Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ह्याप्पी ड्रिम्स चेप्टीका सम्बन्धमा प्रकाशित प्रसारित समाचार सम्बन्धमा सञ्चालक दिनेश शिवाकोटीको धारणा
    राष्ट्रिय

    ह्याप्पी ड्रिम्स चेप्टीका सम्बन्धमा प्रकाशित प्रसारित समाचार सम्बन्धमा सञ्चालक दिनेश शिवाकोटीको धारणा

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ २५, बुधबार १७:०८ गते3 Mins Read

    सशुल्क

    इलाम जिल्लाको माइ नगरपालिका—२, स्थित पर्यटकीय क्षेत्र ह्याप्पी ड्रिम्स चेप्टीका विषयलाई लिएर केही संचार माध्यमहरु मार्फत चुरे वन क्षेत्रको जमिन भूमाफियाको गिरोहले कब्जा गरेको साथै सखुवा जातका रुखहरु काटेर पार्क निर्माण गरेको जस्ता कपोकल्पीत मन गढन्ते विषयको समाचार सार्वजनिक भएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

    पर्यटकीय क्षेत्रको विकास एवम् विस्तारको हिसावले सबैको ध्यान केन्द्रित भएको ह्याप्पी ड्रिम्स चेप्टी हाइवेबाट करिव २२ किलो मिटर साथै पर्यटकीय क्षेत्र दोमुखाबाट आकासे मार्ग हुँदै चार किलो मिटरको दुरीमा रहेको छ । करिव ४ सय वर्षको इतिहास बोकेको चेप्टीको दक्षिण तर्फ सिस्ने, पुर्वमा आरुपानी जाली खोल्सी, उत्तरमा ढकने बोरेतला सिमले, पश्चिममा दुरपिन लगायत थुप्रै गाउँका स्थानीयवासीहरुले सदियौंदेखि बसोबास गरेको र धनीपुर्जा, बाटो, पिउने पानीको समस्याले पिडित बनेको सर्वविधित नै छ । धार्मिक तथा पवित्र स्थलका रुपमा माइ नदिको काखमा रहेको चेप्टी अलिक फराकिलो उपत्यका जस्तो क्षेत्रमा अवस्थित छ । यहाँको प्रत्येक गाउँ टोलमा १४ देखि ५० घर परिवारको बसोबास रहेको छ । जसमा लालपुर्जाको प्रक्रियामा गएको ९० प्रतिशत जमिन स्थानीय सरकारबाट समेत पहल भइरहेको जानकारीमा आइरहेको छ ।


    यसै क्रममा ह्याप्पी ड्रिम्स चेप्टीले पार्क निर्माण गरेको ६० प्रतिशत जमिन समेत ऐलानी रहेको अवगत गराउँदै जुन ऐलानी जमिन परापुर्वकालदेखि नै स्थानीयवासीबाट जोतभोग हुँदै आएको जमिन चेप्टीले जबरजस्ती कब्जा नगरेको समेत प्रष्ट पार्न चाहन्छु । जहाँ सम्म वन क्षेत्रको नक्शामा भएको भनिएको ४५ रोपनी जमिनको कुरा छ, त्यो जमिन चुरे क्षेत्रकै भएको र त्यस जमिनलाई संरक्षण गरी सुनमा सुगन्ध छरेर सुरक्षितसँगले राखेको जानकारी गराउँन चाहन्छु । पार्कसँग जोडिएको चुरे क्षेत्रको उक्त जमिन नदी कटान, भू–क्षय, बाढी, पहिरो जस्ता प्रकोपका कारण यस क्षेत्रमा बसोबास गर्ने अधिकांश स्थानीयवासीले यसको डरलाग्दो परिणाम भोग्नु परिरहेको विगतलाई स्मरण गराउँन चाहन्छु ।

    चुरे क्षेत्रको संरक्षणकालागि सरकारी संयन्त्रहरु समेत उदाशिन बन्दै गएको अवस्थामा यसको विनाशले स्थानीय स्तरमा प्रत्यक्ष रूपले वातावरणीय क्षेत्र तथा आर्थिक जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित निकायसँग कानुनी प्रक्रिया पूरा गरी उपलव्ध भएसम्मको अनुभव र जनशक्तिको प्रयोग गर्दै यस ठाउँलाई माई नगरपालिकाकै प्रमुख गन्तव्य स्थलका रुपमा विकास गर्नु कुनै ठूलो अपराध हो जस्तो लाग्दैन । बाढीपहिरोका कारण भू—क्षयमा परी ठूलो क्षति हुँदै आएको साथै यस जमिनको सुरक्षा र यहाँका हजोरौ रुखविरुवाहरुको संरक्षण गरी त्यस क्षेत्रमा थप वोटविरुवा लगाउँने कार्यका विरुद्ध गलत प्रचार गर्नु कत्तिको सान्दर्भिक होला ?


    केही दिन अघि एक संचार माध्यले पर्यटकीय स्थल चेप्टी क्षेत्रका रुख विरुवा ढालेको र बन बिनाश गरेको भन्दै सार्वजनिक भएको समाचारको भिडियोमा देखाइएको ढलेको रुखको फुटेज चेप्टी क्षेत्रको नभई यहाँबाट ७ किलो मिटर टाढाको भएको साथै त्यस समाचारको भिडियो रिपोर्टमा चेप्टीको विषयमा बोल्ने कोही पनि व्यक्ति स्थानीयवासी नभएको समेत प्रष्ट पार्न चाहन्छु । ह्याप्पी ड्रिम्स चेप्टीको लक्ष्य जल, जमिन र जङ्गलको रक्षा गर्दै पर्यटन प्रवद्र्धन गर्ने हो, यसको नष्ट गर्ने होइन । पार्क निर्माण गर्नु भनेको बोटविरुवा रोप्नु हो, काट्ने होइन भन्ने कुरालाई फेरी पनि अवगत गराउँदै भलायो,टाटरी जस्ता कु—काठलाई पनि लाखौ रुपैंया खर्च गरेर यसको संरक्षण गरेको दृश्य पार्कमा अहिले पनि हेर्न सकिन्छ । पार्क निर्माण हुनु अघिको अवस्था र निर्माण सम्पन्न भइ संचालनमा आएको अवस्थालाई मुल्याङ्कन गरी ७ किलो मिटर टाढा भएका मानिससँग होइन, पर्यटकीय क्षेत्र चेप्टीको आसपासमा रहेका स्थानीयवासीको विचार नै बढि यथार्थ हुन सक्छ भन्ने हाम्रो बुझाई हो ।

    स्थानीय सरकारका प्रतिनिधि ,डिभिजन वन कार्यालयका प्रतिनिधि साथै स्थानीयवासी समेतको उपस्थितिमा सर्जमिन भइ कानुनको परिधिभित्र रहेर संचालनमा आएको यस पार्कको विषयमा आएका समाचारमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु । स्थानीय स्रोत साधनको भरपुर सदुपयोग गरी माइ नगरवासीलाई प्राथमिक्तामा राखेर रोजगारीका अवसरहरु सिर्जना गर्ने उद्येश्यका साथ संचालनमा आएको ह्याप्पी ड्रिम्स चेप्टीका विरुद्धमा आएको समाचारप्रति खेद प्रकट गर्दै पर्यटन प्रवद्र्धनसँगै माई नगरपालिकाको समृद्धि तर्फ यथार्थताको धरातलमा उभिएर अघि बढ्न सम्बन्धित सबैलाई हार्दिक अपिल गर्दछु ।

    संचालक
    दिनेश शिवाकोटी
    हेप्पी ड्रिम्स प्रा.लि., माई नगरपालिका २, चेप्टी इलाम

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.