काठमाडौं : युएईले नेपाललाई १६५ रनको लक्ष्य दिएको छ। त्रिकोणात्मक टि २० आई सिरिज अन्तर्गत सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले ७ विकेटको क्षतिमा १६४ रन बनाएको हो।
नेपालले सुरुवाती तीन खेल जितेसँगै फाइनलमा पुगिसकेको छ भने हङकङलाई हराउँदै यूएईले पनि फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ।
नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो। हङ्कङलाई दुवै खेलमा नेपालले ६ विकेट र ७९ रनले हराएको थियो।
तालिकामा नेपालले ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ। यूएईले २ खेलबाट २ अंक जोडेको छ भने हङकङ ३ खेलबाट अंकविहीन हुँदै तालिकाको पुछारमा छ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

