Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा लिग तथा नकआउटः गौरादह र शिवसताक्षी विजयी
    खेलकुद

    झापा लिग तथा नकआउटः गौरादह र शिवसताक्षी विजयी

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर १३, बुधबार १९:०५ गते3 Mins Read

    भद्रपुर, मंंसिर १३ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन् ।

    आज भएको पहिलो खेलमा गौरादहले कनकाई नगरपालिकालाई हराएको हो । पहिलो जित दर्ता गर्दै गौराहदले ३ अंक जोडेको छ । समान दुई खेल खेलेको कनकाईले अंक जोड्न सकेको छैन ।समूह ख मा रहेका गौरादह र भद्रपुर ब्लेजर्सको समान ३ अंक भएको छ । तर, गोल अन्तरमा भद्रपुर ब्लेजर्स अगाडि छ । त्यस्तै, झापा गाउँपालिका ६ अंकका साथ शीर्ष स्थानमा छ ।

    अंकविहीन रहेको कनकाई पुच्छरमा छ ।गौरादहले कनकाईलाई ३–२ गोल अन्तरले हराएको हो । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलको १० औँ मिनेटमा गौरादहका तर्फबाट नविन श्रेष्ठले गोल गरे । त्यस्तै, खेलको ३० औँ मिनेटमा कुशल लिम्बू र ४७ औँ पुनः नविन श्रेष्ठले गोल गरेर जित निश्चित गरेका थिए ।कनकाईका लागि ६३ औँ मिनेटमा अभिषेक राजवंशी र ६७ औँ मिनेटमा साहेब मुर्मूले गोल गरे पनि हार टार्न सकेनन् ।

    खेलको प्लेयर अफ दि म्याच गौरादहका नविन श्रेष्ठ भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, समाजसेवी रोहित बुढाथोकी, समाजसेवी पवन श्रेष्ठले नगद दुई हजार र ट्रफी प्रदान गरे ।यसैबीच, आज भएको दोस्रो खेलमा शिवसताक्षी नगरपालिका विजयी बन्यो । शिवसताक्षीले दमक नगरपालिकालाई २–० गोल अन्तरले हरायो ।शिवसताक्षीका लागि पहिलो गोल ११ औँ मिनेटमा अन गोलमार्फत पुरस्कार प्राप्त भएको थियो । दोस्रो गोल ५३ औँ मिनेटमा आकाश पौडेलले गरेका थिए ।खेलको प्लेयर अफ दि म्याच शिवसताक्षीका आकाश पौडेल भए ।

    उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली, शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा, समाजसेवी जगदीश जोशीले नगद दुई हजार र ट्रफी प्रदान गरे ।फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन्

    ।१८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् ।

    सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई कपको उपाधी बिर्तामोडलाई

    २०८३ जेष्ठ ८, शुक्रबार १५:४९ गते

    आज सुरुङ्गामा कनकाई कपको फाइनल : झापा गाउँपालिका र बिर्तामोड बीच कडा प्रतिस्पर्धा हुने

    २०८३ जेष्ठ ६, बुधबार १२:४३ गते

    कनकाई कपको उपाधिका लागि झापा गाउँपालिका र बिर्तामोड भिड्दै

    २०८३ जेष्ठ ५, मंगलवार ०८:२२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.