काठमाडौं । नेपाली बजारमा दुई दिनसम्म घटेको सुनको मूल्य आज बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेर एक लाख १८ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार तेजाबी सुनको मूल्यमा पनि दुई सय रुपैयाँ बढेर एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य भने आज २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
