हल्दिबारी । झापाको हल्दिबारीमा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका–४ वडावारी तामाङ बस्तीका बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ ।
ती बालिकालाई सोमबार राति घरमा कोही नभएको मौका छोपी श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
