Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न
    Uncategorized

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८३ बैशाख १२, शनिबार १२:४७ गते2 Mins Read

    कनकाई खबर/ स्वार्थ भन्दा माथी सेवा भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै विश्वव्यापी रुपमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको अन्तर्राष्ट्रिय स्तरको सामाजिक संस्था रोटरी क्लब अफ सुरुङ्गाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    क्लवको वार्षिक क्यालेण्डरका रुपमा सम्पन्न रक्तदानमा ८ महिला सहित ३३ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष डिल्लीराम मैनालीले जानकारी दिए । रगतको अभावलाई पूरा गर्न क्लवले रक्तदान कार्यक्रमलाई आफ्नो वार्षिक क्लालेण्डरका रुपमा व्यवस्था गरेको अध्यक्ष मैनाली बताउँछन् ।

    विभिन्न सेवाका क्षेत्रमा सदस्यलाई जिम्मेवारी प्रदान गरेको रोटरीले सर्भिस प्रोजेक्ट अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त आयोजना रहेको कार्यक्रम कनकाई—३ सुरुङ्गास्थित कुमुदिनी भवनमा सम्पन्न भएको हो ।

    क्लवका अध्यक्ष मैनालीको सभापतित्व एवं कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा स्थानीय कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाई सहित वडासदस्यहरु अनिल गोयल र गोविन्द सुवेदी साथै क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिती रहेको बताइएको छ ।

    त्यस्तै क्लवका पुर्व अध्यक्षहरु कुमारमणि पोखरेल, टिकाप्रसाद जमरकट्टेल, सुशिलकुमार श्रेष्ठ, खेमप्रसाद प्रसाई, शिवकुमार कडेल, निवर्तमान अध्यक्ष लुबराज उप्रेती सहित अन्य पदाधिकारी तथा सदस्यहरु साथै रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका अध्यक्ष डा. मुकेश शाह, पुर्व अध्यक्ष सारिका गिरी , ईन्ट्रयाक्ट क्लव अफ सुरुङ्गाका अध्यक्ष डेनिश उप्रेती सहित पदाधिकारी एवं सदस्यहरुको समेत बाक्लो उपस्थिती रहेको बताइएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका मेयर पोखरेलले रोटरी क्लवका सदस्यहरुले रोटरीवादको मूल आदर्शलाई मन, वचन र कर्मले मनन गरी समाजमा विभिन्न रचनात्मक मानवीय हितकालागी गरेको सेवामूलक कार्यहरुप्रति आँफू अत्यन्तै प्रभावित भएको बताए ।
    निस्वार्थ ढंगले सेवाका क्षेत्रमा काम गर्ने संस्था रोटरी क्लवसँग कनकाई नगरपालिकाले हरेक क्षेत्रमा समन्वय गरेर काम गर्न चाहेको कनकाई नगरपालिकाका मेयर पोखरेलले बताए । पोखरेलले रोटरीबाट समाजमा क्रियाशिल अन्य संघसंस्थाले समेत समन्वय गरेर अघि बढ्न सकेमा सामाजिक एकता कायम हुने विश्वास व्यक्त गरे ।

    नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा झापाको प्राविधिक सहयोग रहेको कार्यक्रममा रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका प्रेसिडेन्ट डा. मुकेश शाहले स्वागत सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको रोटरी क्लवका सचिव रामप्रसाद निरौलाले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.