बिर्तामोड–झापाको मेचीनगर १ की १४ वर्षीया एक बालिका साता अघिदेखि वेपत्ता भएकी छन् । मेचीनगर–१ त्रिवेणी टोल देवीगञ्जकी सम्झना मगर हराइरहेकी हुन् ।
उनको खोजीका लागि परिवारजनले हार गुहार गरेका छन् ।सञ्जीव मगर र राधा गिरीकी छोरी सम्झना घरबाटै वेपत्ता भएको जनाइएको छ । आफन्तको समेत गएको नभेटिएको भन्दै परिवारजनले खोजीका लागि सघाउन अनुरोध गरेका हुन् ।बालिका वेपत्ता भएकोबारे प्रहरीलाई पनि जानकारी गराइसकिएको छ ।
परिवारले बालिकाको कुनै जानकारी पत्ता लागे खबर गरिदिन सम्पर्क नम्वर ९८४२४३०४१० र ९८४६६८४४८० पनि सार्वजनिक गरेका छन् ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
