Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » साहित्य संगम एवं नारायणी मेमोरियल फाउण्डेसनले गर्यो छात्रवृत्ति वितरण , सम्मान साथै साहित्यिक कार्यक्रम
    कनकाई नगरपालिका

    साहित्य संगम एवं नारायणी मेमोरियल फाउण्डेसनले गर्यो छात्रवृत्ति वितरण , सम्मान साथै साहित्यिक कार्यक्रम

    कनकाई खबरBy कनकाई खबर२०८२ मंसिर २, मंगलवार १४:२० गते2 Mins Read

    गोपी मिश्र, (तेह्रथुम)
    कनकाई खबर \ साहित्य संगम आठराई एवं नारायणी मेमोरियल फाउन्डेसन झापाको संयुक्त आयोजनामा तेह्रथुममा छात्रवृत्ति वितरण , सम्मान साथै बृहत साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

    तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा सोमबार सम्पन्न कार्यक्रममा विद्यालय ÷क्याम्पस स्तरीय कविता प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा प्रणामी माविका बिद्यार्थी दृष्टि मैनाली प्रथम , तेह्रथुम बहुमुखी क्याम्सका बिद्यार्थी भावना बाँस्कोटा द्वितीय र कृष्ण मावि डाडाँगाउँका विद्यार्थी एन्जल निरौला तृतीय भएका थिए ।

    उनीहलाई नगद पुरस्कार क्रमशः दुईहजार , एक हजार पाँचसय र एकहजार साथै प्रमाण पत्र प्रदान गरिएको बताइएको छ । त्यस्तै प्रतियोगितामा सहभागी सबै प्रतियोगीलाई सान्त्वना पुरस्कार नगद पाँच सय र प्रमाण पत्र प्रदान गरिएको थियो।
    कार्यक्रमका अध्यक्ष राजन तिम्सिना, प्रमुख अतिथि आठराई गाउँपालिकाका उपाध्यक्ष वलिराज इङ्नाम लगायत अन्य अतिथिहरुले पुरस्कार वितरण गरेका थिए।

    कार्यक्रममा नारायणी मेमोरियल फाउन्डेसन स्थापना भए यता हरेक बर्ष पुर्वका ४ जिल्ला झापा , मोरङ्ग , तेह्रथुम र ताप्लेजुङमा बितरण गर्दै आएको शैक्षिक छात्रवृत्ति अन्तरगत तेह्रथुममा वितरण गरिने छात्रवृत्ति समेत वितरण गरिएको थियोे । जस अन्तर्गत तेह्रथुमका बिभिन्न पालिकाका विद्यालयबाट छनौटमा परेका २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

    यो छात्रवृत्ति पहिलो बर्ष २५ जना विद्यार्थीबाट सुुरु गरिएको, अहिले ८४ जना विद्यार्थीलाई दिईदै आएको र हरेक बर्ष छात्रवृत्ति पाउने बिद्यार्थी संख्या थपिदै गएको बताइएको छ । छात्रवृत्ति प्राप्त गर्ने सफल विद्यार्थीलाई कक्षा ६ बाट सुरु गरी कक्षा १२ पास गर्दा सम्म हरेक बर्ष निरन्तर छात्रवृत्ति प्रदान गरिदै आएको बताइएको छ।

    त्यस्तै कार्यक्रममा साहित्य संगम आठराईका संस्थापकहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा साहित्य संगम आठराईका संस्थापक सचिव शेरबहादुर इङनाम, कोषाध्यक्ष पूर्व कुलपति गंगाप्रसाद उप्रेती,सदस्यहरु नरेन्द्रकुमार कार्की , डिल्लीप्रसाद सिटौला , तेजप्रसाद सिटौला , हरिभक्त सिटौला , यज्ञराज प्रसाई र नेम फाउन्डेसनका संस्थापक नरेन्द्रप्रसाद पाठकलाई सम्मान गरिएको छ भने कवि अनिरुद्र साहित्य पुरस्कारबाट साहित्यकार विजयसागर सुब्बालाई सम्मान गरिएको छ ।

    कार्यक्रमकै अवसरमा साहित्य संगम आठराईको सातौं अधिवेशन समेत सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा अम्बिका चुडाल थपलिया , उपाध्यक्षमा गोपीचन्द्र मिश्र , सचिवमा मदन गुरुङ , सहसचिवमा कमल तिम्सिना र कोषाध्यक्ष झुमा दुलाल सहित ९ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको निर्वाचन समितिका संयोजक भीमप्रसाद घिमिरेले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.