ।

    सुगौली सन्धिपछि मुलुकको भूराजनीतिक सम्बन्धमा दर्विलो प्रभाव पार्ने सन् १९५० को अर्को सन्धि भयो । २००७ साउन १६ गते भएको यो सन्धि नेपालमा प्रजातन्त्र ल्याउन आन्तरिक विद्रोहको आगो दन्किरहेको बेला अंग्रेजलाई रिझाउन राणा शासकहरूले गरेका थिए । राणा प्रधानमन्त्री मोहनशमशेरले यसमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गरेका थिए ।

    यही सन्धि पश्चात् भारतीय सेनाध्यक्षलाई नेपालले महारथीको मानार्थ सम्मान दिने असुहाउँदो प्रचलन बस्यो । सन् १९५० को नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धि पश्चात् नेपालमा कोशी र गण्डक जस्ता असमान सन्धिहरू भए । नेपाली भूमि अतिक्रमण गरी कालापानीमा भारतीय फौज बस्यो, जो अहिलेसम्म हटेको छैन ।

    राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले पनि यो महारथी दिने प्रथा हटाएनन् । राजाको शासनकालमा राजाहरूले देश, सेना र राज्यको ढिकुटी निजी ठान्थे । सरकारलाई नै ‘मेरो सरकार’ भन्थे । नागरिकलाई ‘मेरा प्रजा’ भन्थे । तर, अहिले नेपालको सार्वभौम शक्ति नेपाली जनतामा निहित भइसकेको छ । त्यसैले बदलिएको परिस्थितिमा यस्ता प्रथाहरू खारेज हुनुपर्छ ।- अनलाइन खबरबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.