नेपाल मुस्लिम संघ झापाको तेस्रो जिल्ला अधिवेशनले सफिउल्ला अन्सारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । सर्वसम्मत रुपमा गठित समितिको उपाध्यक्षमा एजाज अहमद र मोहम्मद नाजिम, सचिवमा ट्फी अहमद शेख, सहसचिवमा जाहिर रहमान, कोषाध्यक्षमा जाहिर रहमान र प्रवक्तामा रेश्मा खातुन चयन हुनुभएको छ ।समितिका सदस्यहरूमा नुर अलि, अमिरुद्दिन अलि, जमिर अलि,समीर महमद, तवरेज खान, मो अलि आलम, अख्तर अलि, मो मजिबुल रहनुभएको छ ।यसैगरी समितिका सदस्यहरूमा नवाब हुसेन, उस्मान अलि, अख्तर अन्सारी, गुलावरबिन मिया, मो सैरुद्दिन, गुफ्तर मिया, जाहिर हुसेन, जुबेर आलम, मो नसरुद्दिन, अजेन्ता शेख, हसिब, जाकिर अहमद शेख, अलिम अख्तर, हसी जालिम अख्तर, सानू खातुन र जाखुल मिया रहनुभएको नेपाली काङ्ग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।
