Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » काँकडभिट्टा नाकामा मेची भन्सार कर्मचारीको अवैध असुली
    मेची नगरपालिका

    काँकडभिट्टा नाकामा मेची भन्सार कर्मचारीको अवैध असुली

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर २२, शुक्रबार १२:१२ गते3 Mins Read

    काँकडभिट्टा । भारतीय नम्बर प्लेटका सवारीसाधन नेपाल प्रवेश गर्दा सुविधा काट्ने नाममा मेची भन्सार कार्यालय काँकडभिट्टाका कर्मचारी अवैध असुलीमा व्यस्त छन् । 

    पूर्वीनाका काँकडभिट्टाबाट नेपालतर्फ आउने सवारीसाधनले नजिकैको बजारसम्म पुग्न भन्सार पत्र (सुविधा) काटेर मात्र नेपाल प्रवेश गर्न पाउँछ । सुविधा काट्नकै लागि भनेर मेची भन्सार कार्यालयमा सुविधा काउन्टर खडा गरेको छ । सुविधा काट्दा कुनै रकम तिनुपर्दैन । त्यसबाहेकका अन्य क्षेत्रमा पुग्न भने दैनिक भन्सार तिर्नुपर्ने हुन्छ । तर, हरेक दिन सुविधा काट्ने भारतीय सवारीसँग भन्सारका कर्मचारीले अवैध असुली गर्दै आएको पाइएको छ ।

    नेपालीले भारतीयकै नाममा सवारी साधन किनेर नेपालभित्रै भन्सार नगरी सुविधा मात्र लिएर दैनिक कुदाउने गरेका छन् । ती सवारीलाई मासिक पैसा असुलेर सुविधा काट्ने रामहरि कार्की र चेतन नामले चिनिने कर्मचारीले घरैमा ह्वाट्सएपमार्फत सुविधा पठाएर असुल्ने गरेको पाइएको छ । 

    भारतबाट नेपाल प्रवेश गर्ने सवारीबाट कागज मिलाउने भन्दै कार्की र उनको समूहले प्रति सवारी २० रुपैयाँ देखि ५० रुपैयाँसम्म लिने गरेका छन् । बिहानको ६ बजेदेखि बेलुकासम्म सयौँ मोटरसाइकल तथा साना सवारीबाट हजारौँ रकम असुल्ने गरेका छन् । सुविधा कागजमा कुनै पनि रकम उल्लेख गरिएको हुँदैन । सुविधा निःशुल्क छ भन्ने सवारी धनीलाई थाहा नभएकोले ठगिने गरेको स्थानीय बताउँछन् ।

    कर्मचारीले कागज छाप्न भन्दै आफूहरूबाट पैसा लिने गरेको एक सवारीधनीले बताए । सुविधाको विषयमा मेची भन्सारका प्रमुख रामप्रसाद रेग्मीले यात्रु लिएर आएका गाडीहरू सोही दिन फर्कने गरी नजिकको बजारसम्म जान पाउने र त्योबापत कुनै पैसा नलाग्ने बताए । नेपालभरि कुद्नका लागि भने भन्सार काट्दा भने ४ पाङग्रे जिप, कार र भ्यानको प्रतिदिन ६ सय रुपैयाँ र दुई पाङग्रेको २ सय रुपैयाँ लग्ने बताए ।

    यसरी हरेक दिन कर्मचारीले सयौँ सवारीबाट हजारौँ रकम असुल्दासमेत मेची भन्सार कार्यालय मौन रहेको छ । यो अवैध रूपमा सङ्कलन भएको रकम राज्यको कुनै पनि कोषमा जम्मा नभएर सीधै कर्मचारीको गोजीमा जाने गरेको छ ।

    नाकामा अवैध असुलीको श्रृङखला

    आयत निर्यातका लागि काँकडभिट्टाको मेची भन्सारबाट दैनिक लाखौँ रुपैयाँ राजस्व छलिने हुने गरेको पाइएको छ । भन्सार कार्यालयले भन्सार भित्रने सामानमा राजस्व छली नहोस् भनेर कर्मचारी बाटोबाटैमा तैनाथ गर्ने गरे पनि राजस्व चुहावट नियन्त्रण गर्न सकेको छैन । कार्यालयले फिल्डमा खटाएका कर्मचारीहरूले नै सामान लिएर वारिपारि गर्ने व्यापारीसँग मनपरी रकम लिएर छोडिदिने गरेका छन् । उनीहरूले व्यापारीसँग मात्र हैन घरका लागि भारतको पानिट्याङ्कीबाट सामान लिएर नेपाल भित्रिने सर्वसाधारणसँग समेत रकम असुल्न भ्याउँछन् ।

    भन्सारका कर्मचारीले चेकपोस्टमा कागज मिलाउने बहानामा साना व्यापारीलाई बोलाएर रकम लिने गरेका छन् । त्यस्तै भारतबाट नेपालमा आउने मालवाहक ट्रकहरूबाट समेत उनीहरूले पैसा उठाउने गरेको खुलेको छ । भन्सारका कार्यालय सहयोगीहरूले नेपालमा आउने ट्रकहरू भारत फर्किने क्रममा गेटमा नै प्रति ट्रक ५० देखि १०० रुपैयाँसम्म असुल्ने गरेका छन् । त्यति मात्र होइन उनीहरूले ट्रक चालक, पोके व्यापारी, तरकारी ल्याउने व्यापारी लगायतसँग उनीहरूले ल्याएको सामानसमेत केही छोडिदिनुपर्ने वा उनीहरूले भनेको सामान ल्याइदिनुपर्ने सिस्टम नै भन्सारका कर्मचारीहरूले बनाएका छन् ।

    सर्वसाधारणहरू दैनिक उपभोग सामान चिनी, दाल, तरकारी, तेललगायतका सामान लिने जाने गरेका छन् । यसरी सामान ल्याउँदा कर्मचारी पैसा माग्ने र नदिए सामान पक्राउ गर्ने डर देखाउँदै पैसा तिर्न बाध्य बनाउने गरेको बिर्तामोडका एक सर्वसाधारणले बताए । ‘कर्मचारीलाई पैसा नदिए सामानै लगिदिन्छन्,’ नाम नखुलाउने सर्तमा उनले भने, ‘बरु सय पचास दियो खुरुक्कै छोड्छन् ।’

    कर्मचारीले वारिपारि गर्नेसँग सामानको परिमाण हेरी ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म लिने गरेका छन् । मेची भन्सार कार्यालयले चोरी पैठारी नियन्त्रण गर्न कर्मचारीको विभिन्न समूह विभाजन गरी अध्यागमन अगाडि रहेको चेक प्वाइन्टमा खटाउने गरेको भएपनि उनीहरू राजश्व चुहावट नियन्त्रणभन्दा पनि अवैध असुलीमा संलग्न भएको कुरा मेची भन्सारको गेटमा पुग्ने प्रत्येक व्यक्तिले देख्न सक्छन् भने धेरैले त अनुभूति नै गरिसकेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकार मुक्ति पौडेललाई पितृ शोक

    २०८२ पुष १७, बिहीबार ०७:०९ गते

    प्रेस क्लब मेचीनगरको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत

    २०८२ असार ४, बुधबार २२:४३ गते

    बदलिंदो परिस्थितिमा ‘मानार्थ महारथी’को औचित्य

    २०८१ मंसिर ११, मंगलवार ०८:५२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.