Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई ११ र सयपत्री युवा क्लव इलाम बीच प्रतिस्पर्धा हुने
    खेलकुद

    कनकाई ११ र सयपत्री युवा क्लव इलाम बीच प्रतिस्पर्धा हुने

    कनकाई खबरBy कनकाई खबर२०७७ चैत्र १७, मंगलवार १७:२० गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिका—५, तुलसीवारीमा संचालित खुल्ला नकआउट फुटबल प्रतियोगितामा कनकाई —११ फुटबल क्लव फाइनलमा प्रवेश गरेको छ ।

    मंगलबार भएको खेलमा कनकाई—११ फुटबल क्लबले मोरङ्गको श्रृजन मिडिया फुटबल क्लवलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । प्रतियोगिताको फाइनल खेलमा कनकाईले सयपत्री युवा क्लव इलामसँग प्रतिस्पर्धा गर्ने भएको छ । सयपत्रीले के एन के माइधारलाई २—० गोलको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
    कनकाई ५ स्थित वडा खेलकुद विकास समितिको आयोजना साथै कनकाई नगरपालिकाको आर्थिक सहयोगमा संचालन भएको प्रतियोगितामा कनकाई नगरपालिकाको टिमले एकपछि अर्को गोलको बर्षा गर्दै मोरङ्गको फुटबल क्लबलाई पाखा लगाएको हो ।
    कनकाईका तर्फबाट सनम राई एक्लैले २ गोल गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए । कनकाईका लागि अर्का खेलाडी अर्जुन मर्डीले समेत थप २ गोल गरे भने कनकाईका तर्फबाट संदिप रसाइलीले समेत एक गोल थपे । एकतर्फी जस्तो बनेको खेलमा कनकाईका लागि सनमसँगै रोहन कार्की, आकाश कुँवर, अरुण श्रेष्ठ लगायतले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पाहुना टोली पराजित बनेको हो ।
    तुलसीवारीको खेल मैदानमा भइरहेको प्रतियोगितामा झापा, मोरङ्ग र इलामका १६ टिमको सहभागिता रहेको कनकाई ५ का खेलकुद विकास समितिका अध्यक्ष गंगा अधिकारीले बताए । प्रतियोगिताको फाइनल खेल बिहिवार हुने बताइएको छ ।
    फाइनल खेलमा विजेता टिमले २५ हजार ५ सय ५५ र उपविजेताले १५ हजार ५ सय ५५ नगद, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिले जानकारी दिएको छ ।
     

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    कनकाई कपको उपाधी बिर्तामोडलाई

    २०८३ जेष्ठ ८, शुक्रबार १५:४९ गते

    आज सुरुङ्गामा कनकाई कपको फाइनल : झापा गाउँपालिका र बिर्तामोड बीच कडा प्रतिस्पर्धा हुने

    २०८३ जेष्ठ ६, बुधबार १२:४३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.