Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वित्तीय साक्षरता भनेको के हो ?
    आर्थिक

    वित्तीय साक्षरता भनेको के हो ?

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण ३, आईतवार ०९:३० गते4 Mins Read

    -शिब कुमार गिरी

    एउटा भनाई छ “पहिलो नियम भनेको पैसा कहिले पनि नगुमाउनुस् । दोस्रो नियम भनेको पहिलो नियम कहिल्यै पनि नबिर्सनुस् ।

    वित्तीय साक्षरतालाई सामान्यतया व्यक्तिहरूले वित्तीय स्रोतसाधन (आफू सँग भएको धन सम्पत्ति) लाई आफ्नो र परिवारको भलाइको लागि उचित रुपमा प्रयोग गर्ने ज्ञान तथा शिप हो भन्न सकिन्छ । जसले वित्तिय सेवा प्रदायक कम्पनिका बारेमा सहि विष्लेषणात्मक बुझाइको विकास गर्न सक्छ । उक्त कम्पनिसँग जोडिएको जोखिमको तह पहिचान गर्न र त्यसलाई व्यवस्थापन गर्न तथा उनीहरूका ग्राहक को वास्तविक आवश्यकतालाई पहिचान गरी आफ्ना उत्पादनहरूलाई परिमार्जन गर्न सहयोग पु¥याउँछ । वित्तीय साक्षरताले समग्र वित्तीय प्रणालीमा विश्वासको अभिवृद्धि गर्दछ र सहभागितामा वृद्धि गर्न मद्दत गर्दछ । अर्को शब्दमा मानव जीवनका लागि अति आवश्यक पैसा वा धन सम्पत्ति कानुन बमोजिम मात्र आर्जन गर्ने, पैसा खर्च गर्दा मितव्ययी रूपमा बजेट बनाएर आय बमोजिम खर्च गर्ने, आफ्नो आयको केही अंश भविष्यका लागि वचत गर्ने तथा उद्यम व्यवसाय गर्नका लागि कर्जा लिने र वैदेिशक रोजगारीको कमाइ को सहि उपयोग गर्ने ज्ञान तथा सीप वित्तीय चेतनाले दिन्छ । त्यसतैगरी व्यवसायमा भैपरी आउन सक्ने जोखिम व्यहोर्न र न्यूनीकरण गर्नका लागि बीमा तथा सुरक्षण गर्ने, गैरकानुनी ढङ्गबाट आर्जन गरेको सम्पत्तिले समस्या ल्याउँछ भन्ने जस्ता विषयमा आवश्यक न्यूनतम ज्ञान प्रदान गर्दछ । वित्तीय चेतनामार्फत् व्यक्ति आफ्नो स्रोत र साधनको उपयोग विषयमा उचित निर्णय गर्न सक्षम हुन्छ । यसबाट व्यत्तिको र राष्ट्रको समेत आर्थिक उन्नतिमा सहयोग पुग्दछ ।

    नेपालमा वित्तीय साक्षरता आज सबै स्तरका मानिसहरूलाई अत्यन्त आवश्यक देखिएको छ । बर्तमान शैक्षिक युगमा पनि अहिलेका उच्च शिक्षा हासिल गरेका उच्च ओहदाका मानिसमा समेत कतिपय वित्तीय कारोबारको पूर्ण ज्ञान नभएको स्थिति छ । उपयुक्त वित्तीय शिक्षाको अभावमा उचित निर्णय लिन नसक्दा गम्भीर आर्थिक संकट हुन गई ठूलो वित्तीय क्षति समेत व्यहोर्नुपर्ने र समाजमा नकारात्मक असर पर्ने अवस्था पनि देखिएको छ । यद्यपि, मानिसहरूको उमेर समूह, शैक्षिक योग्यता, आर्थिक अवस्था आदिका कारण विभिन्न वर्गका मानिसहरूका लागि फरक फरक वित्तीय शिक्षा आवश्यक हुन्छ ।
    नेपालको जनसंख्याको ठूलो भाग अझै पनि वित्तीय चेतनाबाट बञ्चित रहेको छ । नेपालमा एकचौथाइ जति जनसंख्या गरिबीको रेखामुनि रहेको छ र सो जनसंख्यालाई गरिबीबाट मुक्त गराउनु आवश्यक छ । गरिबी तथा बेरोजगारीको यो भयावह स्थिति, वित्तीय सेवाको न्यून पहुँचको अवस्थाबाट मुक्तिको लागि वित्तीय साक्षरता अभियान अपरिहार्य छ । वित्तीय साक्षरता गरिबहरूलाई गरिबीबाट मुक्ति दिलाउन मात्र आवश्यक छ भन्ने होइन । यो शिक्षा समाजका हरेक व्यक्तिलाई आवश्यक छ । उचित वित्तीय शिक्षाले मात्र उद्यम व्यवसायका सम्भावित जोखिमबाट बच्न वा जोखिमलाई न्यूनीकरण गर्न सम्भव हुन्छ । वित्तीय साक्षरताको सवालमा राष्ट्रका भोलिका कर्णधार आजका बाल–बालिकालाई अहिलेदेखि नै अर्थ तथा वित्त सम्बन्धी असल संस्कार, बानी ब्यहोरा, आचरण सिकाउन थालेमा भोलिका दिनमा उनीहरूबाट परिवार, समाज र राष्ट्रले राम्रो प्रतिफल पाउन सक्छ । वित्तीय साक्षरता सम्बन्धी शिक्षा विद्यालय स्तरदेखि नै पाठ्यक्रममा समेटिन अति नै जरुरी छ जस्ले बच्चाहरुलाई अहिले देखीनै वित्तिय चेतना आई भविष्यमा यसको सकारात्मक प्रभाव पर्ने छ । यति मात्र नभै विधालय स्तरमा नैतिक शिक्षाको अध्ययन गराए अझ वित्तिय अनुशासनका बारेमा बालबालिकाले तल्लै स्तरमा बुझन पाए भने वित्तिय अनुशासनको विकास भई भ्रष्टचार नियन्त्रण गर्न सकिन्छ । वित्तीय ज्ञानको उपर्युक्त महत्त्व एवम् अपरिहार्यता तथा नेपालमा पनि अधिकांश बालबालिका र युवाहरू औपचारिक वित्तीय सेवाको पहँुचभन्दा बाहिर रहेको सन्दर्भमा तिनलाई वित्तीय पहुँचको दायरामा ल्याउन बालबालिका र युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी राष्ट्रिय अभियान चलाईएमा हामिले देखेको समृद्घि चाडैनै पुरा हुनेमा दुईमत छैन् । यसका लागि बालबालिकाहरू प्राथमिक स्तरको शिक्षा सम्पन्न गरेर विद्यालयबाट निस्कँदासम्ममा बैंक तथा वित्तीय संस्थामा अनिवार्य रूपमा उनीहरूको वचत खाता हुनुपर्ने र त्यो खाता सही ढङ्गले सञ्चालन गर्न सक्ने ज्ञान र सीप समेत हासिल गराउने गनु उपर्यक्त हुन्छ सो कुरा अवको सरकार देखी स्थानिय निकायहरुले ध्यान दिएमा यो कुरा असम्भव छैन । अझ अहिलेका स्थानीय निकायका जनप्रतिनिधिहरु मार्फत वित्तिय क्षेत्रका जानकारहरुको राय सल्लाह सुझावमा स्थानीय स्तरमा नै वित्तिय साक्षरतका कार्यक्रमहरु संचालन गरेमा त्यो प्रभावकारी हुनेछ जस्ले जनमानसमा सकारात्मक सन्देश जानेछ र समाजमा वित्तिय पहुँचमा उल्लेख्य बृद्घि हुने छ । यदि यसो गर्न सके सामाजिक न्याय र समानुपातिक आर्थिक वितरण लाई पनि टेवा पुरयाउन सकिन्छ ।

    अहिलेको वर्तमान विश्वको अवस्था हेर्ने हो भने कोरोनाले आक्रान्त पारेको अवस्था छ यस परिप्रेक्ष्यमा हेर्ने हो भने वित्तिय साक्षरताको अझ बडि आवस्यकता देखिन्छ किन भने यो समयमा के देखिएको छ भने जजस्ले केही हद सम्म वित्तिय साक्षरतालाई बुझेका थिए उनिहरुले परिवार, समाज तथा बैंक वित्तिय संस्थाको वित्तिय दायित्वहरु व्यवस्थापन नै गरेको देखिन्छ । तर अन्य व्यत्तिहरुमा भय र भविष्यको चिन्ता पनि देखिएको छ । हो यस्तो अवस्थामा पनि वित्तिय व्यवस्थापन गर्ने सिप वा कलाको आवश्यकता परेको छ । यहि सम्रगताको जानकारी वा चेतना हुनु लाई नै वित्तिय साक्षरता भन्न सकिन्छ ।

    Advertisement :


    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    बजारमा ग्याँसको अभाव भएसँगै कनकाई नगरपालिकाले गर्यो आकस्मिक अनुगमन

    २०८२ चैत्र ३, मंगलवार २२:३४ गते

    साहित्य संगम एवं नारायणी मेमोरियल फाउण्डेसनले गर्यो छात्रवृत्ति वितरण , सम्मान साथै साहित्यिक कार्यक्रम

    २०८२ मंसिर २, मंगलवार १४:२० गते

    Comments are closed.

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.