कनकाई खबर कार्तिक २८ / हिजो देउसी खेल्न गएका मेचीनगर १० धुलाबारीका भरत जैसवाल आज मृत फेला परेका छन ।
हिजो बेलुका देउसी खेल्न भन्दै घरबाट निस्किएका ३० बर्षिय जैसवाल आज अपरान्ह मेचीनगर ११ स्थीत गोजाबस्तीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिनुभयो ।
आज दिउँसो २ः३० बजेको समयमा स्थानीयहरुले लडिरहेको देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेको थियो । प्रहरी पुग्नु अघि नै जैसवालको मृत्यु भइसकेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।
मृतकको कानूनी प्रक्रिया पुरा गरी शबलाई परिवारको जिम्मा लगाएको शर्माले बताउनुभयो ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

