Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मोरङमा सौर्य मिनी ग्रीड परियोजना शुभारम्भ
    आर्थिक

    मोरङमा सौर्य मिनी ग्रीड परियोजना शुभारम्भ

    adminBy admin२०७५ भाद्र ७, बिहीबार ०८:१७ गते2 Mins Read
    मोरङको मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा निर्माण गरिएको ३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना । परियोजनाबाट यहाँका ७५ घरमा विद्युतीकरण भएको छ । तस्बिर ः कृष्ण अधिकारी, रासस

    मोरङ, ७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा निर्माण गरिएको ३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना बुधबार शुभारम्भ गर्नुभयो ।

    केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको जिल्लाको विकट मानिने सो क्षेत्रमा ऊर्जाको आवश्यकता पूर्ति गर्न जडान गरिएको सो प्रणालीबाट ७५ घरधुरीमा विद्युतीकरण भएको छ ।

    एसियाली विकास बैंकको रु एक करोड ४५ लाख २० हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु १६ लाख र जिल्ला समन्वय समितिको रु छ लाख गरी कूल एक करोड ७५ लाख ८७ हजार ५४५ को लागतमा सो प्रणाली जडान गरिएको हो ।

    सूर्योदय ऊर्जा प्रालिले निर्माण गरेको उक्त परियोजनामा पहिलोपटक स्मार्ट मिटर अर्थात् प्रिपेड मिटर जडान गरी समुदाय आफैँले सो प्रणालीको व्यवस्थापन गरेको छ ।
    मन्त्री पुनले केन्द्रीय प्रसारण पुग्न नसकेका विकट बस्तीमा सौर्य ऊर्जाबाट विद्युतीकरण गरी त्यसलाई विस्तारै राष्ट्रिय प्रसारणमा जोड्दै लैजाने र सौर्य पम्पिङबाट खानेपानी र सिँचाइको व्यवस्थालाई सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो ।

    उहाँले वर्तमान सरकार गठनपछि चीन, बङ्गलादेशसँग ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुलेको उल्लेख गर्दै प्रदेश नं १ मा विभिन्न ठूला, मझौला र साना विद्युत् तथा नवीकरणीय ऊर्जा आयोजनाका निर्माण अगाडि बढाइएको बताउनुभयो ।

    राजनीतिक स्थायित्वसँगै अब मुलुक आर्थिक विकासमा अगाडि बढेको र यसका लागि ऊर्जालाई उच्च प्राथमिकतामा राखिएको बताउँदै मन्त्री पुनले सामाजिक न्याय र समानता भएमात्रै लोकतन्त्र सार्थक हुन्छ भन्नुभयो । राजनीतिक परिवर्तनलाई आर्थिक विकासमा रुपान्तरण गर्नु नै अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो ।

    प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले सरकारले अघि सारेको ‘सुखी नेपाली र समृद्ध नेपाल’को अभियानलाई सार्थक तुल्याउन तीनवटै तहका जनप्रतिनिधिले सामूहिकरूपमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले ऊर्जा विकासको मुख्य आधार भएकाले वर्तमान सरकारको हरेक घर ऊर्जा घर र हरेक बस्ती ऊर्जा बस्ती बनाउने अभियानलाई पूरा गर्न सकिए मुलुकले आर्थिक विकासमा ठूलो फड्को मार्न सक्छ भन्नुभयो ।

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकालले अझै पनि २४ प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेकाले उनीहरूलाई नवीकरणीय ऊर्जाको माध्यमबाट विद्युत् सुविधा पु¥याउन केन्द्र क्रियाशील छ भन्नुभयो ।

    सोलार मिनी ग्रीड उपभोक्ता समितिका अध्यक्ष पर्वत राई, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यलगायतले जिल्लाकै कर्णालीको रूपमा परिचित यस क्षेत्रको विकासमा सरकारले विशेष सहयोग गर्नपर्छ भन्नुभयो ।

    कमेन्टस्

    Author

    • admin
      admin
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    जग्गाधनी पुर्जा प्राप्त गरेपछि कनकाईका भूमिहीन, दलित एवं सुकुम्बासीको मुहारमा छायो खुशी

    २०८२ असार २९, आईतवार ००:३२ गते

    बिर्तामोडको बजेट १ अर्ब ५१ करोड ८३ लाख

    २०८२ असार ९, सोमबार २३:३२ गते

    बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु

    २०८१ माघ ९, बुधबार १५:३७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.