Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा
    कनकाई नगरपालिका

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    कनकाई खबरBy कनकाई खबर२०८३ बैशाख ३, बिहीबार ०२:१६ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई–३ स्थित सुरुङ्गामा पारिवारिक वातावरणमा स्थापित विद्यालय हाम्रो पाठशालाले आफ्नो सातौं वार्षिकोत्सव भव्य समारोहका बीच सम्पन्न गरेको छ ।

    २०७५ को चैत २५ गते ७ जना विद्यार्थी, ३ जना शिक्षक र ३ जना कर्मचारीसहित विधिवत शैक्षिक यात्रा आरम्भ गरेको विद्यालयले आज ३२० जना विद्यार्थीको सहभागितासहित संस्कार र मौलिक संस्कृतिको झल्को दिने विविध कार्यक्रम प्रस्तुत गर्दै वार्षिकोत्सव मनाएको हो ।

    कार्यक्रमको प्रमुख अतिथीका रुपमा रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्यालयले छोटो समयमा गरेको उल्लेखनीय प्रगतिप्रति आफू प्रभावित भएको बताए। नगर प्रमुख पोखरेलले विद्यालयले बालबालिका केन्द्रित शिक्षाको जगलाई मजबुत बनाउँदै संस्कार र अनुसन्धानलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै नयाँ युगका नानीबाबुहरूको भविष्य निर्माणमा हाम्रो पाठशालाले खेलेको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पारे।

    कार्यक्रममा विद्यालयका ससाना विद्यार्थीहरूले प्रत्यक्ष वाद्यवाधनमा एकल तथा सामूहिक गीत प्रस्तुत गरी अभिभावकलाई मन्त्रमुग्ध बनाए। राष्ट्रिय गीतसहित विभिन्न समुदायसँग सम्बन्धित गीतमा विद्यार्थीहरूले नृत्य प्रस्तुत गर्दा वातावरण उल्लासमय बनेको थियो। अभिभावकहरूले समेत नृत्य प्रस्तुत गर्दै बालबालिकालाई हौसला प्रदान गरेका थिए।

    विद्यालयका संस्थापक प्रधानाध्यापक अखिलकुमार कोइरालाले ७ जना विद्यार्थीबाट सुरु भएको विद्यालय आज ३२० विद्यार्थीसम्म पुग्नु गर्वको विषय भएको बताए। उनले आगामी शैक्षिक सत्रदेखि कक्षा ७ समेत सुरु गरिने जानकारी दिँदै विद्यालयलाई संस्कारसहितको शिक्षा प्रदान गर्ने केन्द्रका रूपमा विकसित गर्ने आफ्नो सपना सार्थक हुँदै गएको बताए।

    कार्यक्रममा कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, जिल्ला प्याव्सन झापाका सहसचिव विनोद सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मकला पौडेल कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय स्थापनाकालदेखि नै महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका शिक्षक मुना शाह र कर्मचारी नम्रता परियारलाई सम्मान गरिएको थियो।

    कार्यक्रमको स्वागत शिक्षक विमला रिजाल तथा विद्यार्थी नलिन कडेल र काव्याश्री संग्रौलाले गरेका थिए भने सञ्चालन मीरा प्रधानले गरेकी थिइन्।
    यसरी संस्कारसहितको शिक्षा, मौलिक संस्कृतिको संरक्षण र बालबालिका केन्द्रित शैक्षिक वातावरणलाई प्राथमिकता दिँदै अघि बढिरहेको कनकाई–३ सुरुङ्गास्थित हाम्रो पाठशाला विद्यालयले छोटो समयमा गरेको प्रगति स्थानीय समाजका लागि प्रेरणादायी बनेको छ। वालवालिका केन्द्रित संस्कार र अनुसन्धानलाई जोड दिँदै आएको हाम्रो पाठशालाले भविष्यमा अझ उच्च स्तरको शैक्षिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.