Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपालको अलैँचीमा चिनियाँ चासो
    आर्थिक

    नेपालको अलैँचीमा चिनियाँ चासो

    adminBy admin२०७५ भाद्र ६, बुधबार ०६:४८ गते2 Mins Read

    लक्ष्मी काफ्ले 

    झापा । नेपालको कृषिजन्य उत्पादन अलैँचीमा चीनले चासो देखाएको छ । चीनमा उत्पादन हुने आयुर्वेदिक औषधिमा अलैँची प्रयोग हुने भएकाले चीनले नेपालको अलैँचीप्रति चासो राखेको हो ।

    नेपालको अलैँचीबारे अध्ययन गर्न चिनियाँ टोलीले पूर्वी नेपालको भ्रमण गरेको छ ।

    चाइनिज मेडिसिन साइन्सका अध्यक्ष लिन ज्याङघिन नेतृत्वमा आएको सात सदस्यीय टोलीले झापा, इलाम, पाँचथर र ताप्लेजुङ भ्रमण गरेको हो ।

    टोलीले ताप्लेजुङमा पुगेर अलैँची किसानलाई भेट्नुका साथै अलैँचीको बोटसम्मै पुगेर अध्ययन तथा अवलोकन गरेको छ ।

    चिनियाँ टोलीले नेपाल अलैँची व्यवसायी महासंघका पदाधिकारीसँग आइतबार बिर्तामोडमा छलफलसमेत ग-यो ।नेपालको अलैँची भारत हुँदै विश्वबजारसम्म पुगे पनि चीनमा भने अहिलेसम्म नगएको अलैँची व्यवसायीहरूले बताएका छन् ।

    चिनियाँ र भियतनामको भन्दा नेपालको अलैँची राम्रो
    अलैँचीको अध्ययन गरिसकेपछि चीनको टोलीले नेपाली अलैँचीप्रति निकै चासो राखेको अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताए ।

    ‘चिनियाँ र भियतनामको अलैँचीभन्दा नेपालको अलैँची धेरै राम्रो छ,’ उनले भने, ‘नेपालको अलैँची गुणस्तरमा पनि फरक छ, मूल्यमा पनि अन्तर छ ।’

    विश्वबजारमा नेपालको अलैँचीको माग दिनप्रतिदिन बढिरहेका वेला आफूहरू चीनले चाहेअनुसारको तरिकाले अलैँची पठाउन तयार रहेको अध्यक्ष भट्टराईले बताए । एयर कार्गोबाट अलैँची चीन पठाइने अध्यक्ष उनको भनाइ छ ।

    विश्वको ७०% अलैँची उत्पादन नेपालमा
    चीनलाई आवश्यक पर्नेजति परिमाणमा अलैँची पठाउन आफूहरू तयार रहेको अलैँची व्यवसायी महासंघका महासचिव ओमकृष्ण विमलीले बताए ।

    अलैँची व्यवसायी महासंघका अनुसार विश्वको ७० प्रतिशत अलैँची उत्पादन नेपालमा हुन्छ । नेपालको ८० प्रतिशत अलैँची प्रदेश १ मा उत्पादन हन्छ ।

    सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला ताप्लेजुङ हो । नेपालबाट अलैँची चीनमा जान थालेपछि यहाँ उत्पादित अलैँची अपुग हुने महासचिव विमलीको भनाइ छ ।

    ‘चीनको टोलीले प्लान्टेसनदेखि गुणस्तरसम्म हेरेको छ, चीनमा अलैँची धेरै खपत भए पनि त्यहाँको अलैँची हाम्रोभन्दा अलिक फरक हुँदोरहेछ,’ महासंघका अध्यक्ष भट्टराईले भने, ‘उहाँहरूले चीनमा हाम्रो अलैँची परीक्षण गर्ने हुनुभएको छ, यदि परीक्षण सफल भयो भने नेपालमा उत्पादन हुने सबै अलैँची उहाँहरू नै लैजान तयार हुनुहुन्छ ।’

    के भन्छ चिनियाँ टोली ?
    चिनियाँ टोलीले नेपालबाट अलैँची खरिद गर्न पहल गर्ने बताएको छ ।

    ‘चीनमा अलैँची आयुर्वेदिक औषधिका लागि लोकप्रिय छ, विश्वभरि नै चीनको औषधिको ठूलो भूमिका पनि छ,’ चाइनिज मेडिसिन साइन्सका अध्यक्ष लिनले भने, ‘हालसम्म नेपालको अलैँची प्रयोग नभए पनि अब हामीले पहल गरेपछि पक्कै यसले चीनको बजारमा पनि स्थान पाउनेछ ।’

    कमेन्टस्

    Author

    • admin
      admin
      View all posts
    अलैंची
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    जग्गाधनी पुर्जा प्राप्त गरेपछि कनकाईका भूमिहीन, दलित एवं सुकुम्बासीको मुहारमा छायो खुशी

    २०८२ असार २९, आईतवार ००:३२ गते

    बिर्तामोडको बजेट १ अर्ब ५१ करोड ८३ लाख

    २०८२ असार ९, सोमबार २३:३२ गते

    बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु

    २०८१ माघ ९, बुधबार १५:३७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.