Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मेचीनगरमा पटाका आतंक रोक्न माग
    मेची नगरपालिका

    मेचीनगरमा पटाका आतंक रोक्न माग

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक २५, शनिबार १७:०४ गते2 Mins Read

    मेचीनगर । पटका पड्काउँदा प्रकृति, वातावरण र मानवको स्वास्थ्यमा सिधै असर पर्ने भएकोले त्यसलाई रोक्न मेची चरा तथा वन्यजन्तु संरक्षण समाज र उपभोक्ता जागरण अभियान नेपाल मेचीनगरले स्थानीय सरकार र प्रहरी प्रशासनलाई ध्यानाकर्षणसहितको पत्र बुझाएको छ ।

    शुक्रवार समाज र अभियानका अगुवा, समाजसेवीहरुले मेचीनगर नगरपालिका तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जथाभावी पटका, आतिशवाजीले प्रकृति, वातावरण र मानवको स्वास्थ्यमा असर पर्ने भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेको हो ।

    समाजका अध्यक्ष देवेन्द्रकुमार खरेल र अभियानकी अध्यक्ष रचना घिमिरको नेतृत्वमा गएको टोलीले मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी र इप्रका प्रमुख एवम् डीएसपी दीपक भारतीलाई सो विषयमा ध्यानाकर्षणसहितको पत्र बुझाएको थियो ।

    मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले समाजलाई आतंक पार्ने गरी पटका पड्काउनेलाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई आग्रह गरिएको बताएका छन् ।

    प्रहरीले पनि साँझ मेचीनगरमा पटका नपड्काउन माइकिङ गरेको छ । पड्काएको थाहा पाए तुरुन्त पक्राउ गरी कारवाही गरिने जनाएको छ ।

    ‘पटका भित्रिन नदिन नाकामा कडाई गरिएको छ’, डीएसपी भारतीले भने–‘केहि पटकाहरु बरामद गरेका छौँ । टोल टोलमा प्रहरी खटाइएको छ । सचेत गराउने काम गरेका छौँ । पटका पड्काएको थाहा हुने वित्तिकै पक्राउ गरिन्छ । विस्फोटक पदार्थ ऐन अन्तरगत जरिवानासहित कारवाही गरिनेछ ।’ नेपालीहरुको महान चाड तिहारमा वारुदजन्य विस्फोटक सामाग्रीहरु (विभिन्न प्रकारका पटका, आतिशवाजी) पड्काउदा नकारात्मक असरले प्रकृती, वातावरण, पशुपंक्षी र मानव स्वास्थ्यमा असर पर्ने अध्यक्ष खरेलको भनाई छ ।

    पटकामा प्रयोग हुने वारुद तथा अन्य रसायनका कारण क्यान्सर, अल्जाइमर, छालाका विभिन्न एलर्जी हुने, तिब्र डेसिवलको ध्वनीले कानको जाली फाट्न सक्ने, दुर्गन्ध, ध्वनी प्रदुषण, रसायनको धुँवाको नकारात्मक प्रभाव, अंगभंग हुने भएकोले कानुनले निशेष गरेका यस्ता क्रियाकलाप रोक्न ज्ञापनपत्र बुझाइएको अभियानकी अध्यक्ष घिमिरेले बताइन् ।

    काँकरभिट्टा स्थित लक्ष्मी नारायण मन्दिर परिसरमा पटका आतंक बन्द गर, बातावरणको रक्षा हाम्रो सुरक्षा लगायतका नारासहित सामाजिक अगुवाहरु प्यले कार्ड बोकेर नागरिकलाई सचेत गराउने प्रयास गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकार मुक्ति पौडेललाई पितृ शोक

    २०८२ पुष १७, बिहीबार ०७:०९ गते

    प्रेस क्लब मेचीनगरको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत

    २०८२ असार ४, बुधबार २२:४३ गते

    बदलिंदो परिस्थितिमा ‘मानार्थ महारथी’को औचित्य

    २०८१ मंसिर ११, मंगलवार ०८:५२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.