Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    २०८३ कार्तिक १७, सोमबार ००:०६ गते

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    २०८३ कार्तिक १६, आईतवार २३:५८ गते

    पालिका स्तरीय कर्मचारी फुटबल: शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा र कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश

    २०८३ कार्तिक १६, आईतवार २३:३७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली
    विशेष

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    कनकाई खबरBy कनकाई खबर२०८३ कार्तिक १७, सोमबार ००:०६ गते2 Mins Read

    झापा / ग्रामिण क्षेत्रका सञ्चारकर्मीहरूलाई संगठित गर्दै व्यावसायिक पत्रकारिताको प्रवर्द्धन र स्थानीय सवालमा सहकार्य गर्ने उद्देश्यका साथ स्थापित ग्रामिण प्रेस क्लब झापाको प्रथम अधिवेशन सम्पन्न भएको छ।

    ​हल्दिबारी गाउँपालिका–२ स्थित रेडक्रस सामुदायिक भवनमा आइतबार आयोजित अधिवेशनले नेत्र विक्रम विमलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

    ​नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रितम कुमार धमला, महासचिवमा राजेश आचार्य, सचिवमा अभिषेक खतिवडा र कोषाध्यक्षमा शान्ता उप्रेती चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यहरूमा रत्न कुमार बुढाथोकी, जनकलाल राजवंशी, बुधलाल किस्कु, श्रीप्रसाद शिवाकोटी, हेमन्त मैनाली र टिकाराम बास्तोला रहेका छन्।

    ​यसअघि अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयनका लागि रेम खरेलको संयोजकत्वमा लिलाराज झापाली र गोपाल पोखरेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो। सोही समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषणा गरेको हो।

    ​अधिवेशनको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष विमलीले वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए। उनले ग्रामिण भेगका सञ्चारकर्मीहरूलाई संगठित गर्दै व्यावसायिक, उत्तरदायी र तथ्यमा आधारित पत्रकारितामा जोड दिइने बताए।

    ​कार्यक्रमका प्रमुख अतिथि एवं कोशी प्रदेशसभा सदस्य छविलाल चुडालले ग्रामिण भेगका ओझेलमा परेका मुद्दा र नागरिकका आवाजलाई सञ्चारमाध्यममा ल्याउन स्थानीय सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

    ​यस्तै, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले ग्रामिण पत्रकारितालाई थप प्रभावकारी, व्यवस्थित र जिम्मेवार बनाउनुपर्नेमा जोड दिँदै क्लबले सञ्चारकर्मीहरूको क्षमता विकास र पेशागत हकहितका क्षेत्रमा काम गर्ने विश्वास व्यक्त गरे।

    ​कार्यक्रममा नेपाली मौलिक पहिचान र संस्कृतिको प्रवर्द्धन स्वरूप अतिथिहरूलाई ढाका टोपी र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

    ​कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली, वडाध्यक्ष देवी बहादुर थापा, हल्दिबारी वडा नं-२ वडा सदस्य रचना कुलुङ्ग राई ,झापा उद्योग वाणिज्य संघका महासचिव सुमन मैनाली, हल्दिबारी उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाईं ,नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखा सभापति कर्णखर प्रसाईं ,युवा व्यवसायीहरु एकराज मगर ,असिम मैनाली ,पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे ,बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापा संयोजक सरोज पौडेल ,पत्रकार महासंघ झापाका सदस्य देवेन्द्र प्रसाईं , लगायत विभिन्न पत्रकार संगठनका प्रतिनिधि तथा स्थानीय व्यवसायीहरूको उपस्थिति रहेको थियो। उपाध्यक्ष प्रितम कुमार धमलाले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको सञ्चालन सचिव अभिषेक खतिवडाले गरेका थिए।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    २०८३ कार्तिक १६, आईतवार २३:५८ गते

    पालिका स्तरीय कर्मचारी फुटबल: शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा र कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश

    २०८३ कार्तिक १६, आईतवार २३:३७ गते

    कनकाईमा अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता सुरु:

    २०८३ कार्तिक १५, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    ग्रामिण प्रेस क्लब झापाको अध्यक्षमा पुन : विमली

    २०८३ कार्तिक १७, सोमबार ००:०६ गते

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    २०८३ कार्तिक १६, आईतवार २३:५८ गते

    पालिका स्तरीय कर्मचारी फुटबल: शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा र कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश

    २०८३ कार्तिक १६, आईतवार २३:३७ गते

    कनकाईमा अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता सुरु:

    २०८३ कार्तिक १५, शनिबार ००:१२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.